बाबाको स्मृति
घडीमा करिब रातको ११ बजिसकेको थियो । मधुरको मोबाइलमा घन्टी बज्यो । मधुर आफ्नो मोबाइल उठाउँदै स्नेहासँग कुरा गर्न थाल्यो । मधुर : के छ स्नेहा ?
साहित्यको सैद्धान्तिक व्याख्या
वैचारिक लेखन तथा प्राध्यापन क्षेत्रमा क्रियाशील टीकाबहादुर बस्नेतले ‘माक्र्सवाद र उत्तर आधुनिकतावाद’ मार्फत नेपाली साहित्य समाजले हाल खेपिरहेको वैचारिक रिक्तता र शून्यताको तलाउमा ढुङ्गा फ्याँकेका छन् । वैचारिक रूपमा
इच्छापत्र (कविता)
म मरेपछि मेरो लासमा पार्टीको झन्डा नओढाउनू नेपालको झन्डा ओढाइदिनू
तिम्रो झल्को आइरन्छ (कविता)
तिम्रो झल्को आइरन्छ मलाई जहिले पनि मेरो मुटुभित्र रहेकी छ्यौ तिमी अहिले पनि
सगरमाथा पदमार्गको राजधानी
संसारकै खतरनाक विमानस्थलमध्ये एक लुक्ला एयरपोर्ट दुई हजार ८४० मिटरमा अवतरण गरेका के थियौँ । पररर ताली बज्यो । सानो जहाजले सुरक्षित अवतरण भएकोमा एक प्रकारको खुसियाली र सन्तोषको ताली थियो त्यो, जहाजमा सवा
त्यो क्रान्तिको प्रतीक
गोविन्दबहादुर मल्ल गोठाले नेपाली कथा जगत्को प्रथम चरणका यशस्वी कथाकार हुन् । सुब्बा ऋद्धिबहादुर मल्लका छत्रछायामा हुर्केका उनले जीवनको प्रारम्भिक क्षणमै साहित्य सिर्जनाको अनुकूल वातावरणसित एकाकार हुने सुअवसर पाए
अभियात्रा
मानिस विद्या, ज्ञान, विवेक अनि अनुभवद्वारा खारिँदै जाने व्रmममा आफैँलाई चियाउन र आत्ममूल्याङ्कन पनि गर्न थाल्छ । ऊ वैयक्तिक जीवनमा भौतिक आवश्यकतालाई भन्दा आत्मिक आवश्यकतालाई महìव दिन थाल्छ । आत्मि
धार्मिक स्थल ढोरवराह
उत्तरगङ्गा नदीको उद्गम स्थल र ढोरवराहको थान एकै ठाउँमा रहेकाले ढोरवराहलाई उत्तरगङ्गा ढोरवराह भन्ने गरिएको हो । यहाँ रहेका सातमुले मूल, वराह मूल र अपुता मूल उत्तरगङ्गा नदीका मुहान हुन् । सुर्तिबाङ पहाडको उत्तरी मोहडाको फेदी
जातीय विभेद सामाजिक मनोविज्ञान
नेपाली समाजमा एक जातिले अर्को जातिलाई हेर्ने र बुझ्ने सामाजिक मनोविज्ञान फरक छ । शिक्षित र सचेत मानिसमा पनि जातीयताको छाप उत्तिकै बलियो छ । चेतना र बुझाइका हिसाबले अलिकति तलमाथि होला, तर जातव्यवस्थाको मनोवैज्ञानिक प्रभाव समाजमा उच्चतम छ । सामान्य काम र अवस्थामा पनि यसको प्रयोग भइरहेको हुन्छ । तहगत रूपमै एकअर्कालाई होच्याउने भइरहन्छ । यहाँसम्म कि एउटा अन्तरजातीय वैवाहिक जोडीको बिचमा झैझगडा हुँदा पनि एकले अर्कालाई जातकै आधारमा गालीगलौज गरिरहेका हुन्छन् । जातलाई नै औँला ठड्याइरहेका हुन्छन् । हरेक मानिस नाम सोध्दा थरको गहिराइसम्म पुग्न खोज्छन् । चाहे त्यो गाउँघरमा
मृत्यु ऐन (कथा)
मृत्यु ऐन श्रुति परम्परामा आधरित ऐन हो । यो लामो समयदेखि हिमवत्खण्डमा चलिआएको छ । समाजमा धेरै कानुन संहिताकरण भएसँगै यो महत्वपूर्ण कानुन पनि संहिताबद्ध गर्न थालनी गरिएको हो । भोलिको समाजले मृत्यु ऐनको लेख्य प्रमाण खोज्दा सहज र सरल रूपमा उपलब्ध होस् भन्ने लोकको चाहना अनुसार मृत्यु ऐन दस्ताबेजीकरण गरिएको हो । बाजेले भने अनुसार परापूर्वकालमा सम्पूर्ण समाज एकदम सुव्यवस्थि
पुग्नु छ मेरै धरा (कविता)
आमा यो परदेशमा अब छिटै जाने भयो प्राण नै गोली बारुदमा फसेर दुनियाँ लाने भयो प्राण नै आएँ जीवन खोज्न दूर सहरै छाडेर आफ्ना उतै कस्तो आपतमा हुल्यो नियतिले सारा लुट्यो भाग्य नै ।१। रुन्छन जो घरमा सबैजन हेरेर तस्बिरमा
नेपालको शैक्षिक इतिहास
शिक्षाबिना कुनै पनि मुलुकको भविष्य निर्माण असम्भव छ । शिक्षामा नागरिक पहुँच, गुणस्तर र व्यक्तिको अन्तरनिहित शक्तिलाई रचनात्मक सिप र ऊर्जामा परिणत गर्ने तौरतरिकामै देशको विकास निर्भर गर्छ । नेपालको शैक्षिक क्षेत्र अझै पनि समस्यामुक्त छैन । समकालीन विश्वका कतिपय मुलुकभन्दा धेरैपछि मात्र नेपालमा संस्थागत शिक्षाले जरा फैलाउन थाले पनि यसको विगत अध्ययन गर्न पर्याप्त शैक्षिक सामग्रीको अभाव थियो । यो अभाव परिपूर्ति गर्न प्राडा श्रीरामप्रसाद उपाध्यायको भर्खरै मात्र नेपालको शैक्षिक इतिहास पुस्तक सार्वजनिक भएको छ । नेपालको शैक्षिक विगत जानकारी राख्न चाहनेका निम्ति पुस्तक उपयोगी हुन सक्छ ।
अक्करमुनि चामे
झ्याप्प ! गै त गो बत्ती । चामे टेक्नु पनि अन्धकारले सर्लक्कै निल्नु बराबरी भयो । फेरि पानीका थोप्लाथोप्ली बढेर ठुल्ठुलै भए । छातै छेडूँला भएर दर्कियो झरी । खोइ, कता लाग्नु । खोइ, कता अडिनु । खोइ, कता छेकिनु । कतै क्यै नदेखेको चामेलाई मैले आँखा तिखा पारेर अँध्यारोमा छामछाम छुमछुम गरेँ । निकै गहिरेर हेरेपछि अलेली घर, खाल्टाखुल्टी, खोँच र तछारिएका भिर सामुन्निए ।
कवि कोकिल विद्यापति
मैथिली भाषाका महाकवि विद्यापतिको जन्म विक्रम संवत् १४०७ मा प्राचीन मिथिला र आधुनिक भारतको विहार प्रान्तको दरभङ्गा जिल्लाको विसफी भन्ने गाउँमा भएको थियो । विद्यापतिको अवसान भएको कार्तिक धवल (शुक्ल) त्रयोदशीको दिनलाई विद्यापति स्मृति दिवसका रूपमा मनाइने गरिन्छ । कवि कोकिल विद्यापतिलाई नेपाल र मिथिला भारतको विहार, पश्चिम बङ्गाल र अन्य क्षेत्रमा पनि राष्ट्रिय विभूतिको रूपमा सम्मान गर्ने गरिन्छ । त्यहाँ उनी धरोहरका रूपमा सम्मानित र पूज्य छन् । महाकवि विद्यापतिलाई बङ्गालीहरूले पनि आफ्नो कवि ठान्दछन् जब कि नेपाली भाषासाहित्य तथा संस्कृतिमा पनि विद्यापतिको प्रभाव परेकै हो । वि
साहित्यिक नक्षत्र युगकवि श्रेष्ठ
नेपाली भाषा साहित्यलाई समृद्धि प्रदान गरेर सफलताको चरम शिखरसम्म पु¥याउने युगकवि सिद्धिचरण श्रेष्ठ (१९६९–२०४९) नेपाली साहित्यका एक अमर विभूति हुनुहुन्छ । आफ्नो प्रखर र बहुमुखी साहित्यिक व्यक्तित्वका कारण उहाँ देशभित्र मात्र होइन, अन्तर्राष्ट्रिय नेपाली साहित्यिक क्षेत्रमा पनि एउटा सशक्त महान् प्रतिभाका रूपमा प्रतिष्ठित हुनुभएको छ ।
उदाउँदो चीन
नेपालका माओवादी चीनको हुनान प्रदेशको साओसान गाउँमा जन्मेका माओ त्सेतुङले नेतृत्व गरेको आन्दोलन र विचारबाट प्रभावित छन् । माओले अर्धऔपनिवेशिक र अर्धसामन्ती अवस्थाको चीनलाई मुक्त गर्न नयाँ जनवादी क्रान्तिको नेतृत्व गर्नुभएको थियो । गाउँबाट सहर घेर्ने रणनीति अपनाउनुभएको थियो । ठ्याक्कै यही रणनीति र कार्यनीति नेपालमा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को नेतृत्वमा पार्टीको नाम नै माओवादी राखेर २०५२ फागुन १ देखि जनयुद्ध सुरु भयो । शान्ति वार्तामा बसेपछि १० वर्ष नौ महिना पाँच दिनपछि हतियारको युद्ध समाप्त भयो । हाल माओवादी पार्टीका अध्यक्ष प्रचण्ड नेपालको प्रधानमन्त्री हुनुहुन्छ ।
संसारकै अप्ठेरो बाटो
नेपाली तेन्जिङ नोर्गे शेर्पा र न्युजिल्यान्डका सर एडमन्ड हिलारीले आरोहण सुरु गरेयता हालसम्म सात हजार ६२६ आरोहीले सगरमाथाको सफल आरोहण गरिसकेका छन् । सगरमाथाको आरोहण गर्नेमा ५१९ जना महिला रहेका छन् ।
गन्तव्य दोलखा
गौरीशङ्कर हिमालको काखमा अवस्थित दोलखा प्राकृतिक सौन्दर्यले भरिपूर्ण छ भन्दा अत्युक्ति नहोला । जताततै डाँडाहरूमा वर्षापछि उम्रेका विभिन्न प्रजातिका वनस्पति तथा रुखबिरुवाहरू, पाखाभरि लहलहाउँदो कोदाका बालाहरू, तल बेँसीमा पहेँलपुर भएको धानका बालाहरू अनि अविरल तामाकोशीमा बगिरहेको कञ्चन निलो पानी र त्यसमाथि विभिन्न चराचुरुङ्गीको चिरबिर आवाजहरूले चित्त प्रसन्न हुन्छ ।
लोकसाहित्यको सङ्ग्रहणीय कृति
काली–कर्णाली परिवेशको सिङ्गो लोकसंस्कृति र लोकसाहित्यको प्रतिविम्ब ग्रन्थभित्र पाइन्छ । तत्तत् क्षेत्रको लोकसंस्कृतिको र साहित्यको अद्यावधिक अभिलेखन पनि हो भन्ने कुरा यस ग्रन्थमा सङ्कलित, वर्णित र विवेचित विषयवस्तुबाट नै स्पष्ट हुन्छ ।
ओलाङचुङगोला उहिले र अहिले
ओलाङचुङगोलामा एउटा पुरातात्त्विक महत्वको दिकिछयोलिङ बौद्ध गुम्बा छ । यो क्षेत्र बौद्ध धर्मावलम्बीका लागि ताप्लेजुङको केन्द्रबिन्दु मानिँदै आएको छ । यस क्षेत्रको चर्चित सेनजेम्बा तालले ताप्लेजुङ जिल्लाको मात्र नभई पूरै देशको ध्यान खिचेको छ ।
विश्वसम्पदा बौद्धनाथ स्तूप
काठमाडौँ दरबार स्क्वायरबाट सात किलोमिटरको दुरीमा रहेको बौद्धनाथ स्तूप करिब १५ रोपनीमा फैलिएको छ । सय फिटको व्यास भएको गर्भगृह छ भने बौद्ध स्तूपको कुल उचाइ १४१.८ फिट रहेको तथ्याङ्कले देखाउँछ । स्तूपमा विभिन्न भागमध्ये पाँच वटा मुख्य तहलाई सृष्टिका पञ्चत्वकाे प्रतीक मानिन्छ ।
बुझेको मधेश देखेको मधेश
म र मेरो मित्र ऋतिक यादवले सर्लाही जाने कार्यक्रम बनायौँ । मित्र यादवलाई एक कार्यक्रममा सहजीकरण गर्न प्रस्ताव आएको हुँदा उहाँले मलाई पनि फुर्सद भएसम्म जाउँ हिँड्नु मधेश पनि देख्नुहुन्छ भनेर भन्नुभयो । यसो सोच्दै गर्दा म पनि घुम्न ननिस्केको र काठमाडौँबाहिर जान मन लागिरहेको थियो ।
सागर फडेराको अवसान
दिल्लीको उत्तरपट्टिको ग्रामीण भेग वजिरपुरमा सागर फडेराले एउटा कोठा भाडामा लिएको थियो । ऊ आफ्नो कोठामा खाजाका सामग्री तयार गर्थ्यो, दिन ढल्केपछि खाजा बोकी टायरको चार चक्के ठेला ठेलेर ठाउँ, ठाउँ पुग्थ्यो र सहरका चोक चोकमा चट्पटे, पोलेका हरिया मकै, साँधेको आलु जस्ता सामग्री बेची साँझमा थाकेर आफ्नो कोठा वजिरपुर फर्कन्थ्यो ।
लगानीको महामेला
अर्थतन्त्रबारे उत्साहप्रद खबर सुनिन छाडेको लामो समयको अन्तरालपछि मुलुककै लागि आशा जगाउन सक्ने एउटा महत्वपूर्ण कार्यक्रम सन्निकट छ । त्यसैले पनि हुन सक्छ, लगानीका लागि तत्पर लगानीकर्ताहरूलाई भेला गराउने उद्देश्यसहित भोलि (आइतबार) देखि दुई दिन(सोमबार) सम्म आयोजना हुने ‘तेस्रो लगानी सम्मेलन’ तर्फ धेरैको चासो र भरोसासहितको नजर सोझिएको छ । अर्थतन्त्रले सहज दिशा पहिल्याउन नसकेको पृष्ठभूमिमा आयोजना हुन लागेको सम्मेलनले मूच्र्छित आर्थिक गतिविधि चलायमान बनाउने अपेक्षा त छ नै, सँगै लगानीको उपयुक्त गन्तव्यको रूपमा मुलुकलाई चिनाउने अवसर प्राप्त हुने सरकारको विश्वास छ । विदेशी तथा स्वदेशी लगानीकर्तासहित नीति निर्माता, दातृ निकाय, कूटनीतिक नियोग र विभिन्न देशका