• ८ मंसिर २०८१, शनिबार

मुक्तक

blog

दुःख सुख एकैसाथ अट्ने मानो र पाथी हुन्छ र

एउटै  कित्तामा  उभिने  दुश्मन र साथी हुन्छ र

बुझ्न नसकेको  कुरा आफै बुझाइ देऊ हे दैव

मान्छेको भाग्य न हो कतै तल र माथि हुन्छ र ?              


मनभित्र असङ्ख्य शङ्कैशङ्काको बीउ उमार्ने रहेछ

त्यसकै बलमा राम्रो रहेको सम्बन्ध बिगार्ने रहेछ

नैतिकताको कुरा गर्दै हिंड्नेको बुद्धि त हेर्नुस्

घर खरानी बनाएर बारीको लसुन सपार्ने रहेछ ।।

               

पटकपटक जिउ जिउ हजुर गर्न असमर्थ छु

दम्भले भरिपूर्ण भएको पिलो निचोर्न असमर्थ छु

न सक्छु चटक्कै बिर्सन सकिन सम्हाल्न पनि 

बाध्य नबनाउँ बिन्ती सिउँदो भर्न असमर्थ छु ।


मनभित्रको कुरा सुनाउन खोज्यो झर्कंदा रहेछन्

अझ झन् आलो घाउमा नुनचुक छर्कंदा रहेछन्

बिश्वासको मिठो तलाउमा ढुङ्गा खसाल्नेहरूले

कागती नै सम्झेर मिठो विश्वास निचर्दा रहेछन् ।