• १० मंसिर २०८१, सोमबार

टोट्टनहाम हार्दा चेल्सी बराबरीमा रोकियो

blog

इङ्लिस प्रिमियर लिगमा प्रतिस्पर्धा गर्दै टोट्टनहाम र एस्टन भिल्लाका खेलाडी । तस्बिर : एएफपी

काठमाडौं, पुस १८ गते । इङ्लिस प्रिमियर लिग फुटबलमा टोट्टनहाम पराजित भएको छ । घरेलु मैदानमा आइतबार राति भएको खेलमा टोट्टनहाम एस्टन भिल्लासँग २–० गोलले पराजित भयो । अर्को खेलमा चेल्सी नटिङ्घमसँग १–१ गोलको बराबरीमा रोकियो । 

दुवै गोल दोस्रो हाफमा सम्भव भएको खेलमा एस्टन भिल्लाको जिताउन इमिलियानो बुएन्डियाले ५०औँ र डोगलस लुइसले ७३औँ मिनेटमा गोल गर्नुभयो । जितसँगै एस्टन भिल्ला १२औँ स्थानमा उक्लिएको छ । एस्टन भिल्लाको १७ खेलबाट २१ अङ्क पुगेको छ । पराजित टोट्टनहाम ३० अङ्कसहित पाँचौँ स्थानमा छ । 

यसैगरी चेल्सीले सुरुवाती अग्रता लिए पनि जोगाउन सकेन । चेल्सीका लागि रहिम स्ट्रलिङले १६औँ मिनेटमा खाता खोल्नुभएको थियो । नटिङ्घमले सर्जी करियरले ६३औँ मिनेटमा बराबरी गोल फर्काउनुभएको थियो । बराबरीसँगै १६ खेलबाट २५ अङ्क बनाएको चेल्सी आठौँ स्थानमा छ । १४ अङ्क बनाएको नटिङ्घम १८औँ स्थानमा छ । एजेन्सी