 ठाकुरप्रसाद आचार्य
                                            ठाकुरप्रसाद आचार्य
                                                                             ठाकुरप्रसाद आचार्य
                                            ठाकुरप्रसाद आचार्य
                                                                            म्याग्दी, जेठ १५ गते । पोखराबाट जोमसोम उडेको तारा एयरको नाइन एन–एइटी जहाज मुस्ताङको लेतेभन्दा माथिको पहाडमा ठोक्किएर दुर्घटना भएको आशङ्का गरिएको छ । लेतेका स्थानीयवासीले पहाडमा जहाज ठोकिएको हुनसक्ने आशङ्का गरेका छन् ।
‘‘ठूलो आवाज आएको स्थानीयवासीले बताएका छन् ।,’’ म्याग्दीका प्रहरी नायव उपरीक्षक तिलक भारतीले भन्नुभयो’ ‘‘आवाज आएको स्थानसम्म पुग्न लेतेबाट करिब १० घण्टा लाग्छ ।’’मुस्ताङबाट प्रहरी टोली दुर्घटना भएको स्थानमा हिँडेको उहाँले बताउनुभयो ।
टिटी तालभन्दा पारिपट्टि हिमाली रेन्ज सुरू हुने ठाउँबाट ठूलो आवाज आएको स्थानीयले बताएको प्रही नायब उपरीक्षक भारतीले बताउनुभयो । मुस्ताङबाट दुर्घटनाग्रस्त क्षेत्रमा हेलिकोप्टर पठाइएको छ ।
बिहान ९ बजेर ५५ मिनेटमा पोखराबाट उडेको विमान माछापुच्छ्रे र धौलागिरी हिमालको खोँच कटेपछि सम्पर्कविहीन भएको थियो । विमानमा चालक दलका सदस्यसहित छजना विदेशी र १३ जना नेपाली नागरिक थिए ।
 
                                         
                                
                             
                                                             
                                                                 
                                                                 
                                                             
                                                                 
                                                                 
                                                 
                                                 
                                                 
                                                -original-thumb.jpg) 
                                                 
                                                 
                                                 
                                                