तीर्थ निरौला
कला इतिहासमा कलाकारहरूले स्थापित गरेका थुप्रै मान्यता छन्, जसको प्रचार अझै पनि जनमानससम्म पुग्न सकिरहेको छैन । यसलाई पु-याउने महत्वपूर्ण भूमिका कला समीक्षक वा लेखकको हुन्छ ।
कलाकारले त आफ्नो सुर, गति र क्षमताले कला सिर्जना गरिरहेका हुन्छन् तर त्यसलाई जनमानसमा पु-याउने दायित्व लेखक वर्गको का“धमा हुन्छ । निष्पक्ष कला समीक्षाले सर्वसाधारणमा कलाचेतना जागृत गराउन मद्दत पुग्छ । नेपालमा लेखनमार्पmत कला समीक्षा गर्ने र कलाचेतना जागृत गराउने थोरै छन्, जसलाई औँलामा गन्न सकिन्छ । कलाकार निकै बढेका छन् तर कला समीक्षक वा लेखक त्यसको अनुपातमा बढेका पाइँदैनन् ।
हिजोका दिनमा कला क्षेत्रमा कलम चलाउनेहरू जति थिए, आज पनि त्यसकै हाराहारीमा छन्, बढेको देखिँदैन । त्यसैले आज नेपाली कलाक्षेत्रमा कला समीक्षक वा लेखकको आवश्यकता खट्किएको छ । नेपाली कला समीक्षक वा लेखकको सन्दर्भ उठाउँदा, हिजोदेखि आजसम्मका कला समीक्षक वा लेखकको चर्चा गर्नु पर्छ । हिजोको समयमा नाम चलेका र ख्यातिको उचाइ छोएका कला लेखक समीक्षक थिए ।
जस्तो : नारायणबहादुर सिंह, लैंनसिंह वाङ्देल, मनुजबाबु मिश्र, सुरेन्द्रराज भट्टराई आदि । यी कला लेखकलाई नेपाली कला क्षेत्रले कहिल्यै भुल्न सक्दैन, जसको सम्झना गर्दैमा आजका कला समीक्षक वा लेखकको छाती गर्वले ढक्क फुल्छ । यस आलेखमा कलाकार एवं कला समीक्षक सुरन्द्रराज भट्टराईका बारेमा चर्चा गरिने छ । भट्टराई यस्ता प्रतिभा हुनुहुन्थ्यो, जसले नेपाली कला र कला समीक्षाको क्षेत्रमा उल्लेख्य योगदान दिनुभयो ।
नेपालमा एक/दुई जना कला समीक्षक रहेको स्थितिमा उहाँ जस्ता प्रतिभा चा“डै बित्नु ज्यादै दुःखद घटना थियो । उहाँको शून्यताले आज कलाक्षेत्र टुहुरो भएको छ । नेपालमा कला समीक्षकको क्षेत्रमा नारायणबहादुर सिंहको जस्तो उचाइ छुन सक्ने सम्भावना बोकेका कला समीक्षक सम्भवतः उहाँ मात्र एक हुनुहुन्थ्यो ।
भट्टराईको कला समीक्षा गर्ने शैलीले सबैको मन छुन्थ्यो । उहाँ शब्दको खेतीमा मात्र विश्वास गर्नु हुँदैनथ्यो, रङ, रङको हार्मोनी, ब्रसको स्ट्रोक, वस्तुको विन्यास, फम, स्केच र विषयवस्तु जस्ता तात्त्विक र कलाका नैसर्गिक सिद्धान्त तथा प्रायोगिक पक्षहरू कला समीक्षा गर्दा प्राथमिकतामा पर्दथे ।
कुनै कलाकारको चित्रको समीक्षा गर्नुपर्दा चित्रमा निहित राम्रा, नराम्रा दुवै पक्ष औँल्याइदिनु र राम्रो काम गर्न उत्प्रेरणा जगाइदिनु भट्टराईका समीक्षाका विशेषता हुन् । प्रायः मसिनो स्वरमा थोरै बोल्न रुचाउनुहुने भट्टराईमा समीक्षा क्षेत्रको मात्र होइन, समग्र कला क्षेत्रको नै भविष्य जोडिएको थियो । भट्टराई सञ्चार क्षेत्रका माध्यमबाट नेपाली कलालाई जनमानसबिच प्रचार गर्ने मेहनती प्रतिभा हुनुहुन्थ्यो । यति मात्र होइन, उहाँ सधैँ नेपाली कला क्षेत्रको उज्ज्वल भविष्यका निम्ति चिन्तित देखिनु हुन्थ्यो ।
भट्टराईले हजारौँ चित्र रचना गरी नेपाली कला भण्डारलाई समृद्ध तुल्याउनुभएको छ । यस्ता प्रतिभामाथि समय नपुग्दै कालको आँखा प¥यो । नेपालमा कला समृद्ध भएको हेर्ने उहाँको रहर अधुरै रह्यो । उहाँको जीवनकालमा कला प्रज्ञा–प्रतिष्ठान गठन हुन सकेन ।
सन् १९८१ मा बनारस हिन्दु विश्वविद्यालयबाट स्नातकोत्तर परीक्षामा उहाँ गोल्ड मेडलिस्ट हुनुभयो । नेपाल फर्केपछि कला साधनास“गै उहाँले विभिन्न पदीय दायित्व वहन गर्नुभयो । उहाँको जागिरे जीवनको प्रथम अध्याय अनुसन्धान तथा सर्वेक्षण विभागबाट सुरु भएको थियो । त्यहाँ केही वर्ष बिताएपछि दस/बाह्र वर्ष उहाँले ललितकला क्याम्पस, भोटाहिटीमा प्राध्यापन गर्नुभयो । यसपछि सिर्जना कला कलेजमा कलाइतिहास विषय पढाउनुभयो ।
भट्टराई प्राध्यापन र समीक्षाका क्षेत्रमा मात्र नभएर चित्रकर्मको क्षेत्रमा पनि सिद्धहस्त प्रतिभाका रूपमा चिनिनुहुन्थ्यो । उहाँको कलामा रङ र रेखाको बेजोड मेल हुने गथ्र्यो । उहाँस“ग थुप्रै कलाको कार्याशालामा सँगै बसेर मैले पनि काम गर्ने मौका पाएको छु ।
आकासे, खरानी र शीतल रङहरू उहाँका प्यारा रङ हुने गर्दथे । विषयवस्तु नेपाली ग्रामीण क्षेत्रका हुन्थे र क्यानभासमा प्रायः ग्रामीण टहरा, छाप्रा र झुपडी सजिन्थे । भट्टराईका दुई पल्ट एक व्यक्ति र दर्जनौँ पल्ट सामूहिक चित्र प्रदर्शनी भएका छन् । थुप्रै राष्ट्रिय र अन्तर्राष्ट्रिय पुरस्कार तथा सम्मानले उहाँ विभूषित हुनुभएको छ ।
उहाँका बारेमा वरिष्ठ चित्रकार शशीविक्रम शाह भन्नुहुन्थ्यो, “सुरेन्द्र भट्टराईको शरीर कला क्षेत्रमा नहुनु भनेको नेपाली कला क्षेत्रको विकासमा एक होनहार प्रतिभा गुम्नु हो । यद्यपि कला क्षेत्रमा उहाँले लगाएको गुनलाई नेपाली कला क्षेत्रले कहिल्यै बिर्संदैन र बिर्सन हुँदैन ।”
यस्तै बनारसमा सँगै अध्ययन गर्दाका सहपाठी कलाकार किरण मानन्धर भन्नुहुन्छ, “सुरेन्द्र हामी सबैको सोझो र प्यारो साथी थियो । बेला नपुग्दै बित्यो, अझै पनि सम्झँदा दुःख लाग्छ ।” विसं २०६४ माघ २१ गते प्राध्यापक, समीक्षक एवं चित्रकार भट्टराई यो संसारबाट बिदा हुनुभयो । यस घटनाले नेपाली कला जगत्लाई स्तब्ध तुल्याएको थियो । ५२ वर्षको अल्पायुमा भरतपुरको क्यान्सर अस्पतालमा उहाँको निधन भएको थियो ।