जबाफदेही शासनतर्फको पाइला
हिजो एकात्मक शासन व्यवस्था थियो, राजा थिए । आज राजाको ठाउँमा राष्ट्रपति छन् । राजा परम्परागत भए । त्यसमा पनि शासन व्यवस्था एउटै परिवारमा भयो । एउटै वंशले देश चलाउने भए । बाउ मरेपछि छोरा, त्यसपछि नाति, पनातिले देश चलाउने भए तर शासन भनेको जनताबाट निर्वाचित प्रतिनिधिले गर्नु पर्छ । किनभने जनताबाट निर्वाचित प्रतिनिधिमा जवाफदेहिता हुन्छ । जनताले नै मतदान गरेर सत्तामा पठाउने र जनताको पक्षमा काम गरे भने फेरि निर्वाचित गरेर पठाउने नभए पराजित गर्ने
समुन्नत भविष्यको यात्रा
प्रथम जननिर्वाचित प्रधानमन्त्री एवं जननायक बिपी कोइरालाले भन्नुभएको छ, “देश भन्नुहोस् वा राष्ट्र, त्यो भूगोल होइन, त्यो यथार्थमा जनता हो । राष्ट्रियता माटो होइन, जनताको सामूहिक भावना र विचार हो ।” पञ्चायतकालीन निरङ्कुशताभित्र प्रजातन्त्रको उज्यालो खोज्न निरन्तर सङ्घर्षमा होमिनुभएका बिपी कोइरालाको भनाइ सङ्घीय लोकतान्त्रिक गणतन्त्र स्थापनाको १६ वर्ष प्रवेशको पूर्वस
गणतन्त्रका प्रतीक
स्मारकसँगै आकर्षक बगैँचासमेत निर्माण गरिएको छ । दिनभरिको व्यस्तताबाट एकछिन भए पनि छुटकारा पाउन तथा शान्त वातावरण रुचाउनेहरूका लागि यो स्मारक क्षेत्र एउटा नयाँ गन्तव्य हुने विश्वाससमेत गरिएको छ । अपाङ्गतामैत्री रहेको यो स्मारक परिसरमा फोहरा तथा विशेष बत्तीको समेत व्यवस्था गरिएको छ । २०७२ मङ्सिर २१ गते सकिने गरी २०६९ चैतदेखि यो स्मारकको निर्माण कार्य सुरु भएको थियो । तोकिएभन्दा झन्डै चार वर्ष ढिलो गरी यो स्मारकको निर्माण सम्पन्न भएको थियो । ४२ करोड रुपियाँको लागतमा निर्माण भएको यो स्मारक निर्माणको जिम्मा बिकोई–स्काई–बङ्गलामुखी (जेभी) निर्माण कम्पनीले पाएको थियो । यो स्मारक निर्माणका लागि सुरुमा नारायणहिटी दरबारको ८२ रोपनी जग्गा उपलब्ध गराउने निर्णय भएको थियो तर सुरक्षा संवेदनशीलताका कारण ३५ रोपनी जग्गामा निर्माण भएको छ । यो संरचनालाई अन्तर्राष्ट्रिय स्तरको बनाउन तथा स्वदेशी, विदेशी पर्यटक तथा विदेशी पाहुनाका लागि पनि अवलोकनयोग्य बनाउनुपर्ने सुझाव सहरी विकास तथा भवन निर्माण विभागको छ । तत्कालीन राष्ट्रपति विद्यादेवी भण्डारीले गणतन्त्र दिवसको अवसरमा २०७६ जेठ १५ गते यो स्मारकको उद्घाटन गर्नुभएको थियो । उद्घाटनसँगै सर्वसाधारणका लागि यो
महिला सशक्तीकरणमा छलाङ
२००७ सालको प्रजातन्त्र प्राप्तिपछि विभिन्न समयमा भएका राजनीतिक आन्दोलनमा नेपाली महिलाको सक्रियता परिवर्तनशील रह्यो । विशेष गरी २०३६, २०४६ र २०६२/६३ को आन्दोलनमा महिलाको योगदान क्रमशः बढ्दै गयो । अन्तर्राष्ट्रिय रूपमा हेर्ने हो भने महिलाले आफ्नो आर्थिक, राजनीतिक अधिकार सुनिश्चितताका लागि एक शताब्दीदेखि सङ्घर्ष गर्दै आएका छन् । नेपाली महिला सामाजिक रूपान्तरणमा तुलनात्मक रूपमा कमजोर देखिएका छन् तर गणतन्त्रपछिको दशकमा भने आफ्नो अधिकार प्राप्तिको यात्रामा तीव्र आगाडि बढेका छन् । अमेरिकामा भन्दा अगाडि मताधिकार पाएको नेपाली महिलाले आफ्नै मतको साथमा नेतृत्व सम्हाल्ने उच्च अवसर गणतन्त्रकै कारण महसुस गर्न पाएका छन् । राज्यका सबै तहमा ३३ प्रतिशत सहभा
लोकतान्त्रिक चरित्रका कानुन
राज्य सञ्चालनमा लोकतान्त्रिक शासन व्यवस्था र शक्ति पृथकीकरण अभिन्न अङ्ग हुन् । शक्ति पृथकीकरण सुविधा सन्तुलन मात्र होइन, लोकतान्त्रिक व्यवस्थाको सुशासनको प्रतीक पनि हो । गणतन्त्र–लोकतन्त्रको अर्को अनिवार्य सर्त कानुनको शासन हो । शासक र शासित दुवै कानुनको दायरामा हुनु पर्छ । कानुनी रूपमा समानता र हरेक नागरिकको संरक्षण शासन व्यवस्थाको न्यूनतम सर्त हो । मौलिक अधिकारको संरक्षण, वैयक्तिक स्वतन्त्रताको सुनिश्चितता लोकतान्त्रिक
सुन्दर पक्ष : समावेशी
समावेशीकरण सिद्धान्तले सामाजिक न्यायको वकालत गर्छ । पछि परेका वा पछाडि पारिएका वर्ग, समुदाय, क्षेत्र, लिङ्गलाई राज्यका सबै अङ्ग तथा स्थानसम्म पु-याउन निश्चित अवधिसम्म आरक्षण तथा विशेषाधिकारसहितको व्यवस्था गर्नु पर्छ भन्ने कुरालाई यस सिद्धान्तले आत्मसात् गरेको हुन्छ । लोकसेवा आयोगका पूर्वअध्यक्ष उमेश मैनालीका अनुसार यही अवधारणा अनुसार लोकसेवा आयोगले काम गर्दा नेपालको निजामती सेवामा प्रवेशका लागि पछाडि परेका, सीमान्तकृत समुदाय, वर्ग तथा क्षेत्रका व्यक्तिलाई सहज भएको छ र समावेशीको ढोका प्रयोग गरेर अहिले सयौँ व्यक्ति मूलप्रवाहमा आउन सफल भएका छन् ।
इतिहासकै महान् घटना
गणतन्त्रको स्थापना नेपाली इतिहासको महान् घटना हो । त्यसअघि कायम रहेको अढाई सय वर्षदेखिको केन्द्रीकृत राजतन्त्र नेपाली जनताका अधिकार कुण्ठित गर्ने र नेपालको आर्थिक विकासको मार्गको अवरोध गर्ने मुख्य संस्थाको रूपमा थियो । २० औँ शताब्दीदेखि सुरु भएको नेपालको लोकतन्त्रको आन्दोलनको मुख्य निशाना व्यक्त अव्यक्त रूपमा
सङ्घीयता अध्ययनका लागि आयोग गठनको बहस
सरकारले गत चैत्र २३ गते सार्वजनिक गरेको सरकारको न्यूनतम साझा कार्यक्रममा सङ्घीय संरचनालाई चुस्त बनाउन उच्चस्तरीय आयोग बनाउने बताएको छ ।
अमेरिका जान अस्वीकार गर्नुहुने सक्कली भुटानी शरणार्थी : डम्बरकुमारी
हातमा एउटा लौरो, पछाडिपट्टि हातले बुनेको एउटा झोला, निधारमा चन्दनको टिका र एउटा हरे राम लेखिएको साना गाम्चा लगाएर यताउता हिँडडुल गर्दैमा उहाँको दिन बित्छ । उहाँ हुनुहुन्छ, सक्कली भुटानी शरणार्थी महिला डम्बरकुमारी काफ्ले । अहिले नक्कली भुटानी बनेर विदेश जान खोजेको र करोडौँको चलखेल भइरहेको विषय उहाँलाई जानकारी छैन ।
श्रमजीवी पत्रकारले उचित पारिश्रमिक पाउनुपर्छ : मन्त्री शर्मा
सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले श्रमजीवी पत्रकारहरूले बाँच्नेगरी पारिश्रमिक पाउनुपर्नेमा सरकार सकारात्मक रहेको बताउनुभएको छ ।
सुनको कारोबार
पहेँलो धातु सुनको मूल्य विश्व बजारमा बढेको बढ्यै छ । अन्तर्राष्ट्रिय बजारमा दिनप्रतिदिन खपत बढ्दै जानु र लगानीको सुरक्षित क्षेत्र हुनुले पनि सुनको मूल्य निरन्तर बढ्दै गएको हो । सुनको व्यापार ‘मिडियम अफ एक्स्चेन्ज’का रूपमा पनि रहेको छ । हाम्रो समाजमा यो धातु सांस्कृतिक रूपले अति आवश्यक हुनुको साथै विलासिता र देखासिकीको रूपमा समेत प्रयोग हुँदै आएको छ । सामाजिक र धार्मिक परम्परासँग सुनको सम्बन्ध गाँसिदा पनि यसको प्रयोग बढेको हो । इज्जत तथा प्रतिष्ठा ब
उदासीनताको लामो लर्को
कसैले उसलाई भनेको छ, ‘अब अनुकूल भए मात्र भेट्ने, हाम्रा लागि सीमित कुरा गर्ने ठाउँ त छैन ।’ सोच्छ, हो कि क्या हो ? दायाँबायाँ हेर्छ पनि । हुल–भिड–कोलाहल–कर्कश ध्वनि–अनेक मान्छेहरू... ! यस्तैयस्तै अनेक रूपहरू उसका अगाडि उभिन्छन् कहिले त, कहिले एउटा लामो लर्को बनेर जान्छन् । यी सबैमा आफूलाई छाम्छ– ओह, कति एक्लो ! कति दुख्दो ! कुनै काव्यिक उपमा छैन, हाललाई । ऊ टाउको निहुराएर हुलसँगै एक्लै भए पनि बग्दै–बग्दै जान्छ, कता–कता, कहाँ–कहाँ...!
स्वदेश (कविता)
हृदयको अँगेनाभरि बलिरहेछ चाहनाको आगो उठिरहेछ वेदनाको मुस्लो
गजल
डराएर हुन्न खोली छेउ पुग्दा आत्तिएर हुन्न गोली छेउ पुग्दा । बेहुला त बन्यौ यही महिनामा, लजाएर हुन्न डोली छेउ पुग्दा ।
पिरामिडको देशमा बाह्रदिने यात्रा
यात्राको निबन्धात्मक प्रस्तुतिका रूपमा परिभाषित नियात्रा साहित्य वर्तमान समयको लोकप्रिय साहित्यिक विधा बनेको छ । नियात्राले यात्रामार्ग र गन्तव्यको भूगोल, राजनीति, संस्कृति, इतिहास, परम्परा, जन–जीवनका विविध आयाम र प्राकृतिक वातावरण आदिलाई कुनै न कुनै कोणबाट समेटेको हुन्छ । नियात्रामा साहित्यका अन्य विधाका अंशहरू, प्रामाणिक तथ्यहरूका साथै व्यक्तिका महìवपूर्ण भनाइसमेत उल्लेख गरिने भएकाले यो विधा रोचक, जानकारीमूलक र अन्य विधाले भन्दा व्यापक क्षेत्र समेट्ने विधा बनेको छ
देवता बस्ने सहरको कथा
“साँघुरो गल्लीमा मेरो चोक छ यहाँ के छैन सब थोक छ असङ्ख्य रोग छ अनन्त भोक छ असीम शोक छ केवल हर्ष छैन
हुड्कोमै रमाएको जीवन
हुड्को र दमाहा बजाउँदै छलिया नाचमा टाउकोमा चिया पकाउने कलाका धनी बैतडीका मनोहरराम दमाई (मनोहर परियार) सुदूरपश्चिमका अग्रज छलिया कलाकार हुनुहुन्छ । हुड्को र दमाहासहित छलिया नृत्यमा टाउकोमा आगो बालेर कित्लीमा चिया पकाउँदै नाच्ने अद्भुत कला छ उहाँसँग । उहाँले विभिन्न कार्यक्रममा यो कला प्रस्तुत गरेर पुरस्कार र सम्मान पाइसक्नुभएको छ । मनोहरले यो कला नेपालमा मात्रै होइन, भारतको कुमाउ, गढवालमा समेत धेरै चोटि प्रदर्शन गरिसक्नुभएको छ । बैतडीको मेलौली नगरपालिका–१, मेलौलीमा २०१२ सालमा जन्मनुभएका मनोहर हुड्को, भडाः (वीरगाथा) र छलिया विज्ञ हुनुहुन्छ ।
बैँस नआएका लालीगुराँस
चैत, वैशाख र जेठ महिनामा लालीगुराँस ढकमक्क फुलेर वनपाखा राताम्मे हुन्छन् तर यसपालि कतिपय ठाउँमा लालीगुराँसका बोट त देखिन्छन् तर फुलेका छैनन् । ढकमक्क फुल्ने लालीगुराँसलाई यस पालि किन बैँस नआएको होला ? पाथीभरा जाने पदमार्ग दायाँबायाँ गुराँसका झाङ छन् तर गुराँसका झाङ हु
रङ्गमञ्चमा ‘मृत्यु कुण्ड’ र ‘चे इज ब्याक’
आफ्नो देश छाडेर कसैलाई पनि विदेशिने रहर हुँदैन तर नाटक ‘मृत्यु कुण्ड’ आफ्नै देशमा बसेर काम गर्ने सपनालाई चकनाचुर पारेर विदेश पलायन हुने युवाको कथा हो । काठमाडौँबाट उड्न लागेको जहाजभित्र विमान परिचारिकाले त्यहाँभित्रका नियम उद्घोष गरेसँगै विमानले उडान भर्न थाल्छ । विमानमा रहेका नेपाली युवा वैदेशिक रोजगारीमा जाँदै छन् । साथै कोही पढ्नका लागि अस्ट्रेलिया जाँदै छन् । यसरी विदेशिनु युवाका आ–आफ्नै कारण र बाध्यता छन् ।
पटखौलीको सतियामाई मन्दिर (फोटो फिचर)
रुपन्देहीको पटखौली गाउँपालिका वडा नम्बर ८ गौरी गाउँमा अवस्थित सतियामाई मन्दिर दर्शनार्थीहरुका लागि प्रख्यात मध्ये एक हो ।
विमानको पर्खाइमा विमानस्थल
हवाई यातायात नेपाललाई विश्वका मुलुकसँग जोड्ने एक भरपर्दाे र प्रभावकारी माध्यम हो । विश्वसँग मात्र होइन, आन्तरिक सम्पर्कमा पनि यसको महत्व धेरै छ । सर्वसाधारणको पहुँच पनि यो यातायातमा बढ्दै छ । पर्यटन उद्योग तथा अर्थ व्यवस्थाको विकास र विस्तारमा पनि यसले महìवपूर्ण योगदान दिँदै आएको छ ।
फिलिङ्गो
ऊ घरभित्र आफ्ना बाआमालाई सम्झाउँदै थियो । बाहिरबाट होहल्ला गरेको सुनियो । उसले मनमनै सोच्यो, “अब छिमेकीलाई पनि सम्झाउनुपर्ने होला ।” उसले झ्यालबाट बाहिर चियायो । मूलगेट बाहिर छिमेकीको भिड जम्मा भइसकेको थियो । कसैले भनेको सुनियो, ‘हाम्रो टोलछिमेकमा यस्तो चाहिँ हुन्न दिन्नौँ है ।’ के हुन दिन्नौँ भनेको हो, त्यो बु
गाउँ भए पो सहर (कविता)
सहरहरू एकतमासका पट्यारलाग्दा हुन्छन् त्यहाँ न कोइली बास्छे न जुरेली नाच्छे न उन्यु फुल्छ
म अनुत्तीर्ण भएँ (कविता)
नबुझेको, नजानेको अहिले पनि लाग्दैन, बुझेको हैसियत रहेन कुनै सबुत प्रमाण छैन आफ्नो छाती चिर्नु बाहेक !