बाल विकासका लागि गृहकार्य
मानव जीवन सिकाइको चौघेरो हो । जन्मदेखि मृत्युको शय्या नपुगुन्जेलसम्म सिक्ने क्रम जारी रहँदो रहेछ । त्यसैले जीवन सिकाइको धरातलमा कसैको पनि पूर्ण भएको मानिँदैन । सन् २०१३ मा नेपालबाट अमेरिका बसाइँ सरेपछि जीवनयापनका धेरै अवधारणामा नयाँ सिकाइ थप्ने अवसर प्राप्त भयो । त्यसमध्येको नयाँ सिकाइ दुई छोरीको बाबु हुँदै उनीहरूको शिक्षादीक्षामा केन्द्रित रहँदाको सिकाइ र भोगाइ निकै चाख लाग्दो भयो । पक्कै पनि नेपालमा जन्मी, हुर्की जीवनको महìवपूर्ण क्षण जन्मभूमिमा बिताएको हुँदा आफू हुर्कंदै गर्दाका अनुभव र अमेरिकामा दुई छोरी हुर्काउँदै गर्दाका अनुभवमा तुलना गर्ने अवसर मलाई प्राप्त भ
जलवायु परिवर्तनको चपेटा
संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेर्रेसको हालैको नेपाल भ्रमण मुख्य गरी जलवायु परिवर्तन र नेपालको शान्ति प्रव्रिmयाको विषयमा केन्द्रित रह्यो । सङ्घीय संसद् र लुम्बिनीमा राष्ट्रसङ्घका महासचिवले दिएको भाषणले यी दुई विषयलाई उच्च महìव दिएको स्पष्ट हुन्छ । त्यसो त उहाँले विभिन्न देशमा जारी युद्धको विषयमा समेत चासो दिनुभयो । नेपालको शान्ति प्रक्रिया वर्षौंदेखि अधुरो छ । न्याय नपाएर कैयौँ मान्छे दुःखित र पीडित छन् । यसलाई टुङ्गोमा पु¥याउनु राष्ट्रिय कार्यभार हो ।
नर्सिङ सेवाभित्रका पीडा
मानव स्वास्थ्यका लागि नर्सको भूमिका अत्यन्तै महत्वपूर्ण हुने गरेको छ । जब मानव समुदाय स्वास्थ्यको विषयमा गम्भीर हुने गर्छ, तब नर्सको भूमिका झन् बढ्न जान्छ । पछिल्ला दिनमा हुने गरेको बसाइँसराइ, आवतजावत र बेलाबेलाको महामारीले गर्दा विश्व समुदाय नै स्वास्थ्यका दृष्टिले निकै संवेदनशील बन्दै गएको छ ।
सुशासनको आधार आत्मानुशासन
सुशासन आजको विश्व राजनीतिमा सर्वाधिक चर्चित शब्दावली हो । शक्तिशाली भनिएकादेखि सामान्य गनिएका सबै देशका सरकारले प्रमुख प्राथमिकता नै सुशासन भएको अभिव्यक्ति दिन्छन् । निर्वाचनको समय प्रत्येक प्रत्यासीबाट देशमा सुशासन कायम गर्दै राष्ट्र निर्माणमा सघाउने अभिलाषालाई एउटै उद्देश्यका रूपमा प्रस्ट्याइन्छ । राष्ट्र निर्माणमा निर
सम्झनामा बाँचेको गाउँ
‘उन्नतिका लागि आफूले जन्मेको ठाउँ छोड तर नबिर्स,’ भन्ने भनाइ छ । नभन्दै, पहिला गाउँमै जन्मेर अहिले विभिन्न क्षेत्रमा ख्याति कमाएका अधिकांशले आफू जन्मेको गाउँठाउँ छोडेका छन् तर तिनले आफ्नो जन्मथलो बिर्सेका चाहिँ छैनन् । आफ्ना बाउबाजेको थातथलो, रगतपसिना पोखिएको ठाउँ, आफू जन्मे हुर्केर खेलेको गाउँठाउँ कसलाई प्यारो लाग्दैन र ! सपनामा पनि आइरहन्छ । त्यसैले होला, सहर बस्न पुगेका सहरियाहरूले मात्र होइन; संसारको अर्कै गोलाद्र्धमा पुगेकाहरूले पनि आफू जन्मेको गाउँको बारेमा चासो गरिरहन्छन् । आजको अत्याधुनिक सूचना प्रविधिको जमानामा जानकारी पाउन पनि सजिलो भएको छ ।
युद्धले निम्त्याएको विध्वंस
इजरायल र प्यालेस्टिनी हमासबिच यस पटक इतिहासमै नभएको क्रूर र अमानवीय युद्ध भएको छ । दुवै पक्षले युद्धको नियम र सीमा पालना गरेनन् । युद्धमा निहत्था महिला, बालबालिका, वृद्धवृद्धा, बिरामी, चिकित्सक, पत्रकार, विदेशी नागरिक र सर्वसाधारण मानिसको बीभत्स हत्या भयो । २३० जनालाई हमासले बन्धक बनाएको छ । हमास लडाकुहरूको अप्रत्यासित र अकल्पनीय आक्रमणमा इजरायल स्थापना भएयताकै ठुलो क्षति भोगेपछि आक्रोशित इजरायल सरकारले हमासलाई निमिट्यान्न पार्ने भन्दै प्रत्याक्रमण सुरु गरेसँगै युद्ध चर्केको हो ।
सहरी वातावरण व्यवस्थापन
मानवको अस्तित्व उसको वरिपरिको वातावरण तथा पर्यावरण एवं परिस्थितिमा निर्भर गर्दछ । मानिसको अस्तित्वका लागि वनजङ्गल, जल आदिमा पाइने प्राणी तथा वनस्पति आवश्यक हुन्छन् । वनजङ्गल, जल आदिको अस्तित्व सङ्कटमा पर्नु भनेको मानव जीवन पनि सङ्कटमा पर्नु हो । पछिल्ला दिनमा के सहर के गाउँ, जताततै यसको प्रभाव
नेपाल विश्वको मित्र
महामहिमहरू, माननीय मन्त्रीज्यूहरू, माननीय सांसदज्यूहरू एवं मित्रहरू, आज यहाँ तपाईंहरूसँग उपस्थित हुन पाउनु सम्मानको कुरा हो । मनमोहक नेपालमा फर्कन पाउनु एउटा सौभाग्य पनि हो । म यहाँ पहिलो पटक सन् १९७० को दशकमा आएको हुँ । जति पटक म यहाँ आएको छु, म छक्क परेको छु । र यो यात्रा पनि कुनै अपवाद होइन ।
सुशासनमार्फत समृद्धि
भ्रष्टाचारका सन्दर्भमा निजामती सेवाका एक जना मित्रले भनेका थिए– नेपालमा सदाचारीलाई जेलमा राखेर भ्रष्टाचारीजतिलाई बाहिर राख्ने हो भने नेपालका जेलले पनि धान्छ र सदाचारीलाई दुई छाक खानलाउन कुनै कठिनाइ हुँदैन । किनकि जेलमा रहेकाको खान बस्नको जिम्मा सरकारले लिएको हुन्छ । ठेक्कापट्टा, कमिसन, राजस्वमा लुट मच्चाउन सक्नेहरू बाहिर बसेर मुलुक सञ्चालन गर्ने र तिनको कमाइले सिधासादालाई कैदमा राखेर खान दिने व्यवस्था नै नेपालमा उपयुक्त हो कि जस्तो भइसकेको छ । खासमा ती मित्रले मुलुकमा सुशासन कायम गर्नमा ढिला भइसकेको र भ्रष्टाचारीको बिगबिगी बढेका कारण निकै चिन्तित भएर यस्तो भनेको हुनु पर्छ ।
शान्ति प्रक्रियामा राष्ट्रसङ्घ
नेपालमा २०५२ सालेदखि सुरु भएको दस वर्ष लामो सशस्त्र द्वन्द्वको औपचारिक अन्त्यको घोषणा गर्दै सरकार र तत्कालीन विद्रोही पक्ष नेकपा (माओवादी) बिच २०६३ मङ्सिर ५ गते शान्ति सम्झौता भएको आगामी मङ्सिर ५ गते १७ वर्ष पूरा हुँदै छ । यो अवधिमा शान्ति सम्झौतामा उल्लेख भएबमोजिम संविधान सभाको निर्वाचन, संविधान सभाबाट नेपालको संविधान निर्माण, तीनै तहको निर्वाचन, माओवादी लडाकुको व्यवस्थापनलगायतका महìवपूर्ण कार्य सम्पन्न भएका छन् तर शान्ति सम्झौ
पानी, पूर्ण जीवन र विकास
दिगो विकासको माध्यमद्वारा मानिसको पूर्ण जीवनको अधिकार सुरक्षित गर्नु आजको सभ्य समाजको चाहना हो । कुनै पनि नागरिकको मानव जीवनचक्र अनुसारको प्राकृतिक मरणबाहेक अन्य कारणले मरण नहुनुलाई पूर्ण जीवन भन्न सकिन्छ । पूर्ण जीवन प्राप्त गर्नका लागि सर्वप्रथम मान्छे–मान्छे र मान्छे तथा प्रकृतिबिचको द्वन्द्व समाप्त हुनु पर्दछ । त्यससँगै विशेषतः मान्छे, माटो र पानीबिचको सम्बन्धलाई गौरवमय, पे्रममय र प्रकृतिजन्य बनाई जीव र जगत्को पानीसँगको सम्बन्धलाई गाढा बनाउनु आवश्यक छ । नेपालले यस कार्यलाई मूलमन्त्र बनाई सिद्धान्त, नीति र व्यवहारको विकाससमेत त्यसैमा ढाल्नु पर्दछ ।
दलको विकल्प दल
संसारमा निर्विकल्प कोही र केही छैन र असम्भव कुनै कुरा हुँदैन भन्ने भाष्य निर्माण भएका कारण असम्भव जस्ता लाग्ने कुरा सम्भव भएको हो । चन्द्रमामा मान्छे पुगेको हो । अनेक ग्रहको खोजी गरेर त्यहाँ बस्ती बसाल्ने सम्भाव्यताको खोजी गरिएको हो । विश्वको तीव्र विकास मान्छेको असन्तोषी, उग्र महìवाकाङ्क्षी स्वभाव र विकल्प खोज्ने अभीष्टले भएको मानिन्छ । अतः निर्विकल्प भन्ने कुरा हुँदैन ।
बिपी, कांग्रेस र चियापान
प्रथम जननिर्वाचित प्रधानमन्त्री बिपी कोइरालाको सरकारलाई १ पुस २०१७ मा अपदस्थ गरी राजा महेन्द्रले विक्रम संवत् २००७ मा ल्याइएको प्रजातन्त्र अन्त्य गरी एक दलीय पञ्चायती व्यवस्था लागु मात्र गरेनन्, राजनीतिक दलका गतिविधि नियन्त्रण गर्न दलमाथि प्रतिबन्धसमेत लगाएका थिए । राजा महेन्द्रको निरङ्कुश कदमको १६ वर्षपछि १६ पुस २०३३ मा बिपी कोइराला भारत प्रवासबाट ‘राष्ट्रिय एकता तथा मेलमिलापको नीति’ लिएर स्वदेश फर्किनुभएको थियो । प्रवासबाट फर्केर बिपीले राजालाई एउटै सन्देश दिनु थियो, प्रजातन्त्र पुनप्र्राप्तिका लागि अब देशभित्रै बसेर सङ्घर्ष गर्छौं ।
उपभोक्ताको दायित्व
चाडपर्व सुरु हुनासाथ बजार अनुगमनले तीव्रता पाउँछ । जीवनयापनका क्रममा हरेक व्यक्ति हरेक दिन उपभोक्ता बन्न बाध्य हुन्छ । उपभोक्ता अधिकार आधारभूत मानव अधिकार हो । उपभोक्ता अधिकार अधिकारहरूको पनि मूल अधिकार हो । नेपालको संविधानमा उपभोक्ताको हकलाई मौलिक हकका रूपमा राखिएको छ, जसमा प्रत्येक उपभोक्तालाई गुणस्तरीय वस्तु तथा सेवा प्राप्त गर्ने हक हुने छ । गुणस्तरहीन वस्तु वा सेवाबाट क्षति पुगेको व्यक्तिलाई कानुनबमोजिम क्षतिपूर्ति पाउने हक हुने छ भनेर पनि उल्लेख गरिएको छ ।
आशा जगाउने अवसर
सबैभन्दा ठुलो पर्व बडादसैँ सकिएको छ । तिहारको तर्खर अब बिस्तारै हुन्छ, हुँदै छ । नेपाल संवत्, छठसमेत पर्वकै रूपमा मनाइन्छ । यी चाडपर्वको सांस्कृतिक महत्व त छँदै छ, देशको अर्थतन्त्र चलायमान बनाउन चाडपर्वको ठुलो योगदान रहने गर्छ । विगतमा ठुलो योगदान रहने गरेको थियो । तर आमबुझाइमा यो वर्ष बडादसैँले पनि अर्थतन्त्र व्यापक चलायमान बनाउन सकेन । देश आर्थिक मन्दीको चपेटामा परेको बडादसैँको आर्थिक निराशाले पनि देखाएको छ । दसैँलगायतको चाडपर्वले यो
विकास बहस
विकास एउटा यस्तो शब्द निर्माण भएको छ, जुन शब्द सबैलाई मन परेको हुन्छ । अल्पविकसित, विकासोन्मुख तथा विकसित जुनसुकै देशका जनता यसबारे जानकार भएकै छन् । विकासका लागि व्यक्ति, सङ्घ संस्था, राज्य र अन्तर्राष्ट्रिय समुदायसमेत परेका छन् । विभिन्न देशले विकासका लागि भिन्नभिन्न मोडलको विकास गरेका पनि छन् । अहिले विश्वमा देखिएको प्रमुख समस्या भनेकै विकास नहुनु हो । जहाँ शिक्षा, स्वास्थ्य, आवास, पानी, खाद्यान्न, लत्ताकपडा, रोजगारीजस्ता क्षेत्रको अभाव हुन्छ, त्यहाँ गरिबी रहेको हुन्छ ।
सार्वजनिक संस्थानको सुधार
पछिल्लो समयमा भूमण्डलीकरण, उदारीकरण, बजारीकरण र राष्ट्रिय अर्थतन्त्रको निरन्तर संरचनात्मक रूपान्तरणले एकातिर निजी क्षेत्रको विस्तारमा टेवा दिएको छ भने अर्कोतिर सार्वजनिक संस्थानको विघटन वा विनिवेशलगायत सार्वजनिक क्षेत्रको आकार घटाउँदै गएको छ । निजी क्षेत्रलाई आर्थिक वृद्धिको मुख्य इन्जिनका रूपमा काम गर्न थप ठाउँ दिने र अङ्कुशले सार्वजनिक उद्यम सञ्चालनको आकार घटाएर, लागत बचत र राजस्व आर्जन गर्ने गरी दुई वटा मुख्य उद्देश्य पूरा गर्न यी पहल
बाँच्न पाउने अधिकार
मानिसलाई वास्तविक रूपमा मानिस भएर बाँच्न पाउने अधिकार नै मानव अधिकार हो । यसमा स्वतन्त्रता, समानता, प्रतिष्ठा र मर्यादा गाँसिएको हुन्छ । आजभोलि विश्वव्यापी रूपमा मानव अधिकारको पक्षमा लहर आएको छ । यसलाई विश्वव्यापी रूपमा नै सबैले सम्मानसमेत गर्ने गरिन्छ । नेपालले पनि संयुक्त राष्ट्रसङ्घको सदस्य भएपश्चात् मानव अधिकारको सम्मान, संरक्षण र संवर्धनमा निरन्तर अन्तर्राष्ट्रिय प्रतिबद्धता जनाउँदै आएको छ । नेपाल मानव अधिकारसम्बन्धी मुख्य दस्ताबेज एवं छ मुख्य महासन्धिलगायत २२ वटा मानव अधिकारसम्बन्धी दस्ताबेजहरूको अनुमोदन एवं सम्मेलन गरी पक्षराष्ट्र बनिसकेको अवस्था छ ।
आडम्बर प्रवृत्तिको विकल्प
इतिहासलाई नियाल्दा मान्छेकै निरन्तर श्रममा समाजको रचना भएको देखिन्छ । यसकारण मानिसद्वारा गरिने सबैखाले श्रमको उपज नै आजको विकसित र प्रविधिमैत्री समाज हो । वस्तुतः मानिस सामाजिक प्राणी हो । समग्र मानवीय क्रियाकलापको सङ्केन्द्रण नै समाज हो । समाज समग्र हो भने मान्छे अंश हो । यही अंश अंशह
सामाजिक उत्तरदायित्वको प्रकृति
वित्तीय कारोबार आफैँमा आर्थिक प्रकृतिको कारोबार हो जसमा बचत, लगानी, ब्याजदर तथा प्रतिफलका साथै वित्तीय सुरक्षालाई समेत जोडेर हेर्ने गरिन्छ तर संस्थाको स्थापना गरेपछि कारोबारको साथसाथै त्यसको सामाजिक जिम्मेवारी तथा उत्तरदायित्वको सवाल पनि जोडिने गर्दछ जुन सामाजिक उत्तरदायित्व हो । एकातिर नेपालमा सहकारी संस्थाले ठगी गर्ने र भाग्ने प्रवृत्ति बढेसँगै जनताले सहकारीमा बचत गर्ने क्रम घटेको छ भने बैङ्कहरूमा समेत यसको प्रभाव देखिन
मिडिया उद्योगको सङ्कट
प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको प्रत्याभूति संविधानले दिएको छ । संवैधानिक अधिकारको भरपूर उपयोग हुँदै नेपालमा २०४७ सालको संविधान आएपछि मिडिया उद्योग खुल्ने र वृद्धि विकास हुने क्रम जारी भयो । भारतका विभिन्न सहरबाट नेपाली भाषाका साहित्यिक पत्रपत्रिका प्रकाशित हुँदै आएका थिए । नेपाली व्यावसायिक पत्रकारिताको अभ्यास गरिरहेको सरकारी सञ्चारमाध्यम गोरखापत्रले संवत् १९५८ साल वैशाख २४ देखि प्रकाशन सुरु भएपछि नेपाली प्रिन्ट मिडियाको इतिहास निर्मा
सिसिटिभीको विस्तारले सहज
मानिस वास्तवमा कस्तो प्रकृतिका प्राणी हुन् भनी यकिन गरी भन्न कठिन छ । संसारमा भएका चेतन तथा भौतिक हरेक वस्तु जनावर र पशुपक्षी जस्ता थिए आज छन् र भोलि पनि त्यस्तै हुने छन् । यस्ता चीजको परिवर्तन निकै कम हुन्छ र परिवर्तन भए पनि त्यसका कारण सहजै पत्ता लगाउन सकिन्छ । तर मानिस छिनछिनमा रूपान्तरण हुन्छ
उपभोक्ता अधिकारको संवेदनशीलता
नेपालमा प्रत्येक वर्ष अखाद्य वस्तु बिक्री वितरण गरेको मुद्दा बढ्दै आएको छ । सरकारले चाडपर्वको समयमा मात्रै मौसमी अनुगमन गर्दा अखाद्य वस्तु बिक्री वितरणमा रोकावट आउन नसकेको उपभोक्ता बताउँछन् । काठमाडौँ उपत्यकालगायत अरू जिल्ला जिल्लामा कालोबजारी आरोपमा पक्राउ परेका व्यापारीलाई छुटाउन बजार बन्दका कार्यक्रम गर्दै आएका छन् । खाद्यान्न तथा तरकारी मूल्यवृद्धिले उपभोक्तालाई मर्का हुँदै आएको छ । देशमा निर्माण बढ्दै गएको बेला मौकामा अ
विद्यार्थीका सपनामा रूपान्तरण
माध्यमिक शिक्षा परीक्षा (एसइई) को नतिजा प्रकाशनपछि प्राविधिक शिक्षाबारे सचेतना प्रदान गर्नका लागि एउटा समूह बनाएर हामी विभिन्न ठाउँ पुग्याैँ । विद्यार्थीको पढ्ने पछिल्लो टे«न्डबारे बुझ्नका लागि केही अध्ययनसमेत गरियो । आजका विद्यार्थी के पढ्न र किन पढ्न चाहन्छन् भन्ने हाम्रो अध्ययनको उद्देश्य थियो । प्राविधिक शिक्षालयमा आबद्ध भएको हिसाबले विद्यार्थीको रोजाइ प्राविधिक विषय नै होस् भन्ने हाम्रो स्वार्थ पनि थियो । पछिल्लो समय शैक्षिक बेरोजगारको सङ्ख्या उल्लेखनीय रूपमा वृद्धि हुँदै जाँदा पनि सीपमूलक शिक्षामा आकर्षण किन कमजोर हुँदै गएको छ भन्ने कुराको तथ्यपरक नतिजा हामीलाई थाहा पाउनु थियो ।