जलवायुको मुद्दामा नेपाल
जलवायु परिवर्तन वर्तमान विश्वका लागि सर्वाधिक चासोको मुद्दा हो । समग्र पृथ्वी, जीवन र जीविकोपार्जनमा गम्भीर ढङ्गले प्रतिकूल प्रभाव पार्दै लगेको जलवायु परिवर्तनको घटनाले यतिबेला सबैभन्दा बढी मर्का कम विकसित देश (एलडिसी) हरूलाई परेको छ । त्यसमा पनि हिमालय वरपर र समुद्र तटीय क्षेत्रमा अवस्थित देश ज्यादा जो
स्वच्छन्दतामाथिको रोक
सरकारले सामाजिक सञ्जालमा बहुचर्चा पाएको टिकटकमाथि प्रतिबन्ध लगाउने निर्णय गरेपछि यसको पक्षमा लेख्नु वा बोल्नु भुङ्ग्रोमा हात हाल्नु जत्तिकै भएको छ । कतिपय मिडियाले सर्वसाधारणको पहुँचमा रहेको ‘लोकप्रिय सार्वजनिक प्लाटफर्म’ भनेर टिकटको निकै बखान गरेका छन् । सरकारको यो निर्णय अभिव्यक्ति स्वतन्त्रता र प्रेस स्वतन्त्रता समेतविरुद्धमा भएको कतिपय नेतासमेतलाई लाग्न थालेको छ । सरकारले भने यो निर्णय गर्दैगर्दा ‘टिकटकबाट सामाजिक सद्भाव बिगार्ने’ काम भएको बताएको छ ।
कस्तो हुनु पर्छ त्रिविको कप्तान
नेपालको सबैभन्दा पुरानो र विद्यार्थी सङ्ख्याको हिसाबले विश्वमा नै ठुला विश्वविद्यालयमध्येको त्रिभुवन विश्वविद्यालय अहिले नयाँ उपकुलपति चयनको प्रक्रियामा छ । उपकुलपति प्रतिष्ठित पद हो । यो पदले विशाल शैक्षिक जहाजको कप्तानका रूपमा महत्वपूर्ण भूमिका र जिम्मेवारी बहन गर्ने छ । विश्वविद्यालयको समग्र निर्णय प्रक्रियामा उपकुलपतिको महत्वपूर्ण भूमिका हुन्छ । यसले त्रिविमा मात्र नभएर नेपालभर उच्च शिक्षाको स्वरूप कस्तो बनाउने भन्ने विषयलाई प्रभा
पुनर्निर्माण अर्थतन्त्रको मार्गचित्र
करोडौँ करोड वर्षमा प्रकृतिले स्वयम् सिर्जना गरेको यो पृथ्वीमा विपत्ति आइरहन्छ । कतिपय मानिसले ल्याएको विपत्ति हुन्छन् त कतिपय प्रकृति स्वयम्ले । दुई महायुद्ध मानिसले ल्याएका विपत्ति थिए । युक्रेनमाथि रुसको अतिक्रमणले ल्याएको युद्ध होस् वा हमासको इजरायलविरुद्धको उत्ताउलो आक्रमणपछिको युद्ध, यी सबै मानिसले ल्याएको विपत्ति हुन् । प्रकृतिले ल्याउने कतिपय विपत्तिमा पनि मानिसको बेवास्ताले अझ बढी क्षति हुन्छ । भूकम्प त्यस्तै विपत्ति हो । मानिसले बनाएका कमजोर संरचनाले बढी जनधनको क्षति हुन्छ, भइरहेकै छ तर विपत्तिपछिका पुनर्निर्माणले दिगो संरचना मात्र दिँदैन, अर्थतन्त्रलाई
बैङ्किङ कसुरसम्बन्धी मुद्दा बढ्दै
बैङ्किङ कसुर तथा चेक बाउन्सका घटना वृद्धि भइरहेका छन् । त्यसमा पनि सबैभन्दा बढी चेकमार्फत कारोबार गरे पनि ठगिने क्रम बढेको छ । प्रहरी प्रधान कार्यालयको तीन वर्षयताको तथ्याङ्कले पनि दुई वर्षयता बैङ्किङ कसुरमा दर्ता भएका उजुरीले ‘ग्राफ’ बढिरहेको देखाउँछ । देशभर सबैभन्दा बढी चेक बाउन्स तथा बैङ्किङ कसुरमा मुद्दा आउने जिल्ला प्रहरी परिसर काठमाडौँमा हो । यहाँ यस्ता मुद्दाको चाङ नै छ । परिसरमा चेक बाउन्सका दैनिक २०÷२५ वटा उजुरी पर्ने गरेका छन् । ती उजुरी
अब जनताको तन्त्र चल्छ
नेपालको संविधानले पूर्ण वाक् स्वतन्त्रता र सूचनाको हक प्रदान गरेको छ । वाक् स्वतन्त्रता र सूचनाको हक सदुपयोग गर्नु सबै व्यक्तिको अधिकार र कर्तव्य हो । पहिला पहिलाको संविधानले पूर्ण रूपमा वाक् स्वतन्त्रता दिएको थिएन । वाक् स्वतन्त्रताका सर्त बन्देजसहित थिए । सूचनाको हकको पनि खासै अभ्यास थिएन । यसमा पनि सर्त र प्रतिबन्ध थिए । अहिले सूचना आयोगकै व्यवस्था गरेर सूचनाको हक स्थापित र अभ्यास गरिएको छ । वाक् स्वतन्त्रतालाई पनि बिना सर्त बन्देज प्रदान ग
छठपर्वको मौलिकता
अहिंसा, पवित्रता र आस्थाको पर्व छठ नेपालको मौलिक पर्व हो । नेपालमा उद्भव भएर विश्वका विभिन्न देशका हिन्दु समुदायका साथै अन्य धर्मावलम्बीले समेत मनाउन थालेको छठको कुनै शास्त्रीय आधार देखिँदैन । कुनै पनि शास्त्र वा ग्रन्थले छठपर्व र छठीमाईबारे स्पष्ट रूपमा चर्चा गरेको पाइँदैन । यद्यपि महाभारतकालमा गुप्तवास सफल पार्ने कामनासहित पहिलो पटक द्रौपदीले छठको कठोर व्रत गरेको र अज्ञातवास सफल भएको भन्ने कथन पाइन्छ । द्रौपदीले पहिलोचोटि छठ व्रत गरेको स्थान नेपालकै मधेश प्रदेशको रौतहटमा अवस्थित गढीमाई नगरपालिकाको समनपुर हो भन्ने मान्यता छ । वनवासको
विपतमा धीरता
नेपाल दैवी विपत्तिले बारम्बार आक्रमण गर्ने मुलुकमध्येमा एक हो । कहिले बाढीपहिरो, कहिले आगलागी त कहिले भुइँचालो जस्ता विपत्को सामना नेपाल र नेपालीले गर्नु परिरहेको छ । सबै खाले विपत्तिमा जन र धन ठुलो मात्रामा गुमाउने गरेका कारण नेपालीको मनमस्तिष्कमा आघात र पीडाले वास गरेको छ । यिनै विपत्का कारण पारिवारिक, आर्थिक, सामाजिक र सांस्कृतिक पीडाको व्यूहमा घेरिएर मुलुकले प्रगति गर्न बाधा परिरहेको छ । जे जस्तो बाध्यता आइपरे पनि त्यसको सामना गरेर अगाडि बढ्नु
त्रिपुरासुन्दरी मेला र भावी पुस्ता
हात्ती आइ मचरकाइ लइग्यो, लालाझाडीका केला । तेरो मेरो भेट होला कि, कठै त्रिपुरा सुन्दरीका मेला ।। नेपालीहरूले दुई महान् चाड दसैँ र तिहार मनाइसकेका छन् । तराईमा बस्ने मुख्य गरेर मैथलीबासीले धूमधामका साथ छठपर्व पनि मनाउँदै छन् । पानीका मुहानहरू सफा गरेर तन, मन, धनले श्रद्धापू
समाज विकासमा लैङ्गिक असमानता
परिवर्तन गतिशील क्रिया हो । परिवर्तन आफैँबाहेक अरू सम्पूर्ण कुरा परिवर्तनशील छन् । समाज परिवर्तन र विकास प्राकृतिक एवं निरन्तर भइरहने प्रक्रिया हुन् । समाज परिवर्तन बहुआयामिक प्रकृतिको हुन्छ । योजनाबद्ध वा आकस्मिक रूपमा पनि समाजको परिवर्तन गर्ने गरिन्छ । समाज विकासको पूर्वकाल खण्डमा मातृसत्तात्मक समाज थियो । समाज विकासको दौरानमा महिलाको भूमिका पारिवारिक रूपमै कमजोर हुँदै गएपछि सम्भवतः पितृसत्तात्मक समाजको विकास भएको अनुमान गरिन्छ । विकसित मुलुकमा लैङ्गिक असमानताको खाडल केही हदसम्म पुरिँदै गए पनि पूर्ण रूपमा समान भने हुन सकेको पाइँदैन । समाज विश्लेषकको भनाइमा प्राकृतिक रूपमा लैङ्गिक विभेद नभएर सामाजिक रूपमा मात्र लैङ्गिक विभेदको जन्म हुने गर्छ । अर्थात् समाजले नै लैङ्गिक
प्राकृतिक विपत्मा मनोवैज्ञानिक सहयोग
मानव प्रकृतिकै अङ्ग हो । प्रकृतिमा आउने उतारचढावको प्रत्यक्ष प्रभाव उसको शारीरिक तथा मानसिक स्वास्थ्यमा पर्ने गर्छ । प्रकृतिमा उमङ्ग छाउँदा मानव मन प्रफुल्लित हुने र प्रकृति उजाड हुँदा मानव मन पनि नीरस बन्ने गर्छ । अझ अकस्मात् आउने प्राकृतिक प्रकोपले त व्यक्तिलाई प्रत्यक्ष रूपमा भौतिक क्षति गरेको देखिए पनि यसभन्दा कै
सामाजिक सद्भावको पर्व छठ
नेपाललाई कला, संस्कृतिको धनी देश त्यतिकै भनेको होइन । नेपाल पर्वै पर्वको देश पनि हो । नेपालमा प्रायः प्रत्येक महिना कुनै न कुनै पर्व मनाउने गरिन्छ । नेपालमा सबैभन्दा ठुलो पर्वका
भ्रष्टाचार नियन्त्रणका प्रयास
नेपालमा विकासका चाहना निकै बढी छ । विकासको माग हुनु पनि स्वाभाविकै हो तर विकास आयोजनामा भ्रष्टाचार भएको, आयोजनामा ढिलासुस्ती भएकोलगायतका खबरहरू सार्वजनिक हुने क्रम घट्नेभन्दा बढिरहेका छन् । पछिल्ला दिनमा त हरेक महिनाजसो भ्रष्टाचार भएका घटना बाहिर आउने गरेका छन् । केही समयअघि नक्कली भुटानी शरणार्थी, ललिता निवास जग्गा प्रकरण र सय किलो सुन प्रकरणले निकै चर्चा पायो । यसअघि भ्रष्टाचारको कारबाहीको सन्दर्भमा ठुलामा
गुणस्तरीय शिक्षा र निजी विद्यालय
नेपालको शिक्षा विकासको इतिहास धेरै लामो छैन । राणाकालीन समयमा औपचारिक शिक्षा सुरु भएको मानिए पनि त्योभन्दाअघि गुरुकुल शिक्षाको प्रभाव थोरै मात्रामा परेको देखिन्छ । हुन त केही राणाकालीन प्रधानमन्त्रीहरूले नेपालको शिक्षादीक्षाको व्यववस्था गर्न कलेज र विद्यालय खोलेका पनि थिए तर ती सीमित मात्रामा थिए । त्यसका प्रभाव आमनेपालीमा पर्न सकेको थिएन । जब २००७ सालको राजनीतिक परिवर्तन भयो अनि शिक्षाको विस्तार र विकास भएको पाइन्छ ।
विश्व लोकतन्त्रको अवस्था
जनतन्त्र, लोकतन्त्र, प्रजातन्त्र जेभन्दा पनि अङ्ग्रेजीमा यसको एउटै शब्द डेमोक्रेसी हो । विचारको आधारमा शासन चलाएका देशमा डेमोक्रेसीको सम्बन्धमा कहीँ पनि विवाद छैनन् । एकल पार्टी शासन चलाएका कम्युनिस्ट देशहरू पहिलेको पूर्वजर्मनी, अहिलेको उत्तर कोरियासमेतले जर्मन डेमोक्रेटिक रिपब्लिक, डेमोक्रेटिक रिपब्लिक
ध्वनि प्रदूषणको जोखिम
पृथ्वीमा बढ्दो तापक्रम, प्राकृतिक सम्पदाहरूको क्रुर दोहन, जीवनशैलीमा आएको बढ्दो सुविधाभोगी प्रवृत्तिले मानिसलाई अनेक समस्याको चपेटामा पारेको छ । वातावरणमा उत्पन्न प्रतिकूल अवस्था र मानिस आफैँले सिर्जना गरेका, उपभोग गरेका भौतिक सामग्रीका कारण तत्कालका लागि केही सुविधा देखिए पनि कालान्तरमा यसले अनेक जटिल समस्या निम्त्याइरहेको पत्तो पाउन सकेका छैनन् । हामी सुखको नाममा प्रदूषण बढाएर भावी सन्ततिलाई दुःखको खाडलमा हालिरहेका छौँ ।
राजनीतिमा रचनात्मक अभ्यास
राजनीतिक दल प्रजातान्त्रिक प्रणालीका मुख्य तथा अभिन्न अङ्ग हुन् । यसका अनेकन परिभाषामध्ये निर्वाचनमा भाग लिने र जित हात पार्ने अभिप्राय राखेर गठन भएको वैचारिक शक्ति भन्नेसमेत एक हो । यस आधारमा हेर्दा चुनावमा भाग नलिने तर निर्वाचन आयोगमा दर्ता मात्र भएका शक्तिहरूको हैसियत के हुने भन्ने प्रश्न उठ्न सक्छ । हाम्रो निर्वाचन आयोगमा झन्डै १३० वटा दल दर्ता छन् । तीमध्ये लगभग सबैले कुनै न कुनै तहको निर्वाचनमा प्रतिस्पर्धा गरेका होलान् । यद्यपि संसद्को निर्वाचनमा
भुइँचालोले दिएको सन्देश
नेपालीको दोस्रो महान् चाड तिहारको मुखैमा पश्चिम नेपालमा विनाशकारी भुइँचालो गएको छ । कर्णाली प्रदेश अन्तर्गत जाजरकोट र रुकुम पश्चिम क्षेत्र यसबाट प्रत्यक्ष प्रभावित भएका छन् । १५७ जनाको ज्यानै गएको छ भने दुई सयभन्दा बढी घाइते भएका छन् । विगत ५२० वर्षयता यो भेगमा ठुलो भूकम्प गएको थिएन । त्यसैले यो क्षेत्र भूकम्पीय दृष्टिले जोखिममा रहेको विज्ञहरूको ठम्याइ थियो । नभन्दै केही समययता पश्चिम नेपालमा लगातार भूकम्पको धक्का महसुस हुन थालेका छन् ।
बलियो संरचना आवश्यक
केही दिनअघि जाजरकोट जिल्लाको रामीडाँडा केन्द्र बनाएर ६.४ रेक्टर स्केलको भूकम्प गयो । हालसम्म त्यो क्षेत्रमा साना ठुला गरी तीन सयभन्दा बढी पराकम्प गइसकेका छन् । नेपाल हिमालय युरोसियन प्लेट र इन्डियन प्लेटको दोसाधमा रहेकाले निरन्तर थ्रस्टिङ र फल्टिङ भएर साना, मझौला र ठुला भूकम्पहरू गइरहन्छन् । त्यसैले यो भूभाग भू
युवा पुस्ताका अपेक्षा
युवा पुस्ताले कस्तो देशको परिकल्पना गरिरहेका छन् भन्ने बहस विभिन्न सञ्चार माध्यम, सरकारी तथा गैरसरकारी निकायका बैठक र अन्तर्क्रियाका कार्यक्रममा मन्थन भइरहेका छन् । गणतन्त्रसँगै जन्मिएका नव पुस्ता देशको नागरिक हुँदै गर्दा राज्यसँग अपेक्षाविहीन हुन्छ भने त्यो गम्भीर अवस्था पनि हो । नयाँ पुस्ता नवीन परिवेशसँग अभ्यस्त हुन्छ । स्वभावतः ती नवीन विषयलाई जीवनसँग प्रयोग गर्न चाहन्छ । बदलिँदो समाजको नयाँ पुस्तालाई हाँक्न कस्तो नेतृत्वको चाहना छ ? के चाहन्छन्, के चाहँदैनन् नयाँ पुस्ता ?
मानव स्वास्थ्यमा मिठाई
हिजोबाट नेपालीको महान् चाड तिहार सुरु भएको छ । वर्षभरिका दुःख, कष्ट, पीर, व्यथा सबै बिर्सेर सपरिवार एकै ठाउँमा जम्मा भएर आआफ्नो गच्छे अनुसार मिठो मसिनो खाई रमाउने अनि आपसी वैमनस्यता भुलेर एक आपसमा शुभकामना आदानप्रदान गर्ने हिन्दुहरूको महान् पर्व दसैँ कसैका लागि दशा बनेर गयो । नपाउँदा नखाने र पाउँदा एकै पटक धेरै र अस्वस्थ ढङ्गले मासु र मिठाई खानाले चाडपर्वमा रमाइलोभन्दा तनावको अवस्था आउने गर्छ । तिहारलाई पनि कस्तो बनाउने भन्ने तपाईं हाम्रो हातमै छ ।
रोएको हिमाल र जलवायु सम्मेलन
भारतीय मूलका बेलायती सांसद आलोक शर्माले स्कटल्यान्डको ग्लास्गोमा आयोजना भएको जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय विश्व सम्मेलन कोप–२६ हुनु केही महिनाअघि नेपालको भ्रमण गरेका थिए । सम्मेलनमा उनलाई उद्घाटन सत्रको सभाध्यक्ष हुने अवसर मिलेको थियो । उनले आफ्नो मन्तव्यमा जलवायु परिवर्तनको असरले नेपालले भोग्दै आएको प्राकृतिक विपत्तिको कुरा उठाए । मुस्ताङ र सोलुखुम्बुको भ्रमण गर्दा देखे, भोगेका कुरा विश्व समुदायले सुन्ने र बुझ्ने गरी सम्मेलनमा बोले । फलस्वरूप नेपालका तर्फबाट उच्च राजनीतिक नेतृत्व गरेका तत्कालीन प्रधान
सार्वजनिक जग्गाको संरक्षण
भूमि शब्दकोषका अनुसार जग्गा भन्नाले नाप जाँचपश्चात् आवश्यक विवरणसहित कित्ता कायम भएको भूमिको भाग, निश्चित क्षेत्रफल, कित्ता नम्बर स्वामित्व र भूसम्बन्धको अभिलेख भएको भूमिको एक भाग भनी परिभाषित गरिएको छ । जग्गा नाप जाँच ऐन, २०१९ को दफा २ (क) ले जग्गा भन्नाले घर, बगैँचा, रुख, कारखाना, ताल, पोखरी इत्यादि भएको समेत सबै किसिमको जग्गा सम्झनु पर्छ भनी परिभाषा दिएको छ । मालपोत ऐन, जग्गा नाप जाँच ऐन र मुलुकी देवानी संहितासमेतको आधारमा भन्नु पर्दा नेपालमा निजी, सरकारी, सार्वजनिक, गुठी, बिर्ता, सामुदायिक गरी मुख्य रूपमा छ
विश्व शैक्षिक जगत्मा नेपाल
शिक्षा हरेक नागरिकको नैसर्गिक अधिकार हो । शिक्षा देश विकासको मेरुदण्ड पनि हो । प्रत्येक विकसित राष्ट्रले पहिलो प्राथमिकता शिक्षालाई नै दिँदै आएको पाइन्छ । अनि अल्पविकसित राष्ट्रहरू पनि त्यही पथमा अग्रसर भएको भान हुन्छ । वास्तवमा ‘ज्ञान नै शक्ति हो’ भन्ने युक्तिलाई दृष्टिगत गर्दै हरेक देशले आफ्ना नागरिकलाई शिक्षित गराउन आवश्यक छ । जबसम्म नागरिक शिक्षित बन्दैनन्, तबसम्म देश विकासको परिकल्पना गर्नु व्यर्थ हुन्छ । आधुनिक संसारमा शिक्षाको भूमिका अनि अवस्था कस्तो छ भन्ने कुरामा हरेक शिक्षित व्यक्ति र राजनीतिज्ञले हेक्का राख्न जरुरी छ ।