• ८ जेठ २०८१, मङ्गलबार

क्यान अध्यक्ष चन्दलाई आईसीसी अवार्ड

blog

काठमाडौं, साउन १० गते । नेपाल क्रिकेट सङ्घ (क्यान)का अध्यक्ष चतुरबहादुर चन्दलाई आईसीसीले ‘लङ सर्भिस अवार्ड’ प्रदान गरेको छ । इङ्ल्यान्डमा भएको अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिलको वार्षिक साधारण सभामा चन्दलाई उक्त अवार्ड प्रदान गरिएको हो ।

आईसीसीले चन्दले नेपाली क्रिकेटमा गरेको असाधारण समर्पण र प्रतिबद्धताको कदरस्वरुप सम्मान गरेको पनि जनाएको छ । अध्यक्ष चन्द आईसीसीको साधारण सभामा भाग लिन इङ्ल्यान्ड जानुभएको छ ।