गीत
चोट यो खुकुरीको अचानोलाई थाहा हुन्छ गहबाट आँसु चुन्छ धरधरी यो मन रुन्छ । मायाको जलायौ दियो सँगै बाँच्ने वाचा थियो वाचा कसम भुलेर निभायौ किन दियो पीडा यो गोलीको छातीलाई थाहा हुन्छ
काँक्रेविहारमा सयर
निर्दयी चिसोले गलेर पिन्चे रोदनका आँसु बगाएर बसेको सुर्खेत उपत्यका कुहिरो हटेर भर्खरै न्यानो घाममा तङ्ग्रिएको छ । पश्चिमी हावाको चिसोले पनि हदैसम्म हिर्काउँछ । मेरो शरीर लुगलुग कामिरहेको छ । ज्ञानको भर्भराउँदो बत्तीको प्रतीक काँक्रेविहारको गरिमामय चहक दृश्यावलोकनको भोकले मलाई आतुर बनाइरहेको छ । त्यही भोक तुर्ने काँक्रे बिहार सयरको तारतम्य २०७४ साल पुस २ गते दिउँसो २ः४५ बजेको प्रहरमा जुरेको थियो । सम्भव भएसम्मको न्यानो कपडामा बेरिएर वीरेन्द्रनगरको केन्द्रबिन्दु मङ्गलगढी चोकमा टुप्लुक्क पुग्छु । ऐतिहासिक महिमा बोकेको सुर्खेतको प्राचीन सम्पदास्थल काँक्रे बिहारमा पुग्दा चञ्चल मनलाई बिहारको चुम्बकीय आकर्षणले स्थिर बनाउँछ । बुलबुले तालको महìव, लाटीकोइली गाउँको ऐतिहासिक विरासत, इत्राम खोलाको रहस्य र देउती बजै मन्दिर दर्शनको रहर हृदयमा अङ्कुराएर झाङ्गिन्छ ।
रगतको नातासँग बिछोडिएकाहरू
नेपाली साहित्यको क्षेत्रमा लक्ष्मी श्रेष्ठ अपरिचित नाम होइन । कविता, संस्मरण आदि विधामा कलम चलाउँदै आउनु भएकी उहाँको वि.सं. २०१७ मा ‘सुन्दरीजल’ र वि.सं. २०२० मा ‘तिम्रो सम्झनामा’ शीर्षकको कविता सङ्ग्रह प्रकाशित छन् । यसपछि वि.सं. २०२१ मा अर्को संस्मरणात्मक कृति ‘न्युयोर्क कोरोना डायरी’ को प्रकाशनपछि उहाँ वि.सं. २०७९ (सन् २०२२) मा आफ्नो चौथो तर पहिलो कथाकृति ‘खुला जेल’ मार्पmत नेपाली कथा साहित्यको क्षेत्रमा देखा पर्नुभएको छ । अत्यन्त व्यस्त जीवनबाट अलिकति समय निकालेर भए पनि नेपाली साहित्यको क्षेत्रमा केही गरौँ भन्ने हुटहुटीले प्रेरित भएर लाग्–छाड् लाग्–छाड् किसिमले नै भए पनि कलम चलाउँदै आउनु भएकी उहाँका केही गीत पनि युट्युबमा प्रसारित छन् ।
डोय राज्यको जनभाषा
सबभन्दा पहिले गणतन्त्रको स्थापना वैशालीमा भएको थियो । संसारको प्रजातान्त्रिक व्यवस्थाका लागि बज्जि गणराज्य धेरै नाम चलेको थियो । केही मानिसका भनाइमा इक्ष्वाकु वंशका नौ जना राजाले शासन गरेको र तिनीहरूकै नाममा यसको नाम विशालपुरी वा विशालगढ अर्थात् वैशाली भनिएको हो ।
सहस्राब्दी पदमार्गको फेरो
प्रविधिको व्यापकता र व्यस्त जीवनशैलीका कारण प्राकृतिक वातावरणबाट हामी टाढा हुँदै गएका छौँ । हाम्रा अधिकांश सहरी क्षेत्र पर्याप्त खुला ठाउँ, बगैँचा, रुख, सफा नदी र प्रकृतीमैत्री संरचनाविहीन घरैघरले भरिएका घना बस्ती बनेका छन्, कतै बन्दैछन् । त्यसैले हामी प्रकृतिबाट टाढा कृत्रिम वातावरणमा कैद बन्दै गएका छौँ । यसको सबभन्दा ठूलो असर हुर्किंदो पुस्तामा परिरहेको छ । हाम्रा बच्चा बढीभन्दा बढी समय मोबाइल, ल्यापटप र टीभीमा झुम्मिएर बस्न वा प्लास्टिकका खेलौनासँग खेल्न बाध्य छन् । यसले बालबालिकाको चौतर्फी विकास हुनलाई मात्र रोकेको छैन, बिस्तारै प्रकृितबाट पनि उनीहरूलाई बिमुख बनाउँदै लगेको छ ।
घलेगाउँ : प्रकृति र संस्कृतिको सङ्गम
आन्तरिक र बाह्य पर्यटकको गन्तव्य घलेगाउँ लमजुङको सदरमुकाम बेँसीसहरबाट उत्तर–पश्चिम २७ किलोमिटरको दूरीमा पर्छ । यो ठाउँ लमजुङको क्होलासोथर गाउँपालिका–३ मा पर्छ । यहाँ घले र गुरुङ जातिको बाहुल्य रहेको छ । यहाँका मानिसले पाहुनालाई ईश्वरसमान व्यवहार गर्छन् । मिठो मुस्कानले स्वागत गर्छन् ।
मेसीको विश्वकप
अर्जेन्टिनाका फुटबल खेलाडी लियोनेल मेसीले आफ्नो खेल जीवनमा विशेषत स्पेनी क्लब बार्सिलोनालाई कैयौँ उपाधि दिलाउन सहयोग गर्नु भयो । व्यावसायिक फुटबलमा उहाँ संलग्न टिमले हासिल नगरेको कुनै उपाधि बाँकी छैन । तर सन् २०१४ को विश्वकप र त्यसको दुई वर्षपछि कोपा अमेरिकाको फाइनलमा अर्जेन्टिना पराजित भएपछि मेसी निराश हुनु भयो । आफ्नो देशका लागि प्रमुख प्रतियोगिताको उपाधि हासिल गर्न बारम्बार चुकेपछि मेसी विक्षिप्त नै बन्नुभयो । कोपा अमेरिकाको फाइनलपछि त आवेगमा आएर अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यास नै लिनुभयो । मेसीको यो निर्णयले विश्व फुटबलमै ठूलो हलचल मच्चियो । त्यसपछि विश्वभर मेसीको यो निर्णय फर्काउने अभियान चल्यो । समर्थकहरूको मायाले मेसीको मन पनि पग्लियो । उहाँले आफ्नो सन्न्यास फिर्ता लिनुभयो र पुनः अर्जेन्टिनालाई विश्वकप जिताउने सपना देख्नुभयो । जुनः सपना अन्ततः कतार विश्वकपमा साकार पनि भयो ।
मुटुभित्रको अनन्त कन्दरा [कथा]
तिमी यति उदास र दुःखी किन देखिन्छौ ? उससँग यसको कुनै उत्तर छैन । बरु प्रश्नतिर हेर्छ । उही आत्मीय मुस्कान । सधैँझैँ मुस्कुराइरहेको । मैले त सोचेकी थिएँ, हाम्रो निकटतापछि तिमी झन् हर्षित हुनुपर्ने, तर... । प्रश्न आत्मीय मुस्कानकै । यसमा पनि उसले केही उत्तर दिन सकेको छैन । दिनु पनि कसरी वा कसरी स्पष्ट पार्ने ? कतै केही त अवश्य पनि छ, जुन अपुग भइरहेको छ । सोच्छ ऊ र फेरि हेर्न थाल्छ आत्मीय मुस्कानको अनुहारतिरै । हो भनेको, भन न । हेर, जीवन भनेको हर्षका साथ जिउनुपर्छ, भोलि के थाहा, के हुन्छ । जति
विनाशको नृत्य (कविता)
चराको श्वासप्रश्वासभन्दा उग्र मौनता हिमालको आँसु छ जहाँ–
सम्झनामा शेरचन र हाम्रो अठोट (कविता)
हाँस्छन् काव्यभरि त नीलगिरिका, आभा अहा ! चर्किई नाच्दैछन् कविता मुहार धवला झर्नासितै सर्किई । सिङ्गै देश–कथा बनेर कविता, झुल्दै नयाँ विम्बमा जे–जे बेथिति औ विसङ्गति अहम्, खुल्यौ मजा व्यङ्ग्यमा ।
देशको खातिर (कविता)
हाम्रो देशको लालीगुँरास अन्त फुल्न दिनुहुन्न फूलबारी यो बिगार्नेलाई बगैँचा डुल्न दिनुहुन्न । बुकी फुल्ने पाखैभरि, फाँटभरि काँस आफैँ पौरख गरी बाँचौँ नगरौँ अर्काको आस स्वाभिमानी भई बाँचौँ, हात थापी लिनुहुन्न
समय नियाल्ने ‘समय’
वर्तमान समयमा मानिस निकै व्यस्त छ । मनोरञ्जन र आनन्द प्राप्तिका लागि पनि थोरै समय मात्र उपलब्ध छ । जिन्दगीको कतिपय समय आर्थिक क्रियाकलापमा बित्छ । कतिपय समय सामाजिक क्रियाकलापमा बित्छ । आर्थिक र सामाजिक क्रियाकलापमा बित्ने समय महìवपूर्ण समय हुन्, जसले मानिसको जीवनलाई सहज र सम्मानित बनाउन मद्दत गर्दछ । फुर्सदको थोरै समय मात्र मनोरञ्जन र आनन्द प्राप्तिका लागि उपलब्ध हुन्छ । त्यो थोरै समयमा कला, साहित्य, सङ्गीत र यात्रा आदिको माध्यमबाट मनोरञ्जन अथवा आनन्द प्राप्त गर्ने ध्येय हरेक मानिसले राखेको हुन्छ ।
यायावरहरू कोटडाँडामा
बिहानको ७ बजेको थियो । म लगनखेल बसपार्कको छेउमा उभिएकी थिएँ । पूर्वमा उदाएको सूर्यको किरण किशोरवयमा प्रवेश गरिसकेको थियो । नगर सफा गर्ने कुचीकारले फोहोर सोहोरिरहेका थिए । ठाउँ–ठाउँमा प्लास्टिक र अन्य फोहोर सोहोरेर थुप्रो थुप्रो बनाएका थिए । हिजो बेलुकाको फोहोर होला, यो मनमनै अनुमान गरेँ । यिनीहरूले यति दुःख गरी गरी सफा गर्छन् । एकछिनपछि घरधनी, सडक व्यापारी र फुटपाथे पैदलयात्रीले फोहोर फाल्दै सडक विरूप पार्छन् । यस्तो अवस्थामा सहर कसरी सफा हुन्छ र ? सहर सफा हुन त जसले फोहोर निकाल्छ, उसले नै आफ्नो फो
विश्वकै पृथक् झन्डा
नेपालको झन्डाको आकार र बनावट विश्वका अन्य देशका झन्डाभन्दा पृथक् छ । तत्कालीन राजा महेन्द्रको पालामा वास्तुविद् शङ्करनाथ रिमालले डिजाइन गर्नुभएको यो झन्डाका बारेमा अस्तित्व व्यवस्थापन (एक्जिस्टेन्सियल म्यानेजमेन्ट)का अध्येता डीपी आत्रेयले वास्तुशास्त्रीय दृष्टिकोण, मौलिकता, पौराणिकताको कसीमा यसलाई अध्ययन र व्याख्या गर्नुभएको छ ।
क्रिसमसको रौनक
नायिका प्रियङ्का कार्कीले क्रिसमस आउने हप्ता दिनअघि नै छोरी आयङ्का कार्की जोशीमार्फत क्रिसमसको शुभकामना दिइसक्नुभयो । टिकटकमा क्रिसमसको गीतमा छोरी आयङ्कालाई सान्टाको लुगा (रातो र सेतो मिश्रण) लगाएको भिडियो अपलोड गरी शुभकामना दिनुभएको हो । नायिका कार्की भन्नुहुन्छ, “यो चाड मलाई खास लाग्छ । म सबै चाड आदर गरेर मनाउँछु । क्रिसमसमा हाम्रो पूरै परिवार रातो र सेतो लुगा लगाएर नाच्ने, गाउने र रमाइलो गर्ने गर्छौं ।”
घुमघाममा देशै रमाइलो
कोरोना कालमा घरभित्र उकुसमुकुस बनेका मूलपानीका रमेश पाण्डे परिस्थिति सामान्य बन्ना साथ इलाम भ्रमणमा निस्कनुभयो । कोरोना सुरु हुनुभन्दा अघि थाइल्यान्ड भ्रमण गर्नुभएका पाण्डेको योजना त दुबई घुम्ने थियो । तर कोरोनापछि विदेश घुम्नका लागि थपिएको झन्झटले नेपालकै पर्यटकीय स्थल घुमेको उहाँ बताउनुहुन्छ । कोरोनाअघि घुम्ने विषयलाई प्राथमिकतामै नराखेका कोटेश्वरका रेशम खनाल पनि अहिले घुम्न खुब रुचाउनु हुन्छ । “पहिले त्यति घुम्ने बानी थिएन । लामो समय बन्दाबन्दीमा परेर होला । अहिले त घुमन्ते भइएको छ,” खनालले सुनाउनुभयो ।
उसको बाउ (कथा)
उसको बाउलाई मैले उसलाई भेट्न आउँदा देखेको थिएँ । पहिले त यस्तो लाग्यो, यो मानिस उसको गाउँको एक जना हुनुपर्छ जो उसलाई भेटेर केही काम निकाल्न सहर आएको छ, जस्तै छोरालाई विदेश पठाइदिन सिफारिस वा घरखेत लेखाएर रिन दिनका लागि । पछि बुझ्दै जाँदा ऊ त उसकै बाउ पो रहेछ । अनि मलाई खसखस लागेर सोधिहालेँ, ‘तपाईं उसको बाउ हो भन्ने पक्का छ ?’ उनले ओठमा एउटा पीडादायक मुस्कान ल्याएर मलाई भने, ‘हो, अब यस्तो अवस्थामा उसको बाउ हुँ भनेर कसले पत्याउँछ ? छोरो यस्तो छ ।’ मैले सोचेको पनि त्यही थियो । सहरमा रज्जगज्ज अवस्थाको छ ऊ । बाउचाहिँ एउटा कछाडमा बेरिएर आएको छ गाउँबाट । बाउ सोझा र सरल लागे तर उसको धूर्तता हेर्दा ऊ यो मानिसको छोरा हो भन्न सुहाउँदैनथ्यो । मलाई लागेको कुरो । तर वास्तविकता यही थियो ।
दूधले नुहाएको मान्छेको ग्रहणमा छाया (कविता)
मेरो जिन्दगीको जून सफा छ तर, देख्नेले दाग देखिदिन्छन् र, नजरको दोषी मलाई बनाउँछन् ।
गजल
योग्यता क्षमता छ फेरि बेरोजगारी किन सबैलाई चाहिन्छ जागिर, सरकारी किन ?
मुक्तक
यी आँखाका तारा हुन्छन् मनमा बस्नेहरू जिउने एक सहारा हुन्छन् मनमा बस्नेहरू भेटवार्ता नभए’नि साथमा सँगै नरहे’नि सधैँ उस्तै प्यारा हुन्छन् मनमा बस्नेहरू ।
मनमायाले भोगेको युग
आजकल ‘दुई सन्तान ईश्वरका बरदान’ भन्ने परिवार नियोजनको लोकप्रचलित नारा फेरिन लागेको छ । धेरैले एउटै सन्तानमा चित्त बुझाउन थालिसकेका छन् । भनौँ, यो नारा बुबापुस्तामा बन्यो । हजुरबुबा पुस्तामा त ‘सन्तानले डाँडाकाँडा ढाकून्’ भन्ने नै चलिआएथ्यो । यो आशीषमा धेरै छोराछोरी भएर डाँडाकाँडा ढाकून् भनिएको भए पनि नातिपुस्तामा आएर भने उद्यम–पराक्रमले देश–विदेशमा फैलिऊन् भन्ने भइसकेको छ ।
किसानको शत्रु
बाँदर तराईदेखि हिमालसम्म जतासुकै पाइने स्तनधारी जन्तु हो । नेपालमा हजारौँको सङ्ख्यामा बाँदर रहेका छन् । बाँदरलाई चाहिने खानेकुरा वनबाट मात्रै पूर्ति हुन सम्भव छैन । त्यसैले यो जन्तु बालिनाली खान खेतबारीमा पस्ने गर्छ । बाँदरबाट बालीनालीमा क्षति पुग्छ । यो क्षति बर्सेनि बढेर गएको छ । बाँदरबाट सबैभन्दा प्रभावित क्षेत्र मध्यपहाड हो । यस क्षेत्रको तुलनामा तराई र हिमाली क्षेत्रमा बाँदरले पु¥याउने क्षति नगण्य छ । मध्यपहाडी क्षेत्रमा बाँदरको बिगबिगी बढेसँगै बालीनालीको सघनता घट्दै गएको छ । वन्यजन्तुको बासस्थान वन हो । वनको पारिस्थि
तस्बिरको कथा
ईश्वीको १९औँ शताब्दीमा क्यामराको माध्यमबाट मानिसको वास्तविक रूपाकृति उतार्ने अचम्मको प्रविधि विकास भयो, जसले समयका गतिशील पललाई फोटोमा कैद गरेर राख्ने सुन्दर अवसर दियो । यस गुनिलो प्रविधिले समय–पन्छीलाई स्मृतिको सुनौलो पिँजडामा अझ मजबुत तरिकाले थुनेर राख्न मिल्ने सुयोग जुराइदियो । यसपछि त कालातीत पल फोटोमा अङ्कित हुन थाले, जुन मानव इतिहासमा अद्भुत क्रान्ति थियो ।
अमूर्त कलाका पुरण
भेट भयो कि उहाँ मलाई भन्नुहुन्थ्यो, “भाइ, मेरो कलामार्फत म केही खोजी रहेको छु ।” उहाँको र मेरो भेटघाट प्रायः गहना पोखरी र उहाँको कला स्टुडियोमा भइरहन्थ्यो । हामी दुईको भेटमा कलादर्शनका कुरा हुन्थे । सधैँ कलाकर्ममा रमाइरहने वरिष्ठ कलाकार पुरण खड्काको खोजी अन्ततः अधुरै रह्यो । सिर्जनशील र अध्ययनशील जीवन अगाडि बढ्दा बढ्दै असमयमै उहाँको निधन भयो । मनले चिताएको कार्य पूरा हुन सकेन । कसैले पुरणका चित्र अगाडि उभिएर उहाँलाई यो केको चित्र बनाउनु भएको भनेर सोधे उहाँ भन्नुहुन्थ्यो, “हेर्नुस्, बुझ्नुस् र आनन्दित हुनुस् किनकि यो अमूर्त कला हो ।”