• १६ भदौ २०८१, आइतबार

गाउँको पारिवारिक कथा नाटक ‘असुर’

blog

काठमाडौँ, भदौ १३ गते । ओजस थिएटरमा भदौ १५ बाट नाटक ‘असुर’ मन्चन हुने भएको छ। सो नाटकलाई विवेक न्यौपाने (घने)ले निर्देशन तथा रविन दोङले लेख्नुभएको हो।  ‘असुर’ एउटा गाउँको पारिवारिक कथा हो, जसमा एकै परिवारका दुई पुस्ताको विचार मिल्दैन। गाउँमा कोही पुरानो सोचको प्रतिनिधित्व गर्छन् भने कोही नयाँको। 

असुर एउटा शक्ति भोको पात्र पनि हो। जो शक्ति प्राप्त गर्नका लागि जे पनि गर्न तयार हुन्छ। उसले कहिले देवताको रूप धारण गर्न सक्छ भने कहिले दानव पनि बन्न सक्छ। हाम्रो समाजको वरपर पनि यस्ता पात्रहरू छन् त ? यही प्रश्नको निचोड हो नाटक ‘असुर’ । यिनै कुराहरूको वरपर घुमेको छ नाटक। नाटकले उत्पिडित वर्गको पीडाहरूलाई देखाउन खोजेको छ। क्रान्तिको नाममा आम जनताले भोगेको सास्ती नै नाटकको मुख्य अभिप्रायः हो।

नाटकमा सुचित्रा उप्रेतीले ‘कलावती’, सागर कार्कीले ‘नरेन्द्र’ र प्रह्लाद खरेलले ‘जुद्धप्रसाद’को चरित्र निर्वाह गरेका छन्। राजन कार्की र शङ्कर कार्कीको निर्माण रहेको नाटकमा केशव सिंह ठगुन्ना, प्रतीक दुलाल, नमस्ते दिवाकर घिमिरे, सोफिया वज्राचार्य, विजय सापकोटा, सन्तोषी पौडेल, उज्ज्वलराज ढकाल, श्याम कार्की, वीरेन्द्र सिंह कुसवाहा, अश्मिता ढकाल, शेखर दाहाल, गङ्गा मगर, विशाल परियार, लक्ष्मी राई, अनिल गुरुङ, ओसन कार्की, प्रशंशा गहतराज र शुक्रराज मगरको अभिनय रहेको छ। चेतना सापकोटा कार्कीको सह–निर्माण रहेको नाटकका कास्टिङ निर्देशक सुरेन्द्र क्षेत्री हुन् भने वेशभूषामा निशा गिरी, गङ्गा मगर र अश्मिता ढकालले काम गरेका छन्। नाटकमा विवेक न्यौपाने ध्वनी सम्पादन, उदीप सिवाकोटी, प्रकाश परिकल्पना, रविन दोङ मन्च परिकल्पना, सुरेन्द्र क्षेत्री/शेखर दाहाल मन्च व्यवस्थापनमा देखिएका छन्।