• ७ असोज २०८२, मङ्गलबार

सप्तरीमा पोखरीमा डुबेर दुई बालिकाको मृत्यु

blog

विनय कर्ण
कल्याणपुर (सप्तरी), असोज ७ गते ।
सप्तरीको सुरुङ्गा नगरपालिकामा पोखरीमा डुबेर दुईजना बालिकाको मृत्यु भएको छ ।नगरपालिकाको वडा नम्बर २ स्थित हर्दिया घर भएकी दुई जना बालिकाको नुहाउने क्रममा पोखरीमा डुबेर मृत्यु भएको हो ।

सोही ठाउँका अरविन्द चौधरीको पोखरीमा स्थानीय सुरेन्द्र चौधरीकी ७ वर्षीया छोरी सुस्तिका चौधरी र केशर चौधरीकी ११ वर्षीया छोरी आशकी चौधरी तथा ८ वर्षीया छोरी प्रियान्सु चौधरी सोमबार साँझ पोखरीमा नुहाउन जानुभएको थियो ।

तीनै जना पोखरीमा नुहाउने क्रममा सुस्तिका चौधरी र आश्की चौधरीको डुबेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी नायब उपरीक्षक जितेन्द्र कुमार बस्नेतले जानकारी दिनुभयो ।

डुबेको घटनाबारे प्रियान्सुले जानकारी गराएपछि स्थानीयले खोजीकार्य गरी दुबै बालिकालाई पोखरीबाट निकालेको उहाँले बताउनुभयो । प्रियान्सु भने सकुशल रहनु र घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।