काठमाडौं, जेठ १५ गते । पोखराबाट मुस्ताङको जोमसोम विमानस्थलका लागि उडेको तारा एयरको ९९एन एइटी० कल साइनको ट्विनअटर विमान मुस्ताङको लेते भन्ने स्थानमा ठोक्किएको आशङ्का गरिएको छ । यसको औपचारिक पुष्टि भने हुन सकेको छैन । स्थानीय नरसिंह शेरचनले लेते र घासा क्षेत्रको बीचबाट आवाज भएको भन्ने जानकारी दिनुभयो ।
आइतबार बिहान ९ः५५ बजे उडेको जहाज सम्पर्कविहीन भएको विमान मुस्ताङको लेतेमा ठोक्किएको हुनसक्ने जानकारी प्राप्त भएको हाम्रा गण्डकी प्रदेश संयोजक रमेश पौडेलले जानकारी दिनुभयो । पोखरा विमानस्थलका अनुसार घोरेपानी भन्ने ठाउँसम्म पुग्दा सम्पर्क कायमै थियो । त्यसपछि सम्पर्कविहीन बनेको थियो ।
यात्रु १९ र चालक दलका सदस्य तीनसहित जम्मा २२ जना सो जहाजमा रहेको जानकारी प्राप्त भएको छ । जसमा ६ विदेशी र १३ जना नेपालीसहित १९ जना लिएर उडेको थियो । पोखरा विमानस्थलबाट तारा एयर र समिट एयरका जहाज सँगसँगै उडेका थिए । तारा एयरको जहाज जोमसोम विमानस्थल नै नपुगी फर्केको भनाइ स्थानीयवासीको छ । विमानमा खराबी आएर वा मौसमका कारण जहाज अवतरण हुन नसकेको खुल्न सकेको छैन ।
आहिलेसम्म सम्पर्कविहीन जहाजको खोजीकार्य सुरु गरिएको तारा एयरका प्रवक्ता सुदर्शन बर्तौलाले जानकारी दिनुभयो । आइतबार बिहानैदेखि मौसममा बदली हुँदा देशैभर वर्षा भएको थियो ।

 
                                 
                                                ![तारा एयरको विमान मुस्ताङको लेतेमा ठोक्किएकाे आशङ्का [यात्रुको विवरणसहित]](https://gorkhapatraonline.com/storage/media/313098/conversions/Untitled-8-original-thumb.jpg) 
                                                            ![तारा एयरको विमान मुस्ताङको लेतेमा ठोक्किएकाे आशङ्का [यात्रुको विवरणसहित]](https://gorkhapatraonline.com/storage/media/313085/conversions/suntala--square-thumb.jpg) 
                                                                ![तारा एयरको विमान मुस्ताङको लेतेमा ठोक्किएकाे आशङ्का [यात्रुको विवरणसहित]](https://gorkhapatraonline.com/storage/media/313082/conversions/Untitled-7-square-thumb.jpg) 
                                                                ![तारा एयरको विमान मुस्ताङको लेतेमा ठोक्किएकाे आशङ्का [यात्रुको विवरणसहित]](https://gorkhapatraonline.com/storage/media/313092/conversions/Violence-against-women_NPzdyPxK8m-original-thumb.jpg) 
                                                            ![तारा एयरको विमान मुस्ताङको लेतेमा ठोक्किएकाे आशङ्का [यात्रुको विवरणसहित]](https://gorkhapatraonline.com/storage/media/313066/conversions/Photo_RSS_KamalKumarBasnet-square-thumb.jpg) 
                                                                ![तारा एयरको विमान मुस्ताङको लेतेमा ठोक्किएकाे आशङ्का [यात्रुको विवरणसहित]](https://gorkhapatraonline.com/storage/media/313042/conversions/Untitled-4-square-thumb.jpg) 
                                                                 
                                                 
                                                 
                                                 
                                                -original-thumb.jpg) 
                                                 
                                                 
                                                 
                                                