टोपी भिसामा अस्ट्रेलिया

उच्च शिक्षाका लागि बिदेसिएकी छोरीको दीक्षान्त समारोहमा भाग लिन हामी अस्ट्रेलिया जाने भयौँ । कोभिड प्रकोपको सुरुवाती दिनहरूमा उसले नेपाल छोडेको पनि तीन वर्ष भएछ । पासपोर्ट हात लागेको खुसियाली डेङ्गुले खोस्यो ।