चाहना मिल्छ भावना मिल्छ
तर बनेका छौँ नदीको किनारा
मलाई आशा तिम्रो तिमीलाई मेरो
तर दिन सक्दैनौँ कहिल्यै सहारा
कैयौँ हुरी खप्यौँ कति असिना पानी
जिन्दगी भोगाइको उस्तै छ कहानी
वेदना बुझ्छौँ पीडा पनि बुझ्छौँ
सक्दैनौँ पुछ्न ती आँसुको धारा
कति सपना देख्यौँ कति सपना टुट्यो
अनुभूति मिलनको खै कहाँ छुट्यो
हेराहेर हुन्छ मन खुसी हुन्छ
बुझेका छौँ व्यर्थैका हुन् यी इसारा