• ६ भदौ २०८२, शुक्रबार

‘भारत र चीनको समझदारीले नेपालको सार्वभौम अधिकारमा गम्भीर आघात पुग्यो’

blog

फाइल तस्बिर

काठमाडौँ, भदौ ६ गते। समाजवादी मोर्चा, नेपालले भारत र चीनबीचको समझदारीले नेपालको सार्वभौम अधिकारमा गम्भीर आघात पुगेको बताएको छ। 

शुक्रबार विज्ञप्ति सार्वजनिक गर्दै मोर्चाले लिपुलेक व्यापारिक नाका सुचारु गर्ने भारत र चीनको सहमतिप्रति गम्भीर ध्यान आकर्षित भएको उल्लेख गर्दै यस्तो बताएको हो। 

मोर्चाको विज्ञप्तिम भनिएको छ, ‘लिपुलेकबारे भारत र चीनले  गरेको समझदारीले नेपालको सार्वभौमिक अधिकारमाथि गम्भीर आघात पुगेको छ।’

विज्ञप्तिमा नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकल दाहाल ‘प्रचण्ड’, नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपाल, नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का महासचिव नेत्रविक्रम चन्द र नेपाल समाजवादी पार्टीका महेन्द्रराय यादवले  हस्ताक्षर गर्नुभएको छ।