• १३ वैशाख २०८१, बिहिबार

एपीएफको विजयी सुरुवात

blog

शनिबारको खेलमा टस गर्दै एपीएफ र गण्डकीका खेलाडी । तस्बिर : क्यान

काठमाडौं, पुस ३० गते । विभागीय टोली नेपाल एपीएफ क्लबले इटहरीमा जारी प्रधानमन्त्री कप राष्ट्रिय टी–२० महिला क्रिकेट प्रतियोगितामा विजयी सुरुवात गरेको छ । इटहरी क्रिकेट मैदानमा शनिबार भएको खेलमा एपीएफले गण्डकी प्रदेशलाई सात विकेटले हरायो ।

गण्डकीले दिएको ५२ रनको विजयी लक्ष्य एपीएफले ८.४ ओभरका तीन विकेटको क्षतिमा पूरा गरेको थियो । एपीएफको जितमा कप्तान सिता रानामगरले अविजित १९ रन बनाउनुभयो । रोमा थापाले अविजित १४ र ज्योति पाण्डेले ८ रन जोड्नुभयो । बलिङमा गण्डकीकी श्रृष्टि जैसीले तीन विकेट लिनुभयो ।

यसअघि पहिले ब्याटिङ गरेको गण्डकीले निर्धारित २० ओभरमा सात विकेटको क्षतिमा ५१ रन बनाएको थियो । गण्डकीका श्रृष्टि जैसीले १४ रन बनाउनुभयो । अन्य खेलाडीले दोहोरो अङ्कमा रन जोड्न सकेनन् ।

बलिङमा एपीएफकी सुमन विष्टले तीन विकेट लिनुभयो । जितसँगै समूह ‘ए’ मा रहेको एपीएफले दुई अङ्क बनाएको छ । शनिबार नै भएको अर्को खेलमा लुम्बिनीले प्रदेशले कर्णाली प्रदेशलाई ९८ रनले पराजित गर्दै सुखद सुरुवात गरेको छ ।