• ३१ वैशाख २०८१, सोमबार

धनकुटामा कृषि प्रदर्शनी

blog

हिले, कात्तिक २७ गते । धनकुटाको डाँडा बजारमा एक दिने कृषि प्रदर्शनी मेला सम्पन्न भएको छ । शनिवार साँगुरी गढी गाउँपालिका–५ स्थित डाँडा बजारमा कृषि प्रदर्शनी मेला आयोजना गरिएको थियो । 

साँगुरी गढी गाउँपालिका वडा नंं. ५ को आयोजनामा मेलाको आयोजना गरिएको हो । निर्वाहमुखी खेती प्रणालीलाई व्यावसायिक खेतीमा रूपान्तरण गर्नका लागि कृषकलाई प्रेरित गर्नका लागि आयोजना गरिएको वडाध्यक्ष खड्ग लिम्बूले बताउनुभयो । कृषकलाई प्रोत्साहन हुन्छ बजार सँग जोड्न सकिन्छ त्यसैले आयोजना गरिएको हो लिम्बूले भन्नुभयो ।

कृषकको उत्पादनलाई विभिन्न ४ विधामा राखेर पुरस्कारको लागि मूल्याङ्कन गरिएको थियो । कृषि उपजका विधाहरूमा नगदे बाली, तरकारी बाली, फलफूल बाली, खाद्यान्न बाली, दलहन बालीलाई छुट्टाछुट्टै रूपमा प्रदर्शनीमा थियो । प्रदर्शनीमा राखिएका कृषि सामग्रीको मूल्याङ्कन गरी प्रथम, दोस्रो, तेस्रो, चौथो र सान्त्वना स्थान हासिल गर्ने कृषकलाई पुरस्कृत गरिएको छ । 

कृषि मेलाको उद्घाटन साँगुरी गढी गाउँपालिका अध्यक्ष जितेन्द्र रुम्दाली राईले गर्नु भएको थियो । राईले यस प्रकारका मेलाले कृषि उत्पादनको प्रवर्द्धन गर्न मदत गर्ने बताउनु भयो । त्यस्तै कृषि उत्पादनलाई ब्राण्डीङ्ग गर्न गाँउपालीकाले तयारी गरेको समेत बनाउनु भयो । 

Author
कविराज घिमिरे

उहाँ धनकुटा हिलेबाट गोरखापत्रका लागि रिपोर्टिङ गर्नुहुन्छ ।