महिला उत्थानमा वरदान
बहुदलीय प्रजातन्त्र र लोकतान्त्रिक गणतन्त्र आएपछि स्थितिमा केही सुधार भएको छ । राजनीतिक, सामाजिक, आर्थिक हरेक क्षेत्रमा महिलाको सशक्त उपस्थिति बढिरहेको छ । महिला पुरुषभन्दा कुनै पनि क्षेत्रमा कमजोर छैनन् भन्ने प्रमाणित भएको छ ।नेपालमा महिलामाथि हिंसा र विभेद व्याप्त छ । नेपाली समाज हिन्दु धर्म, संस्कार र संस्कृतिबाट प्रभावित समाज हो । पितृसत्तात्मक संरचनाले मुलुकको सामाजिक, आर्थिक, राजनीतिक, कानुनी सबै क्षेत्रमा गहिरो प्रभाव पारेको छ । खास गरी छोरालाई महìव दिने प्रचलनले गर्दा महिलामाथि विभेद भएको पाइन्छ । जन्मदेखि मृत्यु संस्कारसम्म छोरा र छोरीमा भेदभाव गरिन्छ । महिला घरेलु हिंसा, कुरीति, कुसंस्कार, छोरी भ्रूण हत्या, कुटपिट, गालीगलौज, बालविवाह, बहुविवाह, बहुपति प्रथा, बैनाबट्टा, बलात्कार, यौनजन्य हिंसाहरू, चेलीबेटी बेचबिखन, दाइजो प्रथा, तिलक प्रथा आदि सहन बाध्य छन् । यतिले मात्र नपुगेर २१ सौँ शताब्दीमा आएर बोक्सी, डङ्किनी, चुडेलको आरोप खेप्नसमेत बाध्य छन् । त्यसका लागि समाजले दिएको यातना खेपिरहेका छन् । यसका साथै देउकी, कुमारी, झुमा प्रथाका कारण थप समस्यामा छन् । विधुवामाथि भएका हिंसा अझ कहालीलाग्दो छ । विधुवाले रातो लुगा लगाउन नहुने, शृङ्गार गर्न नहुने, माछामासु, लसुन, प्याज खान नहुने, जिन्दगीभरि विवाह नगरी बस्नुपर्ने जस्ता अन्यायपूर्ण चलनले सामाजिक मान्यता पाइरहेको छ । नेपालको पश्चिमी मागमा छाउपडी प्रथाले जरो गाडिरहेको छ । त्यस्तै घरभित्रको अघोषित छाउपडी प्रथा पनि यथावतै छ । महिलाले दिनमा १८ घण्टा काम गरेको कुरा तथ्याङ्कले देखाएको छ । कृषि क्षेत्रमा महिलाले करिब ८५ प्रतिशत काम गर्छन् र पनि कृषिबाट आएको आम्दानी घरको मूली पुरुषको हातमा जान्छ । महिलामाथि हुने हिंसाका कारण पितृसत्तात्मक समाज, सामाजिक–आर्थिक कारण, सांस्कृतिक कारण, गरिबी, विभेद, नैतिक चरित्रको अवमूल्यन, स्रोत र साधनमाथि पहुँच तथा नियन्त्रणमा कमी ।न्यूनीकरणका उपायनेपालको संविधानमा मौलिक हक जस्तै– समानताको हक, महिलाको हक, बालबालिकाको हकको व्यवस्था गरिएको छ । घरेलु हिंसा (कसुर सजाय ऐन) २०६६ मुलुकी अपराध संहितामा बलात्कारलाई गम्भीर अपराधका रूपमा परिभाषित गरिएको छ । नेपालले महिलाविरुद्ध हुने सबै प्रकारको विभेद उन्मूलन गर्नेसम्बन्धी महासन्धि अनुमोदन गरेको, नेपाल संयुक्त राष्ट्रसङ्घीय सुरक्षा परिषद्का घोषणा १३२५ र १८२० कार्यान्वयनका लागि कार्ययोजना बनाउने दक्षिण एसियाकै पहिलो राष्ट्र भए पनि कार्यान्वयन पक्ष भने फितलो नै देखिन्छ । महिला ओसार–पसार तथा मानव बेचबिखनका घटना नियन्त्रण आउन सकेको छैन । बढ्दो बेरोजगारी र देशभित्र श्रमको उचित कदर नहुँदा मानिस देशबाहिर रोजगारको खोजीमा जाने व्रmम बढ्दो छ । जसमा महिला कामदारको स्थिति त झन् हाम्रो आकलनभन्दा सयौँ गुणा भयावह छ । जसको कारण महिला कामदारको अवस्था दयनीय प्रकृतिको देखिन्छ । यस सन्दर्भमा महिला हिंसा न्यूनीकरणका लागि निम्नानुसारका उपाय अवलम्बन गर्न उचित देखिन्छ ःक. दिनप्रतिदिन बढ्दै गएको हत्या, हिंसा, बलात्कारको घटनाले असुरक्षा, अशान्ति र दण्डहीनतालाई बढावा दिएकोमा यसको अत्यका लािग राज्य पक्ष नै जिम्मेवार हुनु पर्छ । ख. दैनिक छ जना महिला बलात्कार हुने गरेको तथ्याङ्कले देखाएको छ । दोषीलाई कारबाही हुन सकेको छैन । दोषीलाई सजाय दिलाएर पीडितलाई क्षतिपूर्ति दिनु पर्छ । ग. तीनै तहको सरकारले यस्ता किसिमको आपराधिक घटना हुन नदिन जनताको जीवन रक्षाको जिम्मा लिनु पर्छ । जनप्रतिनिधिको रोहबरमा बलात्कारको घटनालाई मिलापत्र गर्ने होइन । घ. बलात्कारपछि महिलाको हत्या गर्ने र प्र्रमाण नष्ट गर्ने प्रवृत्ति बढ्दो छ । पीडितको न्यायमा पहुँच छैन भने न्याय प्रणाली छिटो छरितो छैन । भएको नीति नियमको कार्यान्वयन पक्ष कमजोर, अनुसन्धान पद्धति फितलो छ । समाजले पनि पीडितलाई हेयको दृष्टिकोणले हेर्ने, पीडक पक्ष चाहिँ अराजक रूपमा बारम्बार अपराध गर्र्दै छु्टकारा पाउने प्रवृत्ति हाबी छ । त्यसैले आजको आवश्यकता चाँडोभन्दा चाँडो न्याय प्रणालीले काम गर्नु पर्यो । ङ. बलात्कारको अपराधमा प्रमाण नष्ट गर्ने, पूरा प्रमाण जुटाउन नसकेको देखिन्छ । जसले गर्दा दोषीलाई सजाय दिलाउन अप्ठ्यारो परेको देखिन्छ । अनुसन्धान प्रव्रिmयामा सुधार हुनु जरुरी छ । च. महिलामा आफू कसरी सुरक्षित रहने भन्ने चेतना जागृत भएन भने हत्या हिंसाको अपराध भई नै रहन्छ । त्यसैले महिलालाई आर्थिक, सामाजिक, राजनीतिक, सांस्कृतिक र शैक्षिक सबै क्षेत्रमा सशक्तीकरण गर्न जरुरी छ ।छ. महिला हिंसा न्यूनीकरण गर्न सिङ्गो परिवार र समाज यस्ता आपराधिक घटनाविरुद्ध सजग, सचेत र आन्दोलित भइरहनु पर्छ ।ज. यौनजन्य अपराध, हत्या, हिंसाका विरुद्ध पुरुषको नेतृत्वमा जनचेतना अभियान सञ्चालन गरी महिला हिंसा न्यूनीकरण गर्न सकिन्छ । उपलब्धि१. राजनीतिमा राष्ट्रपति, प्रधान न्यायाधीश, सभामुख, उपप्रधानमन्त्री, मुख्यमन्त्री, प्रदेश प्रमुख जस्ता उच्च पद हासिल गर्न महिला सफल भएका छन् । अंश र वंशमा समान अधिकार, समान कामको समान ज्याला, आमाको नामबाट नागरिकता, नेपालको संविधान र कानुनमा व्यवस्था भएबमोजिम स्थानीय तहमा प्रमुख या उपप्रमुखमा अनिवार्य एक जना महिला हुनुपर्ने व्यवस्था छ । सङ्घीय संसद्मा र प्रदेश संसद्मा ३३ प्रतिशत महिलाको प्रतिनिधित्वको व्यवस्था छ । स्थानीय तहमा प्रमुख या उपप्रमुखसमेत गरी ४० प्रतिशतभन्दा बढी महिलाको प्रतिनिधित्व छ । २. निजामती सेवामा महिलाको सङ्ख्या ३२.८ प्रतिशत पुगिसकेको छ । अभैm बढ्ने व्रmम छ । ३. पिताको अंश र वंशमा छोरीको पनि हक कायम भएपछि र महिलाको नाममा भूमिको स्वामित्व हस्तान्तरण गर्दा कर, राजस्व कम लाग्ने भएकाले भूमिमा महिलाको स्वामित्व बढ्दै गएको छ । राष्ट्रिय जनगणना–२०५८ अनुसार करिब १२ प्रतिशत परिवारको महिलाको नाममा घर वा जग्गाको स्वामित्व थियो । यो सङ्ख्या २०६८ को जनगणनामा १९.७१ प्रतिशत पुगेको थियो भने हाल यो सङ्ख्या करिब ३४.४ प्रतिशत पुगेको छ । यो अनुपात ग्रामीण क्षेत्रमा भन्दा सहरी क्षेत्रमा बढी छ ।४. शिक्षामा महिलाको पहुँच बढेको छ । स्कुल, कलेजमा छात्र, छात्रा बराबर नै देखिन्छन् । हिजो आज त्यसले गर्दा ढिलो विवाह हुने र सन्तान कम हुने देखिएको छ । सिपमूलक कार्यमा पनि महिला अगाडि बढेको देखिन्छ । हिजो आज डाक्टर, इन्जिनियर, पाइलट, वकिल, बैङ्कर हरेक क्षेत्रमा महिलाको उपस्थिति बढ्दै गएको छ । प्रशस्त महिला पत्रकार, शिक्षक, प्राध्यापक भएका छन् । साहित्य, कला, सङ्गीत, खेलकुद, पर्वतारोहण आदि क्षेत्रमा महिला अगाडि बढेको देखिन्छ । ५. महिला शिक्षाको कारण र विभिन्न सङ्घ संस्था र राजनीतिक दलको भागिनी सङ्गठनहरूको सचेतनामूलक कार्यव्रmमले गर्दा सचेतनाको कारण महिला जागरुक भएर आफ्नो अधिकारप्रति सचेत भए । त्यसकारण घरेलु हिंसा सहेर नबस्ने भएर सम्बन्ध विच्छेदको घटना बढिरहेको देखिन्छ । पहिला घरेलु हिंसाको घटना घरभित्र लुकेर बसेको तर हिजो आज घरेलु हिंसाको घटना बाहिर आएको कारणले नै बढेको जस्तो देखिएको छ । यी उपलब्धि हामी सबै महिलाको अनवरत् सङ्घर्षका कारण भएको हो । महिला हिंसा अन्त्यका लागि हामीले के गर्नु पर्छ ? १. महिलाविरुद्ध हिंसा के हो भन्नेबारेमा जनचेतना फैलाउने ।२. हिंसापीडित महिलालाई कानुनी सहायता उपलब्ध गराउने ।३. गम्भीर प्रकृतिका हिंसापीडित महिलाका लागि सुरक्षित आवास र पुनस्र्थापनाको व्यवस्था गर्ने । ४. फौजदारी प्रकृतिका घटनामा पीडकलाई सजाय र पीडितलाई क्षतिपूर्तिको कानुनी अधिकार कार्यान्वयनका लागि दबाब दिने । निष्कर्ष युगौँदेखिको हिंसा र शोषणमा परेको महिलाको स्थिति बहुदलीय प्रजातन्त्र र लोकतान्त्रिक गणतन्त्र आएपछि स्थितिमा केही सुधार भएको छ । राजनीतिक, सामाजिक, आर्थिक हरेक क्षेत्रमा महिलाको सशक्त उपस्थिति बढिरहेको छ । महिला पुरुषभन्दा कुनै पनि क्षेत्रमा कमजोर छैनन् भन्ने प्रमाणित भएको छ । संविधानलगायत प्रचलित कानुनमा महिलाको हक हितको पक्षमा उल्लेखनीय सुधार भएको छ । अझ धेरै गर्न बाँकी छ । महिला सचेत र जागरुक भई हिंसाको विरुद्ध निरन्तर लागिरहनु पर्छ । घरेलु हिंसालाई हामी स्वयंले सहनु हुँदैन । हिंसा भन्ने सानो, ठुलो, धेरै, थोरै हुँदैन । हिंसा भनेको हिंसा नै हो । कहीँ, कतै होस् वा आफैँलाई हिंसा हुनेबित्तिकै बाहिर ल्याउनु पर्छ र पीडकलाई उचित राजायको दायरामा ल्याउनु पर्र्छ । हामी स्वयं अगाडि बढ्नु पर्छ । हामी आफैँ अगाडि नबढे कसैले हाम्रो लडाइँ लडी दिँदैन । त्यसैले हामी सबै मिली महिला हिंसा अन्त्यको लडाइँ लड्नु पर्छ । जुन समाज र मुलुकमा महिलाको सम्मान र सुरक्षा हुँदैन, त्यो समाज र मुलुक सभ्य, सुसंस्कृत र विकसित मानिँदैन । सबै किसिमको भेदभाव र हिंसाविरुद्ध हामी सबै एक हाैँ । लेखक बागमती प्रदेश सभा सदस्य हुनुहुन्छ ।
अपाङ्गता भएका व्यक्तिको संरक्षण
धनगढी उपमहानगरपालिका–१२, जुगेडा घरबाट कैलाली क्याम्पस पढ्दै गरेकी २३ वर्षीय टीका पुरीको सात वर्षअघि घाँस काट्दा रुखबाट लडेर मेरुदण्डको चोटले कम्मरमुनिको शरीर नचल्ने भयो । लामो उपचारपछि ह्विलचियरको सहायतामा घर फर्के पनि पढाइलाई भने निरन्तरता दिन सक्ने कुरा भएन । कलेज भवनको माथिल्लो तलामा रहेको कक्षामा पुग्ने भ¥याङ अपाङ्गमैत्री छैन र ठाडो उकालो चढ्न उहाँका लागि सहज छैन ।
नेपाली विषयको पुनरुत्थान
नेपालमा नेपाली भाषा समृद्ध हुनै पर्छ । नेपालबाटै नेपाली भाषा हराउँदै गयो भने नेपाली साहित्य जीवित रहने कुनै सम्भावना नै हुँदैन । नेपाली भाषा, साहित्य र संस्कृतिको संरक्षण, संवर्धन र प्रवर्धन गर्ने दायित्व नेपालीकै हो । नेपाली विषयबाट नेपाली जनता नै विमुख हुँदै गए अरू विदेशीले जोगाई देलान् भनेर आशा गर्नु मूर्खता हो । केही दशक यतादेखि नेपाली भाषा र साहित्यमा खिया पर्दै गएको छ । यसलाई कमजोर बनाउन लागेका केही बिकेकाकै कारण चिन्ता थपिएको छ । यही व्रmम चल्दै गएमा नेपाली राष्ट्रियता कमजोर हुँदै जाने छ ।
केटाकेटी मोबाइलप्रति किन आकर्षित हुन्छन् ?
बच्चाबच्चीले मोबाइल हेरेर बस्नुलाई नेपालमा गम्भीर समस्याका रूपमा लिने गरिएको छ । यो समस्यालाई लिएर अभिभावक डाक्टरकहाँ धाउने व्रmमसमेत बढेको छ । यो समस्याको कारण के हो र कसरी समाधान गर्न सकिन्छ भन्ने विषय यहाँ उठान गर्न खोजिएको छ ।
थारू चेतनाका धरोहर ‘महेश’
थारू भाषा तथा साहित्य सुधार समितिलाई प्रकाशक बनाएर थारू भाषाको पहिलो पत्रिका उहाँहरुले जन्माउनुभयो । त्यो पत्रिका थियो ‘गोचाली’ । २०२८ सालमा पहिलो अंक प्रकाशन भएको यही पत्रिका नै थारूभाषाको प्रथम पत्रिका थियो । त्यतिबेला महेश २१ वर्षको हुनुहुन्थ्यो ।
लोकतन्त्रको स्थायित्वमा राजतन्त्र बाधक
नेपालमा राजतन्त्रको लामो इतिहास छ । विभिन्न कालखण्डमा अनेकौँ राजाले शासन गरे । त्यतिबेला ससाना जनपदीय राजाहरूले शासन गरेका इतिहास छ । मध्यकालमा आएर पश्चिमका बाइसी–चौबिसी, पूर्वमा पाल्पा, मकवानपुर, विजयपुर, भक्तपुर, ललितपुर, कान्तिपुर राज्यहरूका साथै तिरहुतका शक्तिशाली राज्य सिमरौनगढ थिए । गोरखा राज्यका राजा पृथ्वीनारायण शाहले ती सबै राज्यलाई अठारौँ शताब्दीमा जिती विशाल नेपाल अधिराज्य स्थापना गरे । त्यसपश्चात् शाहवंशीय राजाहरूको एकछत्र राज्य सुुरु भयो ।
महिलाको धैर्यता पुरुषको विद्रोह
प्रत्येक वर्ष नोभेम्बर २५ देखि डिसेम्बर १० सम्म विश्वभर लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियान मनाइन्छ । सन् १९९९ मा संयुक्त राष्ट्रसङ्घले अनुमोदन गरेपछि महिलामाथि हुने हिंसाविरुद्धको विभिन्न अभियान सुरु भएको हो भने नेपालमा पनि विसं २०७५ देखि निरन्तर रूपमा मनाउँदै आइएको छ । लैङ्गिकताको आधारमा हुने हिंसाको न्यूनीकरण गर्न र हिंसा मानव विरोधी कार्य हो भन्ने जनचेतना जागृत गर्नु यो अभियानको उद्देश्य हो । महिला या पुरुष दुवैलाई हिंसा स्वीका
प्रजातान्त्रिक आन्दोलनका उपेक्षित योद्धा
नेपालको प्रजातान्त्रिक इतिहास र प्राज्ञिक जगत्ले समेत सम्मानका साथ सम्झिनुपर्ने नाम हो – यज्ञ अधिकारी । नेपालको लोकतान्त्रिक आन्दोलन र रूपान्तरणमा अधिकारीले पु¥याएको योगदान स्मरणीय छ । उनी जननेता बिपीका सच्चा अनुयायी तथा उनीद्वारा प्रतिपादित प्रजातान्त्रिक समाजवादका व्याख्याता, प्रशिक्षक एवं बौद्धिक चिन्तक हुन् । उनी विश्व राजनीतिलाई बुझेका राजनीतिशास्त्रका गुरु पनि हुन् । प्रजातान्त्रिक समाजवाद स्थापनाको लक्ष्य लिएको प्रजातान्त्रि
मिडिया कानुन निर्माणमा चासो
नेपालमा गणतन्त्र स्थापना भएको १५ वर्ष बितेको छ । दोस्रो संविधान सभाबाट २०७२ असोज ३ मा जारी संविधानले गणतन्त्र संस्थागत गर्दै लगिरहेको छ । सङ्घीयता कार्यान्वयनको चरणमा छ । सङ्घीयताको प्रारूप अनुसार तीन तहका निर्वाचनमार्फत तीनै तहका सरकार सञ्चालनमा छन् । सङ्घीयता स्थापना भएको यो दशक सबै तहमा कानुन निर्माण चलिरहेको छ । २०७४ वा पहिलो निर्वाचनअघि नै बन्नुपर्ने कतिपय कानुन अझै बनिसकेका छैनन् भने अन्य महìवपूर्ण कानुन निर्माणमा क्रमशः ढिलाइ भइरहेको छ । सङ्घीयता कार्यान्वयनका लागि अति आवश्यक कतिपय कानुन निर्माणमा ढिलाइ हुनु दुर्भाग्यपूर्ण मान्नु पर्छ ।
राजतन्त्रको अँध्यारो युग र गणतन्त्रको सौन्दर्य
२०६२र०६३ को जनआन्दोलनपछि जन्मिएको पुस्ता नै आज १७ वर्षको युवा भएको छ । त्यो पुस्तालाई न राजतन्त्रको अन्धकार थाहा छ, न गणतन्त्रका उपलब्धिमा चित्त बुझाउन सकेको छ । तसर्थ, गणतन्त्रको सौन्दर्य आमनागरिकसम्म पुर्याउन ढिलाइ नगरौँ ।
अर्थतन्त्रमा सुधारको खाँचो
नेपालको आर्थिक इतिहासमा अहिलेको जस्तो खस्किएको अर्थतन्त्र कहिल्यै थिएन भन्ने एक प्रकारको भाष्य निर्माण भएको अहिलेको अवस्था हो । कतिपयले देश आर्थिक रूपमा टाट पल्टी नै सक्यो भन्ने पनि गरेका छन् । यी भनाइमा सत्यता देखिँदैन । हो, अहिले विश्व अर्थतन्त्र नै खुम्चिँदै गरेको अवस्थामा नेपाल जस्तो परनिर्भर मुलुकमा त्यसको असर पर्नु स्वाभाविक नै हुन आउँछ । यसैलाई आधार मानेर अर्थतन्त्र बिग्रिएकै भन्नु त्यति तर्कसङ्गत देखिँदैन ।
जैविक विविधता संरक्षणमा स्थानीय तह
जैविक विविधता संरक्षण आफैँमा एक बृहत्, जटिल र प्रविधिक विषय हो । यो विषयले प्रजाति संरक्षणको सूक्ष्म एकाइदेखि भूपरिधि स्तरको संरक्षण जस्तो बृहत् एकाइसम्म समेट्ने गर्छ । अतः यसका लागि स्थानीय, प्रादेशिक, राष्ट्रिय तथा विश्वव्यापी पहलको आवश्यकता पर्छ । स्थानीय तहको भूमिका किन ? जैविक विविधता ह्रासबाट सबैभन्दा बढी प्रभावित स्थानीय जनसमुदाय हुन्छ । त्यसरी नै संरक्षणबाट सबैभन्दा बढी लाभान्वित पनि सोही समुदाय नै हुने गर्छ । अतः जैविक विविधता संरक्षणको प्र
प्रकृतिको सम्मान नहुँदाका परिणाम
सृष्टिको सर्वश्रेष्ठ प्राणीका रूपमा रहेको मानव आज आफ्नै अस्तित्व समाप्त पार्ने गतिविधिमा सक्रिय छ । उन्नति, सुविधा, प्रतिष्ठा र विश्वमा हैकम जमाउने लोभमा प्रकृति कुपित पार्ने क्रम बढ्दै जाँदा आज मानवसभ्यता सङ्कटमा पर्न थालेको छ । पृथ्वीलाई जोगाउन र यसका सबै संरचनालाई अनुकूल वातावरण दिन भनेर अनेक प्रतिबद्धता भएका छन् । ‘क्योटो सम्मेलन’ देखि पेरिस सम्झौतासम्म आइपुग्दा जलवायु परिवर्तन कम गर्न केही न केही त भएकै छन् तर त्यो पर्याप्त छैन । जलवायु परिवर्तनका कारण नेपाल जस्ता हिमाली मुलुक र माल्दिभ्स जस्ता समुद्री टापु मुलुक अत्यधिक प्रभावित बनेका छन् ।
मुलुक सुधार्न कक्षाकोठा सुधारौँ !
नेपालमा राजनीतिक धारमा विभाजित सीमित शिक्षकका कारण सबै शिक्षकलाई हेर्ने दृष्टिकोण सङ्कीर्ण बनेको छ । पेसाप्रति निष्ठावान् शिक्षकलाई नमन गर्न नसक्नुमा शिक्षक–राजनीति दोषी छ । विशेषतः २०३६ पछि केही समय तथा २०५९÷६० यतादेखि शिक्षक पार्टीका भ्रातृ संस्थामा विभक्त हुन पुगे । डा. पूर्णकान्त अधिकारीका अनुसार २०२८ अघिका शिक्षक सर्वमान्य समाजसेवी थिए तर त्यसपछिका चाहिँ जागिरे र कतिपय पार्टीका कार्यकर्ता भए ।
नयाँ बहुपक्षवादको उदय
भारतले जी–२० को अध्यक्षता सम्हालेको आज ३६५ दिन पूरा भएको छ । वसुधैव कुटुम्बकम ‘एक पृथ्वी, एक परिवार, एक भविष्य’ भावलाई प्रतिविम्बित गर्ने, पुनः वचनबद्ध गर्ने र पुनर्जीवित गर्ने क्षण हो यो । गत साल हामीले यो जिम्मेवारी लिँदै गर्दा बहुपक्षीय चुनौतीसँग जुझिरहेको एक खाले विश्वव्यापी परिदृश्य हाम्रो सामुन्ने थियो । घट्दो बहुपक्षवादबिच एउटा भिन्नै खाले अवस्था सिर्जना भएको थियो जस्तै कोभिड–१९ महामारीबाट उन्मुक्ति पाउँदै गरेको वैश्विक परिदृश्य, जलवायु परिवर्तनले निम्त्याउँदै गरेको सङ्कट, आर्थिक अस्थिरता र विकासशील राष्ट्रले भोग्नु परेको ऋण सङ्कट । झगडा र प्रतिस्पर्धाले गर्दा विकास सहकार्य निकै मारमा प¥यो र जसका कारण प्रगति हासिल गर्न सकिएन ।
सञ्चार माध्यमको प्रयोगमा सावधानी
सञ्चार भनेको के हो ? मानिसका अनुभूति, विचार र जीवन भोगाइ आदिलाई अरू मानिससमक्ष अभिव्यक्त गर्नु सञ्चार हो । आदिम मानवको उदयसँगै विस्तार भएको सञ्चार हरेक सम्बन्धको जग हो । मूल्यमान्यता पनि हो । जस्तो कि ढुङ्गालाई माटोको भर, माटोलाई ढुङ्गाको भर । सञ्चार प्रक्रियामा सूचना लिने दिने मात्र गरिँदैन त्यस क्रममा सन्देशको साझेदारी भइरहेको हुन्छ । सञ्चार गर्दा प्रयोग हुने प्रविधि वा साधनलाई माध्यम भनिन्छ । त्यो माध्यम भनेको मिडिया हो ।
आममाफी नदिन खबरदारी
स्पेनी जनता मुलुक टुक्रिने हो कि भन्ने चिन्तामा छन् । सत्ता स्वार्थका लागि सरकारले क्याटलोनियाका पृथकतावादी नेता तथा अधिकारकर्मीलाई आममाफी दिने तयारी गरेसँगै जनता त्यसको विरोधमा उत्रेका हुन् । क्याटलोनियाको विषयलाई लिएर जनता सडक प्रदर्शनमा छन् । उनीहरूले क्याटलोनियाका पृथकतावादी र अधिकारकर्मीका लागि प्रस्तावित आममाफीसम्बन्धी कानुन नल्याउन सरकारविरुद्ध खबरदारी गरिरहेका छन् । राजधानी म्याड्रिडलगायतका सहरमा विरोध प्रदर्शन भइरहेका छन् । प्रदर्शनकारीले नवनिर्वाचित प्रधानमन्त्री पेड्रो सान्चेजप्रति आक्रोश व्यक्त गर्दै उहाँलाई जेल हाल्न माग गरेका छन् । समाजवादी नेता सान्चेज हालै स्पे
मुलुकको अर्थराजनीतिक दृष्टिकोण
राजनीतिक दलले राजनीतिक क्षेत्रलाई मात्र प्राथमिकता नदिई आर्थिक क्षेत्रलाई पनि विशेष प्राथमिकता दिई अर्थतन्त्रको विकासलाई गम्भीर बहसको विषय बनाउनु पर्छ । आमजनताको चासोको विषय भनेको दलले लिने आर्थिक नीतिमा नै केन्द्रित हुन्छ । त्यसैले आर्थिक विकासका लागि राम्रो नीति अगाडि सारेर आमजनताको विश्वास जित्न सक्ने बलियो आधार तयार गर्दै देश र जनताको उज्ज्वल भविष्यको सुनिश्चिततामा विशेष जोड दिनु पर्छ । सफल आर्थिक विकासका लागि अध्यय
मिथ्या सूचनाको महामारी
महाभारत युद्धमा जब पाण्डव पक्षको शक्ति लगातार निस्प्रभावी बनिरहेको थियो, श्रीकृष्णले अश्वत्थामा मरेको अफवाह फैलाउन लगाए । अस्त्र निर्माणको अद्भुत क्षमता भएका गुरु द्रोणाचार्य बाँचुन्जेल पाण्डव पक्षको विजय नहुने बुझेका श्रीकृष्णले युधिष्ठिरलाई प्रयोग गरे ।
बौद्धिक पुँजी व्यवस्थापन
मानिसभित्र निहित ज्ञान, क्षमता, सम्भावना र संवेगलाई सङ्गठनको हितमा उपयोग गरी व्यक्ति सङ्गठन र समाजलाई मूल्य अभिवृद्धि गर्ने काम बौद्धिक पुँजी व्यवस्थापन हो । ज्ञान, जानकारी, सिप, क्षमता, अनुुभव र संवेग जस्ता अमूर्त सम्पत्ति बौद्धिक पुँजी हुन् । यसबाट प्राप्त हुने नतिजा भने मूर्त हुुन्छ । सङ्गठनको लक्ष्य पूरा गर्न, सम्भा
प्रतिजैविक प्रतिरोध विज्ञानलाई चुनौती
हुन त सन् १९१० मा सालभर्सन नामको प्रतिजैविक (एन्टिबायोटिक्स) औषधीको आविष्कार भएको मानिन्छ । तथापि यसले खास ठुलो क्रान्ति ल्याउन सकेन । मानिसले विश्वास पनि पूरापूर गरेनन् । जब सन् १९२८ मा स्कटल्यान्डका सूक्ष्मजीव वैज्ञानिक अलेक्जेन्डर फ्लेमिङले पेनिसिलिन नामको प्रतिजैविक औषधी तयार गरेपछि मानव जीवन एक नयाँ युगमा प्रवेश गरेको आभास भयो । किनभने त्यसपछि क्रमशः नयाँ यस्ता औषधीहरू बने । जसले मानिसमा हुने सङ्क्रम
सार्वजनिक प्रसारण सेवाका सवाल
सार्वजनिक प्रसारण सेवा स्थापनासम्बन्धी विधेयक संसद्मा पेस भएको पाँच वर्षपछि छलफलले तीव्रता पाएको छ । राष्ट्रिय सभाबाट पारित भई प्रतिनिधि सभाको शिक्षा र सञ्चार समितिमा छलफलमा रहेको छ । यस विधेयक मुलुकका लागि दूरगामी प्रभाव पार्ने भए पनि यसले त्यस अनुरूप महìव पाउन सकेको छैन । सञ्चार क्षेत्रमा भएको व्यापक वि
लैङ्गिक हिंसा अन्त्य गर्ने बाटो
महिलाविरुद्ध हुने हिंसा अन्त्यका लागि विभिन्न सरकारी निकाय, सामाजिक सङ्घ संस्था, नागरिक समाज तथा महिला अधिकारकर्मीले यतिखेर लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियान सञ्चालन गरिरहेका छन् । नोभेम्बर २५ मा पर्ने महिला हिंसा निर्मूलसम्बन्धी अन्तर्राष्ट्रिय दिवसको दिनदेखि डिसेम्बर १० सम्म विश्वभर सञ्चालन गरिने यो अभियानमा महिला हिंसा अन्त्यका लागि सचेतना जगाउने प्रयास गरिन्छ । संयुक्त राष्ट्रसङ्घको महासभाले महिला हिंसा निर्मूलसम्बन्धी अन्त
प्रकृति पहिलो विश्वविद्यालय
मानव जीवन प्रकृतिको अभिन्न अङ्ग र अनुपम देन हो । प्रकृतिले मानिसलाई तìव, पदार्थ, सम्पदा र शिक्षासमेतका कुरा दिएको छ । यसले तìव र पदार्थका रूपमा हावा, पानी, वन, माटो, ढुङ्गा मात्र होइन हाइड्रोजन, अक्सिजन एवं लवण पनि दिएको छ । यी तत्वको समायोजन सूर्यबाट प्राप्त तापसँग हुँदा जीव जगत्ले आकार, गति र आयु प्राप्त गरेको हुन्छ । यही परिवेशमा प्रकृतिले मानवलाई जीवन जिउने, खाने, हाँस्ने, खेल्ने र सुरक्षित, सहज एवं वातावरण अनुकूल आवासको प्रबन्ध गर्ने वि