• ३ साउन २०८१, बिहिबार

शिव मन्दिरमा घुइँचो

blog

कल्याणपुर, साउन ११ गते । साउन महिनाको दोस्रोे सोमबार हिन्दुु धर्मावलम्बी नारीले भगवान् शिवको पूजा आराधना गरी मनाइएका छन् । साउनको सोमबार शिवको पूजा गर्दा मनोकाङ्क्षा पूरा हुने विश्वासका साथ बिहानैदेखि हिन्दुु नारीले शिव मन्दिरमा गएर पूजा गरेका छन् । विशेषगरी महिलाले हरियो रङका वस्त्र, चुरा र मेहेंदी लगाएर भगवान् शिवको पूजा तथा आराधना गरी व्रत बस्ने गर्छन् । 

साउन महिनाको सोमबार शिवको प्रिय दिन मानिन्छ । त्यसैले साउनको हरेक सोमबार श्रद्धालुले रातो, हरियो र पहेँलो वस्त्र तथा चुरा÷पोते लगाएर शिवको पूजा गर्दछन् । दिनभर व्रत बसेर शिवको पूूजा गर्नाले मनोकाङ्क्षा पूरा हुने धार्मिक विश्वास छ ।

यस पटकको साउन महिनामा पाँचवटा सोमबार परेको छ । पाँचवटा सोमबार परेको साउन महिना शुभ र पवित्र मानिन्छ । नन्देश्वर महादेव मन्दिर, महदेवाका अङ्कुरी महादेव, बलुवाका भजनेश्वर महादेव मन्दिरसहितका मन्दिरमा भक्तजनको भिड लागेको छ ।