• ९ जेठ २०८१, बुधबार

पहिरो खसेपछि मुग्लिङ नारायणगढ सडक अवरुद्ध

blog

शालिग्राम नेपाल 

चितवन, साउन ९ गते । चितवनको मुग्लिङ नारायणगढ सडक खण्ड अन्तर्गत कालिखोलामा पहिरो खस्दा राजमार्ग अवरुद्ध भएको छ । 

कालिखोला र यसको नजिकको विभिन्न स्थानमा साना ठुला पहिरो आएर राजमार्ग अवरुद्ध भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ । बिहान ७ बजेबाट अवरुद्ध सडक खुलाउने प्रयास भइराखेको डिभिजन सडक कार्यालय भरतपुरले जानकारी दिएको छ । 

पानी परिराखेकाले पहिराे पन्छाउन कठिन भएको छ । बाटो अवरुद्ध भएपछि सवारी साधन रोकिएका छन् ।