• १२ असोज २०८१, शनिबार

विश्वकप छनोट : प्रारम्भिक फुटबल टोलीको घोषणा

blog

फाइल तस्बिर ।

काठमाडौं, असार १७ गते । अखिल नेपाल फुटबल सङ्घ (एन्फा) ले  सन् २०२६ को विश्वकप छनोट खेल्ने प्रारम्भिक टोलीको घोषणा गरेको छ ।

मुख्य प्रशिक्षक भिसेन्जो अल्बर्टो एनिसले आइतबार प्रशिक्षण र तयारीका लागि प्रारम्भिक ३० खेलाडीको नाम सार्वजनिक गर्नुभएको हो । प्रारम्भिक टोलीको गोलरक्षकमा किरणकुमार लिम्बु, अनिस देउजा, दीप कार्की, अभिषेक बराल हुनुहुन्छ । 

रक्षकमा विमल पाण्डे, सनिष श्रेष्ठ, अनन्त तामाङ, देवेन्द्र तामाङ, आशिष् गुरुङ, रोहित चन्द, सीमान्त थापा, अन्जल महर्जन, छिरिङ लामा र अन्जन राई हुनुहुन्छ । 

यसैगरी मिडफिल्डरमा एरिक विष्ट, सुदीप गुरुङ, लकेन लिम्बु, आभास लामिछाने, उत्सव राई, विशाल तामाङ, विवेक पौडेल र कृतिवश रत्न हुनुहुन्छ । 

स्ट्राइकरमा आयुश घलान, नवयुग श्रेष्ठ, अन्जन विष्ट, मनिष डाँगी, आशिष् चौधरी, विमल घर्तिमगर, जिलेस्पी जङ्ग कार्की र दिनेश हेन्जन रहनुभएको छ । नेपाली टोलीको बन्द प्रशिक्षण अगस्ट १ तारिखबाट हुने एन्फाले जनाएको छ ।

नेपाल हालै भारतमा जारी साफ च्याम्पियनसिप फुटबलको समूह चरणबाटै बाहिरिएको थियो । सन् २०२६ को फिफा विश्वकप अमेरिका, क्यानडा र मेक्सिकोमा हुनेछ ।