• ६ असोज २०८२, सोमबार

हेटौँडामा सवारी दुर्घटना : ३१ घाइते, दुई जना गम्भीर

blog

हेटौँडा उपमहानगरपालिका –१९ मा दुर्घटना भएको सवारी साधन ।

राममणि दाहाल

मकवानपुर, असोज ६ गते । पूर्व–पश्चिम राजमार्ग अन्तर्गत हेटौँडा उपमहानगरपालिका –१९ स्थित बस्तीपुर सडक खण्डमा बस र ट्रक जुधेर दुर्घटना हुँदा ३१ जना यात्रु घाइते भएका छन् ।

चितवनबाट वीरगन्जका लागि आउँदै गरेको ना ६ ख २११९ नम्बरको यात्रुवाहक बसको चालक साइडको टाएर पडकेर अनियन्त्रित भई  हेटौँडाबाट चितवनतर्फ जाँदैगरेको ना ६ ख ८१८० नम्बरको मालवाहक ट्रकसँग ठक्कर खाएको थियो । ट्रक अनियन्त्रित भई काठमाडौँबाट बाराका लागि आउँदैगरेको ना ७ ख १७७४ नम्बरको तेल बोक्ने खाली ट्याङ्करलाई ठक्कर दिँदा दुर्घटना भएको हो ।

सोमबार दिउँसो भएको उक्त दुर्घटनामा बस र ट्रकमा सवार ३१ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक श्यामु अर्यालले जानकारी दिनभयो । 

घाइतेहरुलाई उद्धार गरी हेटौँडा अस्पताल मकवानपुर र सिएमसी चुरेहिल अस्पताल  हेटौँडा उपचार भइरहेको छ । दुर्घटनामा घाइते भएकामध्ये दुई जनाको अवस्था गम्भीर छ । प्रहरी नायब उपरीक्षक अर्यालको नेतृत्वमा २५ जना प्रहरीको टोली घटनास्थलबाट सवारी साधन हटाउने पहल भइरहेको छ ।