महानायक राजेश हमालले खानेकुराको स्राेत पहिचान गर्न नसक्दा स्वास्थ्यसम्बन्धी जटिल समस्या सिर्जना भइरहेको भन्दै शतर्कता अपनाउन आग्रह गर्नुभएको छ ।
सुदूरपश्चिम प्रदेशको प्रमुख पर्यटकीय क्षेत्र खप्तडमा आध्यात्मिक ध्यान केन्द्रको स्थापना गरिनेभएको छ । खप्तड पर्यटन क्षेत्र बिकास तथा ब्यवस्थापन समितिका कार्यकारी निर्देशक भिमबहादुर खड्काका अनुसार खप्तड क्षेत्रमा आवासीय सुविधासहितको आध्यात्मिक ध्यान केन्द्र निर्माण तयारीका लागि बिभिन्न निकाय र सरोकारवालासँग छलफल सुरु गरिएको छ ।
पाँच दलीय सत्ता गठबन्धन कार्यदलको बैठक बालुवाटारमा जारी छ । नेपाली कांग्रेसका महामन्त्री एवम् कार्यदलका सदस्य गगनकुमार थापाका स्वकिय सचिव शैलेस सिटौलाले बैठक केही समय अघिदेखि जारी रहेको जानकारी दिनुभयो ।
यूईएफए सुपर कप फुटबलको उपाधि स्पेनिस पावर हाउस रियल म्याड्रिडले जितेको छ । फिनल्यान्डमा बुधबार राति भएको खेलमा रियलले जर्मन प्रतिद्वन्द्वी आइन्ट्राक्ट फ्रान्कफर्टलाई २–० गोलले हराउँदै रियलले उपाधि चुमेको हो ।
प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) को सचिवालय बैठक ललितपुरको च्यासलस्थित केन्द्रीय कार्यालयमा जारी छ । एमाले केन्द्रीय प्रचार तथा प्रकाशन विभागका सचिव गगन विष्टले दिउँसो १ बजेदेखि सुरु भएको बैठकमा पार्टीको स्थायी कमिटी, पोलिट्ब्यूरो र केन्द्रीय कमिटी बैठक बोलाउनेबारे छलफल भइरहेको बताउनुभयो ।
नारायणगढ–बुटवल पूर्ब–पश्चिम राजमार्ग अन्तर्गतको सडकखण्ड विस्तारको काम कछुवा गतिमा चलिरहेको छ । यसले सडक वरिपरिका बासिन्दालाई बढी सास्ती भएको छ । सो सडकखण्ड भएर आवतजावत गर्नेलाई पनि दुःख भएको छ । घाम लाग्दा धुलोको समस्या र पानी पर्दा हिलोको समस्याले स्थानीयहरु पीडित भएको बताएका छन् ।
भारतमा एक दिनमा १६ हजारभन्दा बढी कोरोना भाइरस सङ्क्रमित भएका छन् । सरकारी अधिकारीले बिहीबार दिएको जानकारीअनुसार पछिल्लो एक दिनमा १६ हजार २९९ नयाँ सङ्क्रमित भएका हुन् ।
इटहरी क्रिकेट एकेडमीको आयोजनामा सुनसरीमा सम्पन्न अन्तरविद्यालय इन्डोर क्रिकेट प्रतियोगिको उपाधि वाइ पोनटिङले जितेको छ । इटहरी क्रिकेट रंगशालाको इन्डोर क्रिकेट हलमा विहिबार भएको फाइनल खेलमा वाइ पोनटिङले पशुपति स्कुललाई पाँच विकेटले हरायो ।
लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालले निर्वाचन आयोगमा दल दर्ता गरेको छ । मङ्सिर ४ गते हुने प्रतिनिधिसभा सदस्य र प्रदेशसभा सदस्यको निर्वाचन प्रयोजनका लागि लोसपाले बिहीबार निर्वाचन आयोगमा पुगेर दल दर्ता गराएको हो ।
कृषि तथा पशुपन्क्षी विकासमन्त्री मृगेन्द्रकुमार सिंह यादवले सरकारले कृषिमा आवश्यक लगानी गर्न नसकेको बताउनुभएको छ ।
प्रतिबन्धित लागूऔषध ब्राउनसुगरसहित प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा झापा गौरादह नगरपालिका–१ बस्ने ३३ वर्षीय भीमबहाुर श्रेष्ठ र ३२ वर्षीय मोहन सिलवाल रहेका छन् ।
पुल नभएर सास्ती खेप्दैआएका कपिलवस्तुका ६ स्थानमा पुल निर्माण सम्पन्न भएपछि स्थानीयहरु लाभान्वित भएका छन् । लुम्बिनी प्रदेश सरकारले अघिल्लो आर्थिक वर्ष सडक पूर्वाधार विकास कार्यालय कपिलवस्तुमार्फत १५० मिटर सम्मका पुल निर्माण भएका छन् ।
क्यानडामा मङ्कीपक्सका विरामीहरुको सङ्ख्या एक हजारभन्दा बढी पुगेको छ । क्यानडाको सार्वजनिक स्वास्थ्यसम्बन्धी निकायका अनुसार अहिलेसम्म एक हजार आठजना मङ्कीपक्सका बिरामी भएका हुन् ।
भक्तपुरमा आज बिहीवार (गन्हुँपुन्ही) जनैपूर्णिमा मनाइएको छ । यस वर्ष गाईजात्रा र जनैपूर्णिमा एकै दिन परेपछि अघिल्लो दिन अर्थात् आज भक्तपुरमा जनैपूर्णिमा मनाइएको हो ।
आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा सदस्य र प्रदेशसभा सदस्यको समानुपातिकतर्फको निर्वाचन कार्यक्रम भदौ ८ गतेदेखि सुरु हुने भएको छ ।