रमेश पौडेल 
पोखरा, जेठ १६ गते । मुस्ताङको थासाङ गाउँपालिका–२ सानसुरेमा भएको तारा एयरको जहाज दुर्घटनास्थलमा अहिलेसम्म २० जनाको शव भेटिएको छ । दुई जनाको शव विमानको भग्नावशेषबाट निकाल्ने प्रयास भइरहेको जानकारी प्राप्त भएको छ ।
उद्धारका लागि नेतृत्व गरेर घटनास्थलमा पुग्नुभएका नेपाली सेनाका उपरथी बाबुराम श्रेष्ठले सो जानकारी दिनुभएको हो । घटनास्थलमा प्राप्त शवलाई सिधैं काठमाडौंस्थित त्रिभुवन विमानस्थलमा ल्याइ पोस्टमार्टमका लागि महाराजगञ्जस्थित त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा लगिने तयारी भइरहेको छ । तर, यो समाचार तयार पार्दासम्म पोखरामा शव ल्याइसकेको अवस्था छैन ।
कतिपय शवहरु चिन्न नसक्ने अवस्थामा रहेकाले डिएनए परीक्षण गर्नुपर्न अवस्था रहेको पनि जानकारी घटनास्थलबाट प्राप्त भएको छ ।
यता पोखरामा एयरहोस्टेज किस्मी थापाको परिवारले काठमाडौं नजाने अडान राखे पनि पछिल्लो समय उहाँहरुसँग परामर्श गरेर उहाँहरुकै इच्छाअनुसार स्थलमार्गबाट काठमाडौं लैजाने तयारी भइरहेको छ ।

आइतबार बिहान पोखरादेखि जोमसोमका लागि उडेको चालक दलका तीनसहित २२ जना सवार जहाज सोमबार बिहान दुर्घटनाग्रस्त अवस्थामा भेटिएको थियो । शव पहिचान, सुरक्षित बेपत्ताको खोजी र मुचुल्का तयार पारेपछि हेलिकोप्टरबाट कोवाङ ल्याउने योजना बनाइएको छ ।
पोखराबाट बिहान ९ः५५ बजे जोमसोमका लागि उडेको तारा एयरको ९ एनएइटी विमान बिहान १०ः०७ बजे जोमसोम विमानस्थलको टावरबाट सम्पर्क विच्छेद भएको थियो ।
स्थानीयका अनुसार कोवाङ माथिको आकाशबाट जहाज जोमसोम नगई पोखरा जान धौलागिरि र मानापाथी हिमालतर्फ मोडिएको थियो । जहाजमा चालक दलका तीन जना र १९ जना यात्रु थिए । तारा एयरका अनुसार १३ जना नेपाली, चार जना भारतीय र दुई जना जर्मन नागरिक थिए ।
विमानमा सवार १९ यात्रु र तीन जना चालक दलका सदस्यको नामावली
१  इन्द्रबहादुर गोले
२ पुरुषोत्तम गोले
३ राजनकुमार गोले
४  वसन्त लामा
५ गणेशनारायण श्रेष्ठ
६ रवीना श्रेष्ठ
७ रस्मी श्रेष्ठ
८ रोजिना श्रेष्ठ
९ प्रकाश सुनुवार
१० मकरबहादुर तामाङ
११ राममाया तामाङ
१२ सुकुमाया तामाङ
१३ तुल्सादेवी तामाङ
१४ अशोककुमार त्रिपाठी
१५ धनुष त्रिपाठी
१६ ऋतिका त्रिपाठी
१७ युवी विल्नर
१८ वैभवी बाण्डेकर
१९ मिक ग्र्याट
चालक दलका सदस्य
१ क्याप्टेन प्रभाकरप्रसाद घिमिरे
२ सहायक पाइलट उत्सव पोख्रेल
३  विमानपरिचारिका क्रिस्मी थापा
तारा एयरको जहाज दुर्घटनासम्बन्धित समाचार
- विमान दुर्घटनामा एकै परिवारका सात जनाको मृत्यु, लोटा गाउँ शोकमग्न
- तारा एयरको जहाज दुर्घटना : तेह्रजनाको शव भेटियो
- विमान दुर्घटना स्थलमा हेलिकोप्टर अवतरण, शव सङ्कलन सुरु
- तारा एयरको विमान दुर्घटनाग्रस्त अवस्थामा भेटियो
- तारा एयरको विमान दुर्घटना : उद्धारका लागि छ शेर्पा खटिए
- थासाङ क्षेत्रमा हराएको विमान खोज्दै सेनाको हेलिकोप्टर
- हराएको विमान खोजीका लागि नेपाली सेनाको हेलिकोप्टर सम्भावित क्षेत्रमा
- हराएको विमान लाङ्चिगोला क्षेत्रमा जलिरहेको अवस्थामा फेला
- पोखरा विमानस्थलमा आफन्तको भीड
- बेपत्ता विमान खोजीमा पोखराबाट सेनाको हेलिकोप्टर जाँदै
- लेतेमाथिको पहाडमा ठूलो आवाज आयो : स्थानीयवासी
- सम्पर्कविहीन तारा एयरको विमानमा सवार २२ यात्रुको नामावली
- तारा एयरको विमान मुस्ताङको लेतेमा ठोक्किएको आशङ्का (यात्रुको विवरणसहित)
- जोमसोम उडेको तारा एयरको जहाज सम्पर्कविहीन
- जोमसोम उडेको तारा एयरको जहाज सम्पर्कविहीन
 
                                 
                                                 
                                                             
                                                                 
                                                                 
                                                             
                                                                 
                                                                -original-thumb.jpg) 
                                                 
                                                 
                                                 
                                                -original-thumb.jpg) 
                                                 
                                                 
                                                 
                                                