कर्णाली प्रदेश लोक सेवा आयोगका पदाधिकारीको पमरिश्रमिक, सेवाका शर्त र सुविधा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक प्रमाणीकरण गरिएको छ । प्रदेश प्रमुख तिलक परियारले संविधानको धारा २०१ को उपधारा २ बमोजिम बुुधबार सो विधेयक प्रमाणीकरण गर्नुभएको प्रदेश प्रमुख कार्यालयका निमित्त सचिव भीमराज थानीले जानकारी दिनुभयो ।
नेकपा (माओवादी केन्द्र) का नेता देव गुरुङले नेपालसामु सैन्य युद्धको खतरा बढेको बताउनुभएको छ । बुधवार काठमाडौंमा नेपाली चलचित्र काँडेतारको बारेमा जानकारी दिन आयोजित कार्यक्रममा उहाँले सो कुरा बताउनुभएको हो ।
पाकिस्तानभरका पत्रकारले एआरवाई न्यूजका प्रमुख अम्माद युसुफको गिरफ्तारीको निन्दा गर्दै उहाँको तत्काल रिहाइको माग गरेका छन् । उहाँलाई बुधबार यहाँबाट पक्राउ गरिएको हो । सादा पोशाकमा प्रहरी अधिकारीहरू उहाँको घरमा जबरजस्ती प्रवेश गरेका थिए ।
सत्ता साझेदार दल नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पाँच दिने जापान भ्रमण गरी बुधबार स्वदेश फर्कनुभएको छ । भ्रमणले नेपाल र जापानबीच सहकार्यको नयाँ शुरुवात भएको उहाँले बताउनुभयो ।
बझाङको बुंगल नगरपालिका –९ रारुमा एकै परिवारका तीन जनाको गएराति शंकास्पद मृत्यु भएको छ । एकै परिवारका २३ बर्षीय गीता पार्की, छोरी ५ बर्षीया भुमिका पार्की र छोरा ३ बर्षे महेश पार्कीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक रमेश अबस्थीले बताउनुभयो ।
वीरगञ्जमा कार्यालय सहयोगीमाथि भएको कुटपिटका सम्बन्धमा नेपाल निजामति कर्मचारी संगठनको ध्यानाकर्षण भएको जनाएको छ । सोमबार राति नेपाल–भारतबीचको सीमानाका कार्यालय सहयोगी बमबहादुर बिशंखेमाथि कुटपिट भएको थियो ।
नेपाल बैंक लिमिटेड र त्रिभुवन विश्वविद्यालय व्यवस्थापन केन्द्रीय विभागबीच अनुसन्धानसम्बन्धी कार्यमा सहकार्य गर्ने सम्बन्धमा सम्झौता भएको छ ।
दुइटै मिर्गौला फेल भई दुई महिना अघि डाकनेश्वरी –१ का २४ वर्षिय अनवरको मृत्यु भयो । उहाँको मृत्युपछि २२ वर्षको कलिलो उमेरमै एकल हुन पुग्नुभएकी रुपनी –५ कि ऐसा खातुन अनवरको परिवारका सदस्यबाटै कुटपिटपछि घर निकालामा पर्नुभयो ।
पछिल्लो २४ घण्टामा थप ८६८ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ भने तीनजना सङ्क्रमितको मृत्यु भएको छ । असार अन्तिम सातादेखि कोरोना सङ्क्रमणदर निरन्तर उकालो लाग्दै गएको छ । साउन १ गते चार प्रतिशतको हारहारीमा भएको सङ्क्रमणदर बढेर झण्डै १३ प्रतिशतमा पुगेको छ ।
वर्षौंदेखि लुम्बिनीमा थन्काएर राखिएका विद्युतीय बस दशैं अगावै सञ्चालनमा आउने भएका छन् । लुम्बिनी विकास कोषका अनुसार दसैंअघि नै विद्युतीय गाडी सञ्चालन गर्ने गरी आवश्यक तयारी भइरहेको छ । विद्युतीय गाडी सञ्चालन गर्न बनेको कार्यदलले अहिले आफ्नो कामलाई तीव्रता दिएसँगै गाडी सञ्चालनको आशा पलाएको छ ।
सानिमा बैंकले विश्व बैंक समूहअन्तर्गतको अन्तर्राष्ट्रिय वित्त निगम (आइएफसी)बाट दुई करोड अमेरिकी डलर विदेशी ऋण प्राप्त गरेको छ ।
दाङमा छोरीको प्रेमीलाई घरमा बोलाएर एक जना शिक्षकले निर्घात कुटपिट गरेका छन् । विद्यार्थी कुट्ने छोरीका बुवा पाटेश्वर यादव लगायत तीन जनालाई प्रहरीले पक्राउ गरेको छ ।
प्रधानमन्त्री शेरबहादुर देउवाले लोकतान्त्रिक आन्दोलनमा सक्रिय भूमिका निर्वाह गर्नुभएका डा. बच्चुराम कार्कीको निधनप्रति दुःख व्यक्त गर्नुभएको छ ।
भारतमा एक दिनमा १६ हजारभन्दा बढी कोरोना भाइरस सङ्क्रमित भएका छन् । सरकारी अधिकारीले बुधबार दिएको जानकारीअनुसार पछिल्लो एक दिनमा १६ हजार ४७ नयाँ सङ्क्रमित भएका हुन् ।
सहरी विकासमन्त्री मेटमणि चौधरीले सरकारी योजनालाई ठेकेदारहरुले दुहुनो गाई बनाएको बताउनुभएका छ । यसरी राज्यलाई ट्रयापमा पार्ने गिरोहलाई आफूले नछोड्ने उहाँको भनाइ छ । मन्त्री चौधरीले एक कार्यक्रममा सो कुरा बताउनुभएको हो ।