• ४ वैशाख २०८१, मङ्गलबार

लोसपाद्वारा निर्वाचन आयोगमा दल दर्ता

blog

काठमाडौं, साउन २६ गते । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालले निर्वाचन आयोगमा दल दर्ता गरेको छ ।

मङ्सिर ४ गते हुने प्रतिनिधिसभा सदस्य र प्रदेशसभा सदस्यको निर्वाचन प्रयोजनका लागि लोसपाले बिहीबार निर्वाचन आयोगमा पुगेर दल दर्ता गराएको हो । लोसपाको मूल दर्ता नम्बर ४९५–५०२  हाे ।

दल दर्ताका लागि लोसपाका नेताहरु केशव झा र मनीष मिश्रलगायतका नेता आयोगमा  पुग्नुभएको थियो ।

निर्वाचन आयोगले निर्वाचनका लागि साउन २२ गते आइतबारदेखि ३१ गते मङ्गलबारसम्म दल दर्ताको समय तोकेको छ ।