• ६ असोज २०८२, सोमबार

रियललाई पछ्याउँदै बार्सिलोना

blog

बल खोस्ने प्रयास गर्दै बार्सिलोना र गेटाफेका खेलाडी । तस्बिर : सिन्ह्वा/रासस

काठमाडौँ, असोज ६ गते । बार्सिलोनाले स्पेनिस ला लिगामा शीर्ष टोली रियल म्याड्रिडलाई पछ्याउने क्रम जारी राखेको छ ।

घरेलु मैदानमा आइतबार राति भएको खेलमा बार्सिलोनाले गेटाफेलाई ३–० गोलले हरायो । एकपक्षीय खेलमा बार्सिलोनालाई जिताउन फेरान टोरेसले १५औँ र ३४औँ तथा डानी ओल्मोले ६२औँ मिनेटमा गोल गर्नुभयो ।

लिगमा अपराजित यात्रा जारी राखेको बार्सिलोना जितसँगै पाँचा खेलबाट १३ अङ्क जोड्दै दोस्रो स्थानमा छ । समान खेलबाट १५ अङ्क बनाएको रियल म्याड्रिड शीर्षस्थानमा छ । पराजित नौ अङ्कसहित आठौँ स्थानमा छ ।

आइतबार राति नै भएको अर्को खेलमा इल्चेले ओभिएडोलाई १–० गोलले हरायो । अर्को खेलमा मालोर्का र एट्लेटिको म्याड्रिडले १–१ गोलको बराबरी खेल्दै अङ्क बाँडेको छ । एजेन्सी