राधाकृष्ण डुम्रे
वालिङ(स्याङ्जा),असोज ७ गते । कास्की कारागारबाट भागेका कैदी स्याङ्जामा पक्राउ परेका छन् । जेनजी आन्दोलनको क्रममा गत भदौ २४ गते कास्की कारगारबाट भागेका स्याङ्जाको भीरकोट नगरपालिका–३ का यमबहादुर रोकालाई पक्राउ गरिएको हो । प्रहरीको विशेष टोलीले रोकालाई पक्राउ गरेको हो ।
कर्तव्य ज्यान मुद्दामा कारागार पुगेका रोका जेनजीको आन्दोलनको फाइदा उठाउँदै भदौ २४ गते रातको समय भागेका थिए ।
जिल्ला प्रहरी कार्यालय, वडा प्रहरी कार्यालय वालिङ र सो मातहतबाट खटिएको विशेष अप्रेसन टोलीले निजकै घरमा बसेको अवस्थामा पक्राउ गरी जिल्ला कारागार स्याङ्जा पठाइएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक प्रसन्नराज चौधरीले जानकारी दिनुभयो ।