• ६ असोज २०८२, सोमबार

नवनियुक्त मन्त्रीहरुको शपथ ग्रहण कार्यक्रम ३ बजे

blog

राष्ट्रपतिको कार्यालय शीतल निवास ।

गोरखापत्र अनलाइन

काठमाडौं, असोज ६ गते । नवनियुक्त मन्त्रीहरूको पद तथा गोपनीयताको शपथ ग्रहण कार्यक्रम ३ बजेका लागि तय भएको छ । यसअघि २ बजेका लागि तय भएको सो समय एक घण्टा ढिलो सारिएको हो । 

राष्ट्रपति कार्यालयको सूचना अनुसार आज दिउँसो ३ बजेका लागि शपथ ग्रहण कार्यक्रम सारिएको हो । आज मन्त्री पदका लागि महावीर पुन, जगदीश खरेल, मदन परियार, अनिलकुमार सिन्हाले पद तथा गोपनीयताको शपथ लिने कार्यक्रम रहेको बताइएको छ ।