• ११ चैत २०८२, बुधबार

चर्चामा ‘हुम्लाको लिमी’ गीत

blog

हुम्ला, चैत ११ गते । हिमाली जिल्लाको परिवेशलाई समेटिएर तयार पारिएको ‘हुम्लाको लिमी’ गीतको म्युजिक भिडियो अहिले चर्चामा छ । चर्चासँगै उक्त गीतमा टिकटक बनाउनेको सङ्ख्या पनि बढेको छ । आफ्नै स्थानका बारेमा गीत रचना गरी म्युजिक भिडियो सार्वजनिक भएपछि दैनिक टिकटक निर्माण गरेर सामाजिक सञ्जालमा पोस्ट गर्नेको सङ्ख्या बढेको हो ।

यसअघि अधिकांशले परम्परागत पोसाक र पहिरनमा सजिएर देउडा गीतको टिकटक बनाउने गरेकोमा यतिबेला ‘हुम्लाको लिमी’ बोलको गीतको टिकटक बनाउने बढेको स्थानीय कलाकार छपाल लामाले बताउनुभयो । उहाँका अनुसार मङ्गलबारसम्म चार सयभन्दा बढी हुम्लाका स्थानीय टिकटक बनाएर पोस्ट गरिएको छ । आफ्नो स्थानका बारेको गीतबाट म्युजिक भिडियो तयार पारिएकाले स्वस्फूर्त रूपमा त्यसलाई सुन्ने र टिकटक बनाउनेको आकर्षण बढिरहेको उहाँको भनाइ छ ।