• ६ असोज २०८२, सोमबार

सुपर चारमा पनि भारतसँग पाकिस्तान स्तब्ध

blog

काठमाडौँ, असोज ६ गते । भारतले युएईमा जारी एसिसी टी–२० एसिया कप क्रिकेटको सुपर चारमा पाकिस्तानमाथि सहज जित निकालेको छ ।

दुबई अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा आइतबार राति भएको खेलमा भारतले पाकिस्तानलाई ६ विकेटले हरायो । भारतले यसअघि समूह चरणमा पनि पाकिस्तानलाई सात विकेटले हराएको थियो । 

जितका लागि पाकिस्तानले दिएको एक सय ७२ रनको लक्ष्य पछ्याएको भारतले १८.४ ओभरमा चार विकेटको क्षतिमा लक्ष्य पूरा गरेको थियो । भारतका लागि अभिषेक शर्माले सर्वाधिक ७४ रन बनाउनुभयो । यस्तै शुभमन गिलले ४७, तिलक वर्माले अविजित ३० र सन्जु स्यामसनले १३ रन बनाउनुभयो । बलिङमा पाकिस्तानका ह्यारिस रौफले दुई तथा फहिम असरफ र अब्रार अहमदले एक एक विकेट लिनुभयो । 

यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको पाकिस्तानले २० ओभरमा पाँच विकेटको क्षतिमा एक सय ७१ रन बनाएको थियो । पाकिस्तानका लागि शहिबजादा फरानले सर्वाधिक ५८ रन बनायो ।

यस्तै सइम अयुब र महम्मद नवाजले २१/२१, फहिम असरफले अविजित २०, कप्तान सलमा आगाले अविजित १७, फखर जमानले १५ र हुसेन टलाटले १० रन बनाउनुभयो । 

बलिङमा भारतका लागि शिवम् दुबेले दुई तथा हार्दिक पाण्डेय र कुलदीप यादवले एक एक विकेट लिनुभयो । एजेन्सी