• ९ मंसिर २०८१, आइतबार

प्राकृतिक विपत्मा मनोवैज्ञानिक सहयोग

blog

मानव प्रकृतिकै अङ्ग हो । प्रकृतिमा आउने उतारचढावको प्रत्यक्ष प्रभाव उसको शारीरिक तथा मानसिक स्वास्थ्यमा पर्ने गर्छ । प्रकृतिमा उमङ्ग छाउँदा मानव मन प्रफुल्लित हुने र प्रकृति उजाड हुँदा मानव मन पनि नीरस बन्ने गर्छ । अझ अकस्मात् आउने प्राकृतिक प्रकोपले त व्यक्तिलाई प्रत्यक्ष रूपमा भौतिक क्षति गरेको देखिए पनि यसभन्दा कैयौँ गुणा बढी मानसिक आघात पारेको हुन्छ । २०७२ सालमा गोरखा र दोलखा केन्द्रबिन्दु बनाई आएको भूकम्प होस् वा भर्खरै जाजरकोटमा आएको भूकम्प र त्यसले पु¥याएको क्षति नै किन नहोस्, यी दुवै घटनाले सामान्य र स्वाभाविक रूपमा चलेको मानव जनजीवनलाई अस्तव्यस्त पारेका छन् । 

नेपालको पश्चिम क्षेत्र जाजरकोटलाई केन्द्रबिन्दु बनाएर आएको भूकम्पले ठुलो जनधनको क्षति ग¥यो । भूकम्प केन्द्रबिन्दुको आसपासमा धेरैजसो संरचना ध्वस्त भए । धेरै परिवारमा आफ्ना सदस्य गुमाउनुपर्ने अवस्था सिर्जना भयो । आफ्नै अगाडि आफ्नो श्रीसम्पत्ति तथा परिवारका सदस्य गुमाउँदा मन विचलित हुनु अनौठो होइन । भौतिक र पारिवारिक सदस्यको क्षति नबेहोरे पनि भूकम्पको अनुभव र पराकम्पनले सिर्जना गरेका त्रासपूर्ण मनोवस्था सामान्यीकरण हुन समय लाग्छ । 

सङ्कटको बेला हाम्रो शरीरले विभिन्न किसिमका प्रतिक्रिया देखाइरहेको हुन्छ । धेरै मानिस भूकम्पलगायत प्राकृतिक प्रकोपका कारण पुगेको क्षतिकाले तत्काल र पछि आफूमा अचानक आएका परिवर्तनका लक्षण देखि भयभीत हुने गर्छन् । भूकम्पको पराकम्प लामो समयसम्म नरोकिए जस्तै यसले पु¥याएको मानसिक पीडाको ज्वलन चिरकालसम्म रहने गर्छ । यस प्रकारका प्राकृतिक विपत् हाम्रो जीवनका असामान्य घटना हुन् भने यी घटनाले व्यक्तिलाई त्रसित, दुःखी र चिन्तित बनाउनु सामान्य मानवीय प्रतिव्रिmया हो भन्ने बुझ्नु आवश्यक हुन्छ । 

भूकम्पको सामना गरेका व्यक्तिमा सामान्य प्रतिक्रियाका रूपमा सानो आवाजसुन्दा पनि डराउने, असुरक्षित महसुस गर्ने, सर्वस्व गुमेको ठान्ने, दिक्दारी महसुस हुने, चिन्तित हुने, एकलासे हुने, विनाकारण रिसाउने आदि स्वभाव विकसित हुन सक्छन् । अब त कहिल्यै सङ्कटबाट मुक्ति मिल्दैन होला भन्ने भावनाका कारण आफूलाई सधैँ जोखिमपूर्ण अवस्थामा रहेको महसुस गर्ने प्रतिक्रियालाई अस्वाभाविक रूपमा लिनु हुँदैन । केही व्यक्ति भने विपत्को चोटलाई नकारात्मक सामना विधिबाट निको पार्ने प्रयासमा लाग्छन् । नकारात्मक सामना विधि अन्तर्गत जोखिम लिने, लागुपदार्थ र नशा सेवन गर्ने तथा आत्मपीडक व्रिmयाकलाप गर्ने हुन सक्छ । भत्किएका संरचनाको नजिक जाने, सम्भावित दुर्घटनामा आफू परौँ भन्ने भावना आउने र पटक्कै खुसी हुन र मनका वह पोख्न नचाहने प्रवृत्तिसमेत केही आघात अनुभव गरेका व्यक्तिमा देखिन सक्छ । आफन्त र धनजनको वियोगले गर्दा मनमा परेको पीडा कम गर्न लागुपदार्थ सेवन गर्ने कामले व्यक्तिलाई मानसिक रूपमा रोगी बनाउँछ । 

प्रकृतिमा देखिएको असामान्य क्रियाकलाप केही समयपछि सामान्य हुन्छ नै तर व्यक्तिमा नकारात्मक सामना विधिको विकास भयो भने यसले उसलाई नशालु पदार्थमा निर्भर बनाउँछ र उसको उर्वर जीवनलाई तहसनहस पारिदिन्छ । यसैले  विपत्को सामना गरेका व्यक्तिले आफूलाई वर्तमान अवस्थामा जे भएको छ त्यसलाई स्वीकार गरी आगामी समयलाई उर्वर बनाउने प्रयास गर्नु पर्छ । परिवारका सदस्य र सहयोगीले पनि चोटमा परेका व्यक्तिलाई कल्पना र अति भावुकताबाट यथार्थतामा ल्याउन सहयोग पु¥याउनु पर्छ । ठुला  विपत्पछिको अव्यवस्थित मनोसामाजिक अवस्थालाई व्यवस्थापन गर्न प्राथमिक मनोवैज्ञानिक सहयोग निकै उपलब्धिमूलक हुने गरेको छ । २०७२ सालमा काठमाडौँ र प्रभावित क्षेत्रमा पनि यस प्रकारको मनोवैज्ञानिक सहयोग उपलब्ध गराइएको थियो ।

के हो मनोवैज्ञानिक सहयोग ?

 विपत्को आघात बेहोरेका व्यक्तिलाई भावनात्मक रूपमा सहयोग पु¥याउने काम मनोवैज्ञानिक सहयोग हो । यसले पीडितको आवेग र संवेग व्यवस्थापन गर्न सहयोग पु¥याउँछ । मनोवैज्ञानिक सहयोग दिने बेला आघात बेहोरेका व्यक्तिलाई असामान्य व्यक्ति भनेर व्यवहार गरिँदैन । सबैभन्दा पहिले उनीहरूको जोखिमको अवस्था के कस्तो छ त्यसलाई अवलोकन गरिन्छ । भौतिक रूपमा सुरक्षित ठाउँमा उद्धार गर्ने काम गरिन्छ । यसले व्यक्तिमा म सुरक्षित छु भन्ने भावनाको विकास गर्छ । दोस्रो चरणमा मात्र उनीहरूका कुरा सुन्न थालिन्छ । यतिखेर निःसर्त उनीहरूका कुरा सुनिन्छ । 

उनीहरूले वास्तविक कुरा गरुन् वा अवास्तविक, उनीहरूले बेहोरेका व्यक्तिगत कुरा सुनिसकेपछि उनीहरूको अवस्था अनुसार विभिन्न सामाजिक संस्था व्यक्ति र सम्पर्कमा आउन नसकेका आफन्तसँग सम्पर्क गर्न सहयोग पु¥याइन्छ । यसरी अवलोकन, सुनाइ र सम्पर्क यी तीन चरणमा सङ्कटमा परेका व्यक्तिलाई मनोवैज्ञानिक प्राथमिक उपचार दिने गरिन्छ । यसले विपत्का कारण विचलित भएको मनलाई सन्तुलनमा राख्न सहयोग गर्छ भने गम्भीर किसिमको आघात बेहोरेका व्यक्तिलाई जटिल किसिमको मानसिक समस्या सिर्जना हुनबाट बचाउने काम पनि गर्छ ।

सहयोगका नाममा के गर्न हुँदैन ?

आघात बेहोरेका व्यक्तिलाई तुरुन्तै सम्झाउने, बुझाउने वा केही भएको छैन शान्त हुनुहोस्, चिन्ता नगर्नुहोस् भन्ने गर्नु हुँदैन । उनीहरूसँग कुरा गर्दा सबैलाई यस्तै त हो भनी सान्त्वना दिने काम पनि गर्नु हुँदैन । उनीहरूलाई अरूका दुःख देखाएर वा आफ्नै अनुभव सुनाएर सामान्य अवस्थामा ल्याउन सकिन्छ कि भनी प्रयास गर्नु हुँदैन । यस्तो अवस्थामा अरूका उदाहरण दिने, क्षतिको तुलना गर्ने वा अनुभव सुनाउने काम पटक्कै गर्नु हुँदैन । 

कसैकसैले परिवारका बेपत्ता वा मृतक सदस्यका बारेमा वास्तविक जानकारी दिँदा झन् चोट थपिने भनी सूचना लुकाउने काम पनि गरेका हुन्छन् । विपत्मा परेका व्यक्तिलाई उनीहरूका परिवारका बारेमा वास्तविक जानकारी नदिएर सहयोग पु¥याउँछु भन्ने भुल गर्नु हुँदैन । बेपत्ता भएका व्यक्तिका बारेमा विभिन्न सम्भावना देखाई निश्चय पनि आउँछ भन्ने किसिमका अवास्तविक आश्वासन पनि दिनु हुँदैन । आघात बेहोरेका व्यक्तिले कुरा गर्न नचाहेमा, एक्लै बस्न खोजेमा वा रुन थालेमा उनीहरूलाई निर्वाध रूपमा रुन कराउन दिनु पर्छ । यतिखेर सहयोगीले उनीहरूको बसाइँ कति सुरक्षित छ ? आधारभूत भौतिक सुविधा प्राप्त गर्न सकेको छ वा छैन भन्ने विषयमा विशेष ध्यान दिनु पर्छ । 

आघात बेहोरेका व्यक्तिलाई त्यसपछिका सामाजिक गतिविधि र तीसँग सम्बन्धित समाचारले पनि झनै विक्षिप्त बनाउने सम्भावना रहन्छ । राहत वितरणका नाममा हुने भेदभाव, आफूहरूले पाउनुपर्ने राहत प्रभावशाली व्यक्ति विशेषका कारण अर्कै क्षेत्रमा पुगेका समाचार र अन्य विभेदजन्य विषयले उनीहरूमा आव्रmोश बढाउँछ । यसले पीडितमा प्रतिशोधी भावनाको समेत विकास गर्ने भएकाले सामाजिक कार्यकर्ता र स्थानीय प्रशासनले निष्पक्ष काम गर्नु पर्छ । भावनात्मक रूपमा कमजोर अवस्थामा मनमा एक किसिमको डर र त्रासले व्यक्तिलाई विचलित बनाइरहेको हुन्छ, यसैले उनीहरूका कुरा सुनिदिएर हामी पनि सँगै छौँ भन्ने सन्देश दिँदै आत्मबल बढाई वास्तविक घटनाको सामना गरी अघि बन्न प्रोत्साहित गर्नु पर्छ ।

 अन्त्यमा

जाजरकोटलाई केन्द्र बनाई गएको भूकम्पले पु¥याएको क्षतिबाट उत्पन्न पीडा न्यूनीकरण गर्न राजनीतिक दल, स्थानीय प्रशासन र स्थानीय तहले सक्रियता बढाउनु पर्छ । नेपालका सन्दर्भमा ७–८ वर्षअघि मात्र यस्तै प्रकृतिको घटना बेहोरिसकेकाले कसरी व्यवस्थापन गर्ने भन्नेबारे अनुभव छ । २०७२ सालका अनुभवबाट पाठ सिकी आघात बेहोरेका व्यक्तिलाई राहत र मनोसामाजिक सहयोग गर्ने काममा ढिलाइ गर्नु हुँदैन ।  विपत्मा पहिलो काम उद्धार र आधारभूत भौतिक सुविधा उपलब्ध गराउनु हो भने सामान्यतया दुर्घटनाको दोस्रो हप्ताबाट उनीहरूलाई मानसिक सहयोग अझ बढी आवश्यक हुन्छ । यसैले  विपत्मा परेका नागरिकलाई मनोवैज्ञानिक सहयोग पु¥याउनका लागि सम्बन्धित निकायले सक्रियता देखाउनु पर्छ ।

 

 

 

Author

प्रेमनारायण भुसाल