• ३ साउन २०८१, बिहिबार

चलचित्र 'प्रेमगञ्ज'को ट्रेलर सार्वजनिक

blog

काठमाडौं, साउन १० गते । चलचित्र 'प्रेमगञ्ज'को आधिकारिक ट्रेलर सार्वजनिक गरिएको छ । परिच्छेद सेनको लेखन तथा निर्देशिन रहेको यस चलचित्रमा प्रेमका विभिन्न स्वरुप चित्रण गरिएको छ ।

सुरक्षा पन्तलाई न्यारेटरको रुपमा प्रस्तुत गरिएको ट्रेलरमा प्रेम सम्बन्धमा हुने उतारचढावलाई देखाइएको छ । 

चलचित्रमा बेनिशा हमाल, तेज गिरी र सम्पदा बानियाँसहित डेब्यु कलाकारहरु राइडर प्रशन, सुप्रिया खनाल र सिम्रन खड्का मुख्य भूमिकामा छन् । 

चलचित्र चौतारीको यो पहिलो भेन्चरमा प्रेम र भावनालाई प्रस्तुत गरिएको देखिन्छ । फिल्म भदौ ३ गते प्रदर्शनमा आउने तयारीमा रहेको निर्माण टिमले जनाएको छ ।