• ७ वैशाख २०८१, शुक्रबार

विश्वज्योति हल नयाँ स्वरुपमा

blog

काठमाडौं, जेठ ३ गते । जमलस्थित विश्वज्योति हल शुक्रबारदेखि सञ्चालनमा आउने भएको छ । सोमबार महजोडी मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यले विश्वज्योति मल्टिप्लेक्सको शुभारम्भ गर्नुभएको हो । 

थ्रिडी र अत्याधुनिक प्रविधि जडान गरिएको हल सुविधा सम्पन्न हल मल्टिप्लेक्सको माथिल्लो तलामा खुलेको छ । हलमा २०१ र ८९ सिट क्षमताका दुई अडिटोरियम छन् । 

शुक्रबारदेखि हलमा नियमितरुपमा लक्का जवानसहित डक्टर स्ट्रेन्ज २ लगायतका फिल्म प्रदर्शन हुने भएकाे छ ।