• २७ वैशाख २०८१, बिहिबार

विश्वविद्यालयमा तालाबन्दी नगर्न प्रध्यापकलाई शिक्षामन्त्री पौडेलकाे आग्रह

blog

काठमाडौं, साउन १० गते । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले विश्वविद्यालयमा तालाबन्दी नगर्न प्राध्यापकलाई आग्रह गर्नुभएको छ ।

मङ्गलबार सिंहदरबारमा प्राध्यापक सङ्घका पदाधिकारीसँगको छलफलमा विश्वविद्यालय सुधारका लागि प्रध्यापकको भूमिका महत्त्वपूर्ण रहेको बताउनुहुँदै विश्वविद्यालयमा तालाबन्दी नगर्न आग्रह गर्नुभएको हो ।

मन्त्री पौडेलले भन्नुभयो, ‘‘प्राध्यापक विश्वविद्यालयका परिवार हुनुहुन्छ । समस्या आइपर्छन्, समस्या आइहाले भन्दैमा तालाबन्दी गरेर बस्नु राम्रो होइन, छलफल र बहसबाट टुङ्गोमा पुग्नुपर्छ ।’’

मन्त्री पौडेलले खुला विश्वविद्यालयको डीन नियुक्तीमा भएको ढिलाइबारे पदाधिकारीसँग सुझाव माग्नुभएको छ ।

‘‘आस्थाका आधारमा भन्दा योग्य व्यक्ति नियुक्ति गर्नुपर्छ भन्नेमा छु,’’ मन्त्री पौडेलले भन्नुभयो, ‘‘ऐनले सहमति अथवा खुला प्रतिस्पर्धाबाट भनेको छ, सहयोग गर्नुहोस् ।’’