• २२ वैशाख २०८१, शनिबार

'पुरानो घर'मा 'एन इन्सपेक्टर कल्स' नाटक मञ्चन (फोटो फिचर)

blog

तस्विर : सागर बस्नेत ।

काठमाडौं, कात्तिक २८ गते । सिनामंगलस्थित 'पुरानो घर' थिएटरमा 'एन इन्सपेक्टर कल्स' नाटक मञ्चन भइरहेको छ । 'पुरानो घर' थिएटरमा यो 'थ्रिलर' नाटक पहिलो पटक मञ्चन भएको हो । 

अनुसन्धान वा जासुस जनरामा आधारित यस नाटकले दर्शकमा 'थ्रिल' महसुस गराउँछ । नाटक राजकमल फकिरले निर्देशन गर्नुभएको हो । 

सम्रान्ट अर्थात् मल्ल परिवारको छोरीको इन्गेजमेन्ट पार्टीबाट नाटक सुरु हुन्छ । त्यसपछि इन्स्पेक्टर पार्टीमा प्रवेश गर्छ र अनुसन्धान गर्न थाल्छ। यसरी सस्पेन्सबाट नाटक सुरु हुन्छ । नाटकमा छोरीको अभिनयमा कलाकार शारदा अधिकारी हुनुहुन्छ । 

‘एन इन्सपेक्टर कल्स’ जेबी प्रिस्टलीको सन् १९४५ मा प्रकाशित नाटक हो । समाजमा सबै जात, धर्म र वर्गका परिवारको बसोबास हुन्छ । र नाटकमा ती मानिसहरू सबै ढोङ्गी नै हुन्छन् भन्ने आधार प्रस्तुत गरिएको छ । 

नाटकमा आभास अधिकारी, विजय ताम्राकार, शारदा अधिकारी, सरीता भुजेल, सदीन लुइँटेल, मोनिका थापा र शिशिर सिवाकोटी गरी ७ जना कलाकारको अभिनय देख्न सकिन्छ । 

नाटक आगामी मङ्सिर १२ गतेसम्म प्रत्येक दिन साँझ ५:३० बजे र शनिबार १:३० बजे पनि मञ्चन हुनेछ । मंगलबार भने नाटक मञ्चन हुने छैन ।