• ११ वैशाख २०८१, मङ्गलबार

कास्कीको माछापुच्छे पालिकामा काँग्रेसको सफलता

blog

सन्तोष सुवेदी
कास्की, जेठ २ गते ।
कास्कीको माछापुच्छे गाउँपालिकामा अध्यक्ष र उपाध्यक्ष दुवै पदमा नेपाली काँग्रेस विजयी भएको छ । मतगणनाको अन्तिम नतिजाअनुसार पालिका अध्यक्षमा काँग्रेसका मीनबहादुर गुरुङ र उपाध्यक्षमा सीता अधिकारी विजयी हुनुभएको हो ।

मीनबहादुरले सात हजार ९९ मत ल्याउँदा नेकपा (एमाले)का विक्रम गुरुङले छ हजार ६१७ मत पाउनुभयो । मीनबहादुरले विक्रमलाई ४८२ मतान्तरसहित पराजित गर्नुभयो ।

उपाध्यक्षमा काँग्रेसकै सीता अधिकारीले छ हजार ३७६ मतसहित विजयी भएकी हुनुभयो । उहाँका निकटतम प्रतिद्वन्दी नेकपा एमालेकी सीता तिवारीले पाँच हजार ९५१ मत ल्याउनुभयो । नेकपा माओवादी केन्द्रकी प्रवीणा अधिकारीको पोल्टामा नौ सय ७३ मत प-यो ।

माछापुच्छे गाउँपालिकामा नौ वटा वडामध्ये १, २, ३, ४, ५, ८ र ९ वडामा कांग्रेस, ७ मा नेकपा (माओवादी) र वडा नम्बर ६ एमालेले वडाध्यक्ष भएका छन् ।

अन्तिम मत परिणामअनुसार माछापुच्छे वडा नम्बर १ मा इन्द्र गुरुङ, २ मा गणेश आचार्य, ३ मा हरिश्चन्द्र लम्साल, ४ मा मधुसुधन अधिकारी र ५ मा नारायण पौडेल, ८ मा राम गुरुङ र वडा नम्बर ९ मा हरिबहादुर क्षेत्री कांग्रेसकातर्फबाट वडाध्यक्ष पदमा विजयी भए । त्यस्तै, वडा नम्बर ६ मा नेकपा एमालेका टेकनाथ गौतम र वडा ७ मा माओवादीका बैकुण्ठप्रसाद भण्डारी विजय भएको सहायक निर्वाचन अधिकृत विष्णुप्रसाद पोखरेलले जानकारी दिनुभयो । २०७४ सालमा भएको स्थानीय तहको निर्वाचनमा यो पालिकामा वडा नम्बर १ बाहेक बाँकी ८ वटा वडामा नेकपा एमालेका उम्मेदवार विजय भएका थिए ।