मुकाम (कविता )
खोयाको घर जस्तै मान्छेको सपना क्रमशः चुलिन्छ मक्ख पर्छ पूरा भएपछि रहरको दस्तावेज फेरि पलाउँछ दूबो झैं अर्को सपना
नेपाल–अङ्ग्रेज युद्धको बखान
युद्ध चलिरहेको समयमा केही नियम हुन्छन् वा बनाइन्छन् । युद्ध कुन विषयबाट र कसरी सुरु हुन्छ भन्ने विषयको अनुमान पहिल्यै नभए जस्तै अन्तिम समयसम्ममा कति क्षति हुन्छ भन्ने यकिन गर्न गाह्रो हुन्छ । अक्टरलोनीले हेटौँडामा चन्द्रशेखरलाई भने जस्तै आज के कुरा मान्न सकिन्छ, भोलिको दिनमा त्यो मान्न नसक्ने अवस्था आउन सक्छ । युद्धको समयमा हरेक समय र रणनीति महìवपूर्ण हुन्छ र जित्नकै लागि लडाइँ लडिन्छ । खोजपत्रकार मोहन मैनालीको लेखनमा प्रकाशित पुस्तक ‘मुकाम रणमैदान’ मा नेपाल अङ्ग्रेज युद्धकै बखान गरिएको छ । यस पुस्तकमा नालापानीबाट १८७१ साल कात्तिक १० गते सुरु भ
अविस्मरणीय भ्रमण
भाषा, साहित्य र संस्कृति मानव जीवनको सबैभन्दा उत्कृष्ट एवं सुन्दर पक्ष हुन् । मानव जीवनको पहिचान, चेतना, छवि, मूल्यमान्यता, विचार, दृष्टिकोण र सामाजिक दर्शनसहित एक प्रकारको ऐना जस्तै हुन् । भाषा र साहित्य ज्ञानको स्रोत हो भने संसारलाई जोड्ने दक्ष इन्जिनियर पनि हुन् । कला, साहित्य, संस्कृति, भाषा, शिक्षा, श्रमको अथक परिश्रम, त्याग र बलिदानले रङ्गीन रङहरूबाट रङ्गिएर जीवन्त राखिएको हुन्छ । यसलाई जीवित राख्नु प्रत्येक मानव जातिको मुख्य कर्तव्य र दायित्व हो । यसलाई सामाजिक विकासको पहिलो पाइला पनि भन्न सकिन्छ । सामाजिक एकता र राष्ट्र निर्माणका लागि सामाजिक सद्भावसहित उत्तम कलात्मक विज्ञान पनि हो । त्यसैले भाषा, संस्कृति र साहित्यलाई सामाजिक ज्ञानको सर्वोच्च कमान्डर पनि भन्न सकिन्छ । बङ्गलादेशमा राखिएको त्रिदेशीय यस्तो उत्कृष्ट र ज्ञानबर्धक कार्यक्रममा सह
सोलढुङ्गा (लघुकथा)
तल खोला बगिरहेको थियो । दुमालीछालाई आफ्नो घर गोठ पहिरोले लाने हो कि ? सधैँ त्रास मनमा थियो । कहिलेकाहीँ पहिरो हेरेर आफैँ तर्सन्थ्यो । बेहोस भएको अनुभव गथ्र्यो । वारिपारि ठुला भिरपहरा देखेर बेचैन हुन्थ्यो । आफ्नो प्राणभन्दा प्यारो छोराछोरीलाई केही नहोस् भनेर माटोलाई ढोग्दै अनुनय गथ्र्यो । प्रायः सधैँ घरको आँगनमा निस्केर माथि देखिने अग्लो पहाडलाई हेर्दै निरस हुन्थ्यो । वर्षायाममा झन् उसले त्रासमा दिनरात काट्थ्यो । अनि ! दोवां नोक्छौँसँग याचना गथ्र्याे । याचना गरेको पल आत्मा शान्त हुन्थ्यो । विश्वासले मनको त्रास भागेको हुन्थ्यो । जब आकाशमा कालो बादल मडारिएर आउँथ्यो । पानी झर्ला जस्तो हुन्थ्यो । आफ्नो घर पहिरोले बगाएर लाने हो कि ? भयले आक्रान्त हुन्थ्यो । वर्षौदेखि दुमालिछाको जीवन यसरी नै बित्दै गयो । समयहरू फेरिँदै आयो ।
पुरस्कार (लघुकथा)
“सर, नमस्कार । हाम्रो पब्लिकेसनको वार्षिकोत्सवमा मैले उत्कृष्ट रिपोर्टरको पुरस्कार पाएँ । हजुरले हिमाली जिल्लाहरूको समाचार, अन्तर्वार्ता र विविध लेखरचना तयार पार्न मलाई धेरै सहयोग गर्नुभयो । कहिले झर्नुहुन्छ त तलतिर ? आउँदा भेट्नुहोला है” फेसबुक म्यासेन्जरमा पत्रकार बहिनीको म्यासेज आयो । “ल बधाई छ नानी, म धेरै खुसी छु” मैले जवाफ पठाएँँ । हिउँ पर्न थालेपछि तल अर्थात् छिमेकी जिल्ला झरियो र उनलाई भेटियो । उनले क्याफेमा गएर कुरा गर्न खोजिन । गाह्रो मानी मानी म उनीसँगै गएँ । “सर, तपाईं त इन्जिनियर भएर पनि साहित्य र पत्रकारितामा यति राम्रो दखल राख्नुहँुदो रहेछ । अरू जिल्लामा पनि यो काम गर्नुभएको थियो ?” उनले जिज्ञासा राखिन् । “हो, मैले ताप्लेजुङदेखि दर्चुलासम्मका नौ जिल्लामा यस्तो काम गरिसकेको छु
मैनाली र कथा दिवस
आज देवीरमणको गति त्यस बालक छात्रको जस्तो थियो, जो पहिलो दिनको पाठ बिर्सेर अबेला गुरुकहाँ पुग्दछ अर्थात् कथाकार गुरुप्रसाद मैनालीका यी सुन्दर अभिव्यक्ति ८६ वर्षअघि नासो कथाको माध्यमद्वारा नेपाली साहित्य समाजका पाठकसामु सार्वजनिक भएको हो । ऐतिहासिक साहित्यिक पत्रिका शारदामा संवत् १९९२ सालमा ‘नासो’ शीर्षकको कथा प्रकाशित भएपछि मैनालीको साहित्ययात्रा प्रारम्भ भएको थियो । उनले जीवनमा थोरै मात्र कथा लेखे तर ती सबैले उत्कृष्टताको मापन कायम गरे । उनका सबै कथा–सिर्जनाले उच्चताको शिखर चुमेका छन् । कुनै पनि विषयवस्तुमा कथा सिर्जना गर्नुपूर्व कथानक घटनाको क
मित्रताले बाँधेको कलाको गाँठो
गत महिना नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठान गुल्जार थियो । नेपाली र युरोपेली मुलुक जर्मनीका कलाकारका कलाले प्रतिष्ठानको ग्यालरी पुग्ने दर्शकलाई आफूतर्फ आकर्षित गरिरहेको थियो । कला कार्यशालामा सृजित कला र कलाकारको स्टुडियोमा गरिएका कलासमेत गरेर ग्यालरीका सम्पूर्ण भित्ता सिँगारिएका थिए । नेपाल र जर्मनीका नागरिकबिचको मित्रतालाई सो कार्यशालाले अझ प्रगाढ बनाउन खोजिरहेको थियो । गत माघ २२ गते अन्तर्राष्ट्रिय कला कार्यशाला सम्पन्न भयो । सो कार्यशालामा नेपालका प्रतिष्ठित साथै उदयीमान कलाकारहरू र जर्मनीका आठ जना ख्यातिप्राप्त कलाकार गरी ४० जनाको सहभागिता थियो । कार्यशालालाई नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानले आयोजना र व्यवस्थापन गरेको थियो ।
रङको पर्व होली
सद्भाव, सौन्दर्य र रस रङ्गको रङ्गीन पर्व, जातिपाति, छुवाछुत, सानो, ठुलो, धनी र गरिबको भेदभावलाई भुलेर एउटै रङ्गमा रङ्गिने फागु पर्व नवचेतना, समता र सद्भावको प्राकृतिक स्रोत हो । प्राकृतिक सौन्दर्य र रस रङ्गको उमङ्गले सबैलाई तरङ्गित तुल्याउने फागु आनन्द र उल्लासको रङ्गीचङ्गी चाड हो । १५ दिने परिक्रमाका श्रद्धालुले कञ्चन वनमा रङ्ग, अबिर खेलेसँगै फागुको रौनकताको थालनी हुन्छ । त्रेतायुगमा भगवान् राम र सीताले कञ्चन वनमा रङ्ग अबिर खेलेको मान्यता अनुरूप परिक्रमाका श्रद्धालुले फागुको थालनी गर्ने परम्परा रहेको छ ।
उपत्यकामा होली पर्वको बेग्लै रौनक
गद्दी बैठकको दक्षिणतर्फ वसन्तपुरमा तीन छत्रे होलीको चीर ठड्याइएपछि काठमाडौं उपत्यकामा होली पर्व प्रारम्भ हुन्छ । गत आइतबार बिहान ७ बजेर ४७ मिनेटको शुभ साइतमा चीर ठड्याइएको थियो । फागुन शुक्ल अष्टमीका दिन रङ्गीचङ्गी ध्वजापताका झुन्ड्याइएको बाँसको तीनतले चीर ठड्याइएसँगै होली पर्व सुरु हुन्छ ।