• १३ वैशाख २०८१, बिहिबार

ब्राउनसुगरसहित दुईजना पक्राउ

blog

झापा, साउन २६ गते । प्रतिबन्धित लागूऔषध ब्राउनसुगरसहित प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा झापा गौरादह नगरपालिका –१ बस्ने ३३ वर्षीय भीमबहाुर श्रेष्ठ र ३२ वर्षीय मोहन सिलवाल रहेका छन् ।

जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी नायब उपरीक्षक एवम् प्रवक्ता बसन्त पाठकले श्रेष्ठ र सिलवाल सवार को २९ प २२३४ नम्बरको मोटरसाइकलमा चेकजाँच गर्ने क्रममा सिलवालको साथबाट प्रतिबन्धित लागूऔषध ब्राउनसुगर २५ ग्राम र नगद दश हजार रुपियाँ बरामद गरेको जानकारी दिनुभयो ।

पक्राउ परेका दुवै जनामाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।