तिम्रो माया एक कोलाज (कविता)
तिम्रो माया कहिले वसन्तमा फक्रिएको फूल जस्तो ओइलाएपछि
कौतूहलमय पदयात्रा
प्रत्येक यात्रा यौटा कौतुकमय गन्तव्यको खोजी हो । ओरालो झरेर उकालो चढेपछि देखिने दृश्यका क्षितिजहरू रहस्यका क्यानभास हुन् । अनेक रङका मिश्रित अनेक रङ हुन् । तिनै रङहरूका स्वरूप र संरचनामा संयोजित आकृतिहरू कौतुहलमय पदयात्राका प्राप्ति हुन् । यात्राका खुसी र सन्तुष्टि समग्र हुन् । तिनैमा भेटिन्छ हिँडाइपछिको हर्ष । गर्वका उचाइ धराधामहरू साक्षात् ! देखिन्छ आँखाको प्यास बुझाउने । मनको चाहना पूरा गर्ने दृश्यह
सन्न्यासी, ढोँगी र वैज्ञानिक
सन्न्यासी दुई प्रकारका हुन्छन् । समाजमा बस्ने र वनमा बस्ने । गुरुले वन पठाए वन बस्नु पर्छ । समाजमा पठाए समाजमा बस्नु पर्छ । वास्तविक सन्न्यासी बन्न धेरै त्याग र तपस्या गर्नु पर्दछ । त्यागबिनाको
प्रगतिमा महिला फुटबल
पुरुष फुटबलको चर्चाबिच नेपाली महिला फुटबल सधैँ छायामा रहने गर्दछ । फुटबललाई पुरुषको खेलका रूपमा लिने भएकाले पनि होला, महिला फुटबलको त्यति चर्चा हुँदैन तर केही वर्षयता नेपाली फुटबल समर्थकलाई राष्ट्रिय महिला
समृद्ध मधेश
मधेश मध्यदेशको सङ्क्षिप्त रूप हो । मधेश वर्तमानमा तराईको एउटा अभिन्न भूभाग हो, जसले पृथक् पहिचान बोकेको छ । यो पहिचान केवल भौगोलिक बनोटको कारणले उब्जिएको होइन । वस्तुतः कुनै स्थान वा समुदायको सांस्कृतिक पहिचान, इतिहास, जातजाति, भाषा, रहनसहन जस्ता एकभन्दा बढी तìवको संयोजन नै मधेश हो । मधेश एक बहुजातीय, बहुभाषिक र बहुधार्मिक स्थल भए पनि यसको एउटा साझा सांस्कृतिक पहिचान छ, जसको बनोट साझा मनोविज्ञानबाट बनेको छ ।
जलेको अनुहार [कथा]
“ऊ आइ डढुवा”–पसलतिर आइरहेकी आशातर्फ इङ्गीत गर्यो पसलेले । उसले टाढैबाट सुनिहाली । एकाएक छाँगाबाट खसे झैँ भई । उसको मन चुक घोप्टिए झैँ अमिलिएर आयो । मैले कसको के बिगार गरेको छु र ? बिनाकारण नै अपहेलनाको सिकार भइरहेछु । उपहासको पात्र भइरहेछु । पलपल मुटु छेड्ने व्यङ्ग्य खप्न बाध्य भइरहेछु ? ऊभित्र भीषण कोलाहल मच्चिन थाल्यो, “हे ईश्वर ! यो सहरले मलाई किन यति बिध्न बैरी सोचिरहेछ ? यो सहरलाई किन मेरो सास पनि गन्हाइरहेछ ? मेरो अनुहार जल्यो त यसमा मेरो के दोष ?”
सम्बन्ध हो सम्हाल्नलाई (कविता)
सम्बन्ध हो सम्हाल्नलाई, होइन बिगार्नलाई माया प्रीति बनेको हो, संसार सिँगार्नलाई ।।१।। माकुराको जालो जस्तै, हुन्छ जेलिएको मानिसबाटै मानिस सधैँ, हुन्छ घेरिएको । सम्बन्ध हो सपार्नलाई, होइन बिगार्नलाई
एकान्त लाग्छ काठमाडौँ (कविता)
कस्तो एकान्त सहर यो काठमाडौँ लाग्छ यहाँ न्याना हातहरू छँदै छैनन् आफन्तको आभाषसम्म नपाइने
मानस रामायणको अनुशीलन
रामायण र रामकाव्य दक्षिण एसियाकै लोकप्रिय कथाका रूपमा आदिकालदेखि वर्तमानसम्म रहँदै आएको छ । रामकथामा असङ्ख्य प्रतिभाले कलम चलाएका छन् । दक्षिण एसियाकै सबैजसो लिखित साहित्य भएका भाषामा रामगाथा र कृष्णगाथाको कुनै न कुनै रूपमा प्रवेश भएको देखिन्छ । यी दुई पात्रका स्रोतग्रन्थ रामायण र महाभारत यस क्षेत्रका लागि मात्र होइन विश्वसाहित्यकै लागि उपजीव्य काव्य पनि हुन् । नेपालमा नेपाली, मैथिली, अवधी, भोजपुरी, नेवारी, थारूलगायतका अनेक भाषामा रामगाथाका सन्दर्भहरू सुललित स्वर र शैलीमा अभिव्यक्त भएको पाइन्छ ।