शेयर गर्नुहोस:
                                        
                                    
                                    
                                        फन्ट परिवर्तन गर्नुहोस:
                                        
                                        
                                        
                                    
                                काठमाडौं, जेठ १५ गते । पोखराबाट मुस्ताङको जोमसोम विमानस्थलका लागि उडेको तारा एयरको (९एन एइटी) कल साइनको ट्विनअटर विमान बिहान ९ः५५ बजेदेखि सम्पर्कविहीन भएको छ । १९ जना यात्रु लिएर पोखराबाट उडेको जहाज आहिलेसम्म सम्पदर्कविहीन भएको तारा एयरका प्रवक्ता सुदर्शन बर्तौलाले जानकारी दिनुभयो ।
हाम्रा गण्डकी प्रदेश संयोजक रमेश पौडेलका अनुसार मुस्ताङको लेतेमा ठोक्किएको जानकारी प्राप्त दभएको छ । पोखरा विमानस्थलका अनुसार घोरेपानी भन्ने ठाउँसम्म पुग्दा सम्पर्क भएकाे विमानमा दुई विदेशीसहित १९ यात्रु रहेको विमानस्थलले जनाएको छ ।
उहाँका अनुसार जहाज अहिलेसम्म सम्पर्कमा छैन, जहाजबारे खोजविन सुरु गरिएको छ । आइतबार बिहानैदेखि मौसममा बदली हुँदा देशैभर वर्षा भएको थियो । 
 
                                        
                                                    गोरखापत्र
                                                
                                            
                                                                                            Gorkhapatra...
 
                                
                             
                                                             
                                                                 
                                                                 
                                                             
                                                                 
                                                                -original-thumb.jpg) 
                                                 
                                                 
                                                 
                                                -original-thumb.jpg) 
                                                 
                                                 
                                                 
                                                