जैन सत्तामीमांसा र तत्त्व
एउटै पदार्थ (जस्तो माटो) ले अनेक रूप धारण गर्दछ र विभिन्न परिवर्तन हुन्छ (जस्तो– गाग्रो, हाँडी आदि) जस्तो कि छान्दोग्य उपनिषद्मा पाउने गरिन्छ, यस्ता सबै परिवर्तनका माझ माटो स्थायी रहन्छ । त्यही सत्य हो । स्वरूप र स्थितिहरूको परिवर्तन आभास मात्र हो । त्यसको प्रकृति र सत्ताको वर्णन अथवा प्रमाणित गर्न सकिँदैन । अपरिवर्तनीय पदार्थ (जस्तो– माटो) नै सत्य हो, परिवर्तनशील स्थिति मात्र इन्द्रियहरूका भ्रम हुन्, नाम रूप मात्र हो (छान्दोग्योपनिषद् ४–१); जसलाई हामी रूप, इन्द्रियगम्यता आदि भन्दछौँ, त्यसमा कुनै वास्तविक अस्तित्व हुँदैन, ती सबै परिवर्तन भइरहन्छ । मात्र आभास हो; जसका बारेमा कुनै पनि धारणा तर्कको आलोकमा
राम्री लाङ्दुक
लाङ्दुक, तिमी र म उस्तै उस्तै रूपमा ब्युँझियौँ सखारै । तिमी रातभरिको पानीले नुहाएर ताजा र जोसिली बनेकी थियौ । म अघिल्लो दिनको थकाइ तिमीलाई नै सुम्पेर हल्का र जाँगरिलो बनेको थिएँ । तिमी पानी र हिउँका भुत्लाहरूले शीतल बनेकी थियौ, म अघिल्लो साँझ भिजेका कपडाहरू पहिरेर लुगलुग काम्दै थिएँ । तिमीसँगै म उठ्दा हामी दुवैलाई उमङ्गित पारेथ्यो अपी, शैपाल र अरू धेरै हिमालका हँसिलो मुहार र त्यतैबाट आएका मगमगाउँदो हावाका झोक्काहरूले । अझ दक्षिणपूर्वकी मारुगोर हिमाल त मुसुमुुसु मुम्कुराइरहिन् हामीलाई देखेर । ‘लु...हाउ...हि...छुम्’ त्यस्तै त्यस्तै आवाज आइरहेछ छिरिङ दाइको घरमुन्तिरको बाटोबाट ।
चर्चामा ‘झोडा’
तराईलाई औलोले त्यतिबेला गाँजेको थियो । जङ्गलै जङ्गलले ढाकिएको तराईमा वन्यजन्तुको बिगबिगी नै थियो । चुरेका फेदी र तराईतिर पुस्तौँदेखि बसोबास गर्दै आएका आदिवासी जनजातिले मात्रै तराईमा सब खालका त्राही पचाएका थिए । २००७ सालको क्रान्तिले जहानिया राणा शासनको अन्त्य भयो । तथापि परिवर्तनले मुलुकमा राजनीतिक स्थिरता दिन सकेन । जननिर्वाचित सरकारलाई राजा महेन्द्रले २०१७ सालमा अपदस्थ गरिदिए । २००७ सालको क्रान्तिमा होमिएका भूपू सैनिक राजनीतिक रूपमा तितरबितर बन्न पुगे । भूमिसुधार ऐन, २०२१ लागु भएसँगै सुदूरपूर्वमा लिम्बूहरूको राजनीतिक स्वामित्वको भूमि अधिकार किपट खारेजीमा प¥यो । पञ्चायतविरुद्ध भूपू सैनिक नलागून् र किपट खारेजीविरुद्ध जनमत नभड्कियोस् भनेर त
विष्णुको पाँचौँ अवतार कपिलमुनि
हिन्दु धर्मशास्त्रमा भगवान् विष्णुका धेरै अवतार भएको कुरा उल्लेख गरिएको छ । तीमध्ये दस वटा अवतारलाई मात्र अत्यन्तै महत्व दिएर प्रचार गरिराखिएको छ । भगवान् विष्णुका २४ वटा अवतारका बारेमा भने धेरै मानिसलाई ज्ञात नभएको हुनसक्छ । यसको मुख्य कारण यस विषयमा त्यति प्रचारप्रसार नभइरहेकाले पनि हो भन्न सकिन्छ । भगवान् विष्णुले सृष्टिको सुरुवातदेखि नै लोककल्याणका लागि विभिन्न कालखण्डमा विभिन्न किसिमका अवतार लिनुभएको कुरा शास्त्रमा वर्णन गरिएको छ । भगवान् विष्णुका २४ अवता
मष्टादेवका धामी चलेपछि
कसैले “तिमी ईश्वर मान्छौ ?” भन्ने प्रश्न गरेमा मेरो जवाफ हुन्छ, “म ईश्वर मान्छु । म ईश्वर मान्दिनँ ।” मन्दिरहरू पुग्छु, पूजापाठ गर्छु, जपतप गर्छु, मानिआएको हिन्दु परम्पराको पालना गर्छु । त्यो पनि श्रद्धापूर्वक । आफ्नो लागिभन्दा पनि समाजको लागि, अझ भनाँै परिवार वा आफन्तका लागि यी सबै कुरा गर्दा रमाइलो लाग्छ । यसैबिच बझाङ आइपुगेपछि स्थानीय तहको नाम कण्ठ पार्दै गर्दा एउटा नाममा गएर अड्किएँ– मष्टा गाउँपालिका । नाम नै मष्टा भइसकेपछि मष्टादेवको मन्दिर त पक्कै होला भन्ने पनि लाग्यो । मोही पारिसकेपछि नौनीको धूप हाल्ने परम्पराबाट हुर्किएको हुँदा ‘बाह्रमष्टा’ भन्ने नाम कण्ठै थियो । कुलदेवताको रूपमा पूजिआएको देवताको नाम भुल्ने कुरा पनि भएन । ढँडार मष्टाको मन्दिर छ भन्ने थाहा पाएपछि मन अडिएन । माघ १३ को दिन मष्टादेवताको मन्दिरमा पुग्ने लक्ष्यले उकालो लागियो ।
रोसी सभ्यता र संस्कृति
ललितपुर जिल्लामा फूलचोकी अवस्थित छिन् । फूलचोकीको दायाँबाट लीलावती, बायाँबाट गोदावरी बग्छिन् । लीलावती भूमिडाँडा र्यालेबाट उद्गमित छिन् । खोपासीका विद्वान् विश्वनाथ उलकले लीलावतीको सन्दर्भसँग जोडिएको एउटा चर्चित किंवदन्ती व्यक्त गर्नुभएको छ । उहाँका अनुसार नेपालको पौराणिक कालखण्डमा फूलचोकी माईसमक्ष पनौती र पाटनका राजाहरू पानी माग्न गएछन् । फूलचोकी देवीले आफूलाई राम्रा राम्रा सुन चाँदीका गरगहना दिनेलाई खोलाको पानी छो
सुन्दर गाउँ प्राप्चा (कविता)
घुर्मीको बजार सुनकोशी पारी मानेभन्ज्याङ काटेर, ओखलढुङ्गा रामपुर पारी मोलुङ तरेर, ए जाउँ न घुम्न जाउँ, संसारमै सुन्दर छ हाम्रै प्राप्चा गाउँ ।
चरि (कविता)
आँगनीमा आउँछ चरि अनेक गीत गाउँदै हामीसँग मधुर भावमा माया प्रिति लाउँदै
खुत्रुके यात्रा (कथा)
निकट अतीतको कुरो थिएन यो । तीन वा साढे तीन दशकअघिको हो यो कुरो । त्यति बेला उसका बाउले एउटा चिया पसल चलाउँथे । आमा घरकाजमा व्यस्त । घराँ एउटा भैँसी पनि पालेका थिए । आमा त्यसको स्याहारसुसारमा व्यस्त रहन्थिन् । सहर पैलिसकेको थिएन । उनीहरू जुन सहरमा बसोबास गर्थे त्यसको छेउछाउ घना जङ्गल थियो र रुखहरूमा हरियो रङ पोतेको टिनको पातोमा ‘नेपालको धन हरियो वन’ भन्ने लेखिएको हुन्थ्यो । एक पटक उसका बाउले लडापडा रुखबाट दाउरा काटेर ल्याउन बन्चरो बोकेर वन पसे । सुकेर ढलेका रुखबाट बन्चरोले दाउराका चपेरा चिर्दै थिए चिनेको वनपाले कताबाट फुत्त देखा प¥यो र बाउलाई समात्यो ।