काठमाडौँ, असोज ७ गते । नेपाली बजारमा सुनको मूल्य हालसम्मकै उच्च बिन्दुमा पुगेको छ ।
आज सुन प्रतितोला रू. दुई लाख २१ हजार ७०० मा कारोबार हुने नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । हिजो सुन प्रतितोला रू .दुई लाख १७ हजार ८०० मा किनबेच भएकोमा आज तोलामा रू. तीन हजार नौ सय बढेको हो ।
त्यसैगरी आज चाँदी रू. दुई हजार ६८० मा किनबेच हुनेछ । अन्तर्राष्ट्रिय बजारमा आज सुनको मूल्य प्रतिऔंस तीन हजार ७४८ अमेरिकी डलर हाराहारीमा कारोबार भइरहेको छ । रासस