• १६ चैत २०८०, शुक्रबार

'नेफ्टा अवार्ड'को मनोनयन घोषणा

blog

काठमाडौं, जेठ १ गते । नेफ्टा फिल्म अवार्डको एघारौँ संस्करणको मनोनयन सार्वजनिक गरिएको छ । अमेरिकाको टेक्सासमा २०२३ जुलाई २२ मा हुने तयारीमा रहेको अवार्डका लागि आयोजकले आइतबार उत्कृष्ट पाँचको मनोनयन सार्वजनिक गरेको हो ।

आइतबार सोल्टी होटलमा आयोजना गरिएको समारोहमा उपराष्ट्रपति रामसहायप्रसाद यादवले २५ विधामा मनोनीतलाई प्रमाणपत्र वितरण गर्नुभएको हो । यस संस्करणमा ‘छक्कापञ्जा ४’, ‘कबड्डी ४’, ‘ऐना झ्यालको पुतली’ र ‘फूलबारी’को वर्चस्व देखिएको छ ।

यस्तै, ‘छक्कापञ्जा ४’ उत्कृष्ट फिल्मसहितका १५ विधामा मनोनीत भएसँगसँगै ‘कबड्डी ४’ र ‘ऐना झ्यालको पुतली’ समान ११÷११ विधामा छानिएका हुन् भने फिल्म ‘फूलबारी’ ९ विधामा मनोनीत भएको छ । 

समारोहमा उपराष्ट्रपति यादवले गणतन्त्र आएपछि नेपाली फिल्मलाई देश तथा विदेशमा फैलाउने अवसर प्राप्त भएको बताउनुहुँदै धर्मनिरपेक्षा, सङ्घीयता र समावेशिताजस्ता संवैधानिक व्यवस्थाको प्रवर्द्धनमा पनि फिल्मले उल्लेखनीय योगदान दिनुभएको बताउनुभयो । “घरेलु फिल्मको ६ दशक लामो यात्रामा नेपाली फिल्मको बजार र दृश्य भाषाको गुणस्तरमा विकास भएको छ त्यसैले नेपाली फिल्मलाई अझै अन्तर्राष्ट्रियकरण गर्न नेफ्टाजस्ता अवार्डको भूमिका महत्त्वपूर्ण छ, उपराष्ट्रपति यादवले भन्नुभयो । उहाँले बहुभाषा र बहुसंस्कृति नेपालका मौलिक पहिचान भएकाले यसको परावर्तन हरेक क्षेत्रमा हुन जरुरी रहेकोसमेत बताउनुभयो ।

समारोहमा चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसी, वरिष्ठ फिल्मकर्मीहरू नीर शाह, मदनकृष्ण श्रेष्ठ, वसुन्धरा भुसालसहित फिल्म र सङ्गीतकर्मी समारोहमा उपस्थित हुनुहुन्थ्यो । 

यसबाहेक चलचित्र प्राविधिक सङ्घका अध्यक्ष प्रेम भोम्जन (पुष्कर लामा)ले नेपाली फिल्मलाई विदेशी बजार र डायस्पोरामा फैलाउने मुख्य उद्देश्यले अवार्ड गर्न लागिएको बताउनुभयो ।

यसअघिका पाँच संस्करण विदेशमा गरेको नेफ्टाले यो संस्करण भने आगामी साउन ६ गते अमेरिकाको टेक्सासमा गने भएको छ । फेम नेपाल, युएस खबर, आर्यन फिल्म्सले अमेरिकी संस्करणको अवार्ड गर्न लागेका हुन् । 

यसपटक ३० भन्दा बढी फिल्मकर्मी अवार्डमा सहभागी हुन् अमेरिका जाँदैछन् । जसमा विजयी सूची निम्न छन् । 

सर्वश्रेष्ठ फिल्म

– कबड्डी ४

– छक्कापञ्जा ४

– ऐना झ्यालको पुतली

– द सेक्रेट्स अफ राधा

– चिसो मान्छे

सर्वश्रेष्ठ निर्देशक

– रामबाबु गुरुङ - कबड्डी ४

– हेमराज बीसी - छक्कापञ्जा ४

– सुवर्ण थापा - द सेक्रेट्स अफ राधा

– दीपेन्द्र के खनाल - चिसो मान्छे

– ज्ञानेन्द्र देउजा - झिंगेदाउ

सर्वश्रेष्ठ अभिनेता

– बिपिन कार्की - फूलबारी

– दयाहाङ राई - कबड्डी ४

– दीपकराज गिरी - छक्कापञ्जा ४

– अनमोल केसी - ए मेरो हजुर ४

– प्रदीप खड्का - प्रकाश

सर्वश्रेष्ठ अभिनेत्री

– अरुणा कार्की - फूलबारी

– स्वस्तिमा खड्का - चिसो मान्छे

– मेनुका प्रधान - पानीफोटो

– सृष्टि श्रेष्ठ - द सेक्रेट्स अफ राधा

– मिरुना मगर - कबड्डी ४

सर्वश्रेष्ठ सहायक अभिनेता

– रवि गिरी - ए मेरो हजुर ४

– खगेन्द्र लामिछाने - द सेक्रेट्स अफ राधा

– केदार घिमिरे - छक्का पञ्जा ४

– सौगात मल्ल - कबडडी ४

– दयाहाङ राई - फूलबारी

सर्वश्रेष्ठ सहायक अभिनेत्री

– दीया मास्के -,प्रकाश

– हिउँवाला गौतम - झिंगेदाउ

– सिरु विष्ट - ऐना झ्यालको पुतली

– लक्ष्मी वर्देवा - प्रेमगीत ३

– दीपाश्री निरौला - छक्कापञ्जा ४

सर्वश्रेष्ठ डेब्यु अभिनेता

– सुशिल खड्का - नालापानी

– कुशल विष्ट - झिंगेदाउ

– निशान चौहान - डेसान

– दिनेश खत्री - ऐना झ्यालको पुतली

– राइडर प्रसन - प्रेमगञ्ज 

सर्वश्रेष्ठ डेब्यू अभिनेत्री

– कृष्टिना गुरुङ - प्रेमगीत ३

– कन्चन चिमरिया - ऐना झ्यालको पुतली

– रक्षा बुढाथोकी - लाखे

– सुप्रिया खनाल - प्रेमगन्ज

– गौमाया गुरुङ - कबड्डी ४

सर्वश्रेष्ठ रङ संयोजन

– रजन राना - द सेक्रेट्स अफ राधा

– राजेन्द्र मोक्तान - ऐना झ्यालको पुतली

– राजेन्द्र मोक्तान - ए मेरो हजुर ४

– कपिल पराजुली - छक्का पन्जा ४

– अर्जुन कार्की - कबड्डी ४

सर्वश्रेष्ठ छायांकार

नरेन्द्र मैनाली –छक्का पन्जा ४

सञ्जय लामा –ए मेरो हजुर ४

अमर महर्जन –ऐना झ्यालको पुतली

राजेश श्रेष्ठ –प्रकाश

नरेन्द्र मैनाली –द सेक्रेट्स अफ राधा

सर्वश्रेष्ठ सम्पादन

– विपिन मल्ल - नालापानी

– किरण श्रेष्ठ - ऐना झ्यालको पुतली

– निमेष श्रेष्ठ - द सेक्रेट्स अफ राधा

– निमेष श्रेष्ठ - छक्का पन्जा ४

– निमेष श्रेष्ठ - कबड्डी ४

सर्वश्रेष्ठ पटकथा

– सुजित बिडारी - ऐना झ्यालको पुतली

– सुवर्ण थापा - द सेक्रेट्स अफ राधा

– रिमेश अधिकारी- कृष्ण आचार्य - नालापानी

– रामबाबु गुरुङ-उपेन्द्र सुब्बा - कबड्डी ४

– उपेन्द्र सुब्बा - फूलबारी

 सर्वश्रेष्ठ पाश्र्व ध्वनि

– शैलेश श्रेष्ठ - ए मेरो हजुर ४

– संगम पन्त - ऐना झ्यालको पुतली

– सुजिल कर्माचार्य - छक्का पन्जा ४

– रोहित शाक्य- शैलेश श्रेष्ठ - छक्का पन्जा ४

– रोहित शाक्य- शैलेश श्रेष्ठ - फूलबारी

सर्वश्रेष्ठ ध्वनि मिश्रण

– उत्तम न्यौपाने - फूलबारी

– सुनयमान श्रेष्ठ - छक्का पन्जा ४

– अमित श्रेष्ठ - ए मेरो हजुर ४

– उत्तम न्यौपाने - लाखे

– अमित श्रेष्ठ - मन्त्र

सर्वश्रेष्ठ द्वन्द्व निर्देशक

– रोशन श्रेष्ठ - नालापानी

– रोशन श्रेष्ठ - झिँगेदाऊ

– हिमाल केसी - प्रेमगीत ३

– सम्राट बस्नेत - लाखे

– एनबी महर्जन/कुमार महर्जन - सोल अफ द कमाण्डो

सर्वश्रेष्ठ कला निर्देशक

– आशिका शर्मा - प्रकाश

– काला संग्रौला - ऐना झ्यालको पुतली

– विनोद कडायत - प्रेमगीत ३

– कृष्ण राई/उद्धवराज भट्टराई - नालापानी

– पासाङ टी शर्मा - मन्त्र

सर्वश्रेष्ठ भेशभुषा

– सुजनरत्न परियार - द सेक्रेट्स अफ राधा

– बिनिता कडायत - चिसो मान्छे

–जानकी कडायत - ऐना झ्यालको पुतली

– कमलप्रसाद मिश्र - नालापानी

– सुनिता श्रेष्ठ - छक्का पन्जा ४

सर्वश्रेष्ठ श्रृंगार र हेयर

–शमशेर लामा/झरना राई - द सेक्रेट अफ राधा

– शमशेर लामा - चिसो मान्छे

– रवि केसी/निशा लामा - नालापानी

– मनोज तामाङ/काव्या थापा - ए मेरो हजुर ४

– श्रद्धा मास्के/सरस्वती श्रेष्ठ - छक्का पन्जा ४

सर्वश्रेष्ठ नव-निर्देशक

– सुजित बिडारी - ऐना झ्यालको पुतली’

– खगेन्द्र लामिछाने - पानी फोटो

– शिवहरि पौडेल - लक्का जवान

– परिच्छेद सेन - प्रेमगन्ज

– रिमेश अधिकारी - नालापानी

सर्वश्रेष्ठ भीएफएक्स

– अच्युत गजुरेल - नालापानी

– गड रेज पिक्चर्स - प्रेमगीत ३

– द पिक स्टुडियो - झिँगेदाउ

– समिर मिया - प्रेमगन्ज

– सत्यम राना/अच्यूत बजगाईं - ए मेरो हजुर ४

सर्वश्रेष्ठ गीतकार

– आमाको मन – प्रमोद ढुंगाना (झिँगेदाउ)

– फेरी भेट होला नहोला - कृष्णहरि बराल (प्रेमगन्ज)

– आज युद्ध शिरमा छ – सुजिल कर्माचार्य (नालापानी)

– सिरुपाते जुँगामा – शंकर अधिकारी घायल (छक्का पन्जा ४)

– उड उड चरी उड – कालीप्रसाद बासकोटा (फूलबारी)

सर्वश्रेष्ठ संगीतकार

– उड उड चरी उड – कालिप्रसाद बासकोटा÷अनुपम शर्मा (फूलबारी)

– आँखामा सपना केसरी – एसडी योगी (कबड्डी ४)

– सिरुपाते जुंगामा – बबुल गिरी (छक्का पन्जा ४)

– फेरि भेट होेला नहोला – गैरे सुरेश (प्रेमगन्ज)

– कुनै दिन यस्तो – अर्जुन पोखरेल (कृष्णलीला)

सर्वश्रेष्ठ गायन पुरुष

– उड उड चरी उड – कालीप्रसाद बासकोटा (फूलबारी)

– आँखामा सपना केसरी – एसडी योगी (कबड्डी ४)

– सिरुपाते जुँगामा– बाबुल गिरी (छक्का पन्जा ४)

– बाबरी रंगमा रंगिएर – अनमोल गुरुङ (बाबरी)

– कुनै दिन यस्तो – अर्जुन पोखरेल (कृष्णलिला)

गायन महिला

– कुनै दिन यस्तो – अन्जु पन्त (कृष्ण लिला)

– फेरी भेट होला नहोला – स्वस्किा ठकुरी (प्रेमगन्ज)

– बाबरी रंगमा रंगिएर – अस्मिता अधिकारी (बाबरी)

– मीठो मीठो मन भित्र – देबान्जली बी जोशी (ह्यारी की प्यारी)

– हर युग होस – प्रविशा अधिकारी (प्रेमगीत ३)

सर्वश्रेष्ठ नृत्य निर्देशक

– घिन घिन ताङ – कविराज गहतराज (छक्का पन्जा ४)

– माया जदौ - कविराज गहतराज (हिजो आजका कुरा)

– मन त सँधै लक्का जवान – कविराज गहतराज (लक्का जवान)

– आगो बिना बिँडी जल्दैन – रामजी लामिछाने (झिंगेदाउ)

– हात्ती ढुंगामा – कविराज गहतराज (प्रेमगीत ३)