शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:
नेत्र शाही
जुम्ला, चैत ५ गते । प्रधानमन्त्री सुशीला कार्की कर्णाली भ्रमणमा आउनु जुम्ला भएको छ । उहाँ बिहानै काठमाडौंबाट मुगुको राराताल भ्रमण सकेर अहिले मुगुबाट जुम्ला पुग्नु भएको हो ।
जुम्लाका प्रमुख जिल्ला अधिकारी दिपक पौडेलका अनुसार उहाँ रारातालको अवलोकन सँगै जुम्ला आउनु भएको जानकारी दिनुभयो । स्रोतका अनुसार प्रधानमन्त्रीको औपचारिक कार्यक्रम कुनै नभए पनि रारा भ्रमण पछि प्रधानमन्त्री कार्की एक दिन जुम्लामा बास बसेर भोलि बिहान चन्दननाथ मन्दिरको दर्शन गर्ने अनुमान गरिएको छ ।
उहाँ मुगुबाट जुम्लाको नम्बर २४ बाहिनीमा आउनु भएको र यही बास बस्ने कार्यक्रम तय भएको छ। प्रधानमन्त्रीले जुम्लाको चन्दननाथ मन्दिर दर्शन गर्ने कार्यक्रम छ ।