• ६ जेठ २०८१, आइतबार

महावु गाउँपालिकाको अध्यक्षमा कांग्रेसका गुरुङ विजयी

blog

कमल शर्मा
दैलेख, जेठ २ गते ।
दैलेखको महावु गाउँपालिकामा नेपाली कांग्रेसका लक्षमण गुरुङ विजयी हुनुभएको छ । गुरुङले दुई हजार ९७९ मत प्राप्त गर्नुभएको छ  ।

उहाँका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका हरिप्रसाद उपाध्यायले दुई हजार ५१९ मत प्राप्त गर्नुभएको छ । एकीकृत समाजवादीका जंगबहादुर शाहीले दुई हजार २६८ मत प्राप्त गर्दै तेस्रो हुनुभएको छ । शाही यसअघि २०७४ मा पालिकाको अध्यक्षमा एमालेबाट निर्वाचित हुनुभएको थियो ।

उपाध्यक्षमा कांग्रेसकै मञ्जु पाण्डे विजयी हुनुभएको छ । उहाँले तीन हजार १५५ मत प्राप्त गर्नुभएको छ । एमालेबाट उम्मेदवार दुर्गा कुमारी सिंहले दुई हजार ३०१ मत र नेकपा एकीकृत समाजवादीका पुन्यप्रभा दशौदीले दुई हजार १३३ मत प्राप्त गरी तेस्रो स्थानमा हुनुहुन्छ । छ वडा रहेको महाबु गाउँपालिकामा तीन वडामा कांग्रेस, २ वडामा माओवादी र एक वडामा एमालेले अध्यक्षमा विजयी भएको छ ।