मान्छे भएनि हाम्रो चल्दैन हेर पानी
मिल्दैन जान मन्दिर यस्तै छ जिन्दगानी ।
बाँचेर फेरि हामी मर्छाैं हजार बार
चल्ने रहेछ हाम्रो चढ्दो त यो जवानी ।
आएन भाग्य दाता कोही बनेर हाम्रो
वर्षाैं बितेनि हाम्रो यस्तै छ यो कहानी ।
पाखा लगाइ हिँड्छन् ठुला र ठालु भन्ने
झर्दानि आँसु हाम्रो कोही बनेन दानी ।
निभ्दै निभेन आगो सल्केर फेरि कस्तो
भित्रै जलेर हाम्रो बन्दै छ यो खरानी ।