पृथु महाकाव्यमाथि ईषत् दृष्टि
शास्त्रीय परिभाषाहरूलाई अलि पर पन्छाएर सजिलोसित महाकाव्यलाई चिनाउँदा लामो र रमाइलो कथालाई मिठो, मन छुने र मस्तिष्कलाई पनि झन्न पार्ने धेरै कवितामा रचिएको ठुलो काव्य नै महाकाव्य हो । विश्व साहित्यकै पुरानो विधा भएकाले संसारका अधिकांश विकसित साहित्यमा महाकाव्य पाइन्छन् । नेपाली साहित्यमा पनि महाकाव्यहरू छन् । महाकवि लक्ष्मीप्रसाद देवकोटाको शाकुन्तल (२००२) नेपाली साहित्यको पहिलो महाकाव्य हो । शाकुन्तलपछि नेपाली साहित्यका स्वनामधन्य स्रष्टाहरूका दर्जनौँ महाकाव्य प्रकाशित छन् । महाकाव्यहरूको लामो ताँतीमा कवि सीताराम अधिकारीको हालै प्रकाशित पृथु (२०८०) महाकाव्य
रातमा भेरी नदीको झङ्कार
सुर्खेतस्थित इत्राम खोलाबाट पछिल्लो रातको चिसो स्याँठमा लपेटिँदै २३ किमी दुरीको छिञ्चु ओर्लिंदा बाहिरी दृश्य अँध्यारो र निःस्तब्ध थियो । रवि भाइको सौजन्यमा मोटरसाइकल लिफ्टमा हुइँकिँदा ठण्डीको असरले शरीर लल्याकलुलुक बन्यो । रात उज्यालोमा पदार्पण नगर्दै गन्तव्य ताकेका बसको टाँटाटुँटु आवाजले छिञ्चुलाई ब्युँताइसकेको छ । म भने डोल्पो सरोवर कन्या भेरी नदीको विपरीत धारको यात्रा भर्दै ८८ किमि पूर्वतर्फ खलङ्गा जाजरकोटको यात्रामा सोझिँदै छु । खलङ्गा छिचोलिने पहिलो बसको तलासीसहित तोकिएको सिटमा मैले आफ्नो स्थान लिन्छु । मिर्मिरेमै सीमित यात्रु समेट्दै छुटेको बसले पोथ्रै पोथ्राको सालघारी फेरो क्षण भरमै नाघ्यो । अँध्यारोको पर्दामा कैद बसको कापबाट धुमिलो पहिचान खुल्दै गरेको रामनगरको बिच गर्भ भएर बसले भेरी किनारमा ओर्लिन हतारको रफ्तार लियो ।
तरङ्गहरू मनैदेखिका तरलतम्
तरङ्ग तरङ्गिन्छन्, मनभित्रका उछाल पोखेर । भावनाका तरल तरङ्ग । रोक्न खोजेर रोकिन्न । कुनै हातलमा नि । हुन्न सम्भव । असम्भव प्रायः बनिन्छ । हुन्छ पनि उस्तै, यस्तै, त्यस्तै । जमानामै फ्रान्सेली शासक नेपोलियन बोनापार्टले ‘असम्भव शब्द मूर्खहरूका शब्दकोशमा मात्र भेटिन्छ’ भने थे । समय परिस्थितिले पल्टाइदिए । उनकै महान् वाणी । उनका आवेश शक्ति उपासना साबितिए । युद्ध एक्लै लडिन्न । न लडिन्छ पाखुरीकै भरमा । असम्भव हुन्छ त्यो । तरङ्ग मनभित्रकै आफ्नै । निबन्ध लेखन आफ्नै ।
नेपाली सेनाको गौरवमय इतिहास
परापूर्वकालदेखि नै नेपालले मित्रराष्ट्रलाई सैनिक सहयोग दिएको प्रमाण छन् तर आधुनिक काल (विसं १८०१ देखि) को मात्र यहाँ उल्लेख गरिएको छ : पृथ्वीनारायण शाहको पालामा भारतमा अङ्गे्रजको राज थियो । त्यो बेला विशेष गरी सीमा क्षेत्रका गाउँबस्तीमा लुटपाट हुन्थ्यो । मान्छे मारिन्थ्यो । यस्तो आतङ्ककारी काम गर्ने टोलीलाई गोसाइ र बैरागी भनेर चिनिन्थ्यो । आतङ्ककारी कामबाट अङ्गे्रज हैरान भएका थिए । यो समस्या समाधानका लागि अङ्ग्रेजले पृथ्वीनारायण
नाटकमय सहर
यति बेला सहरमा चार वटा नाटक मञ्चन भइरहेका छन् । ‘ह बिन्दु राम पण्डित’, ‘दमिनी भिर’, ‘वेडिङ एल्बम’ र ‘म पनि मान्छे हुँ’ क्रमशः शिल्पी थिएटर, मण्डला थिएटर, कौसी थिएटर र कुञ्ज थिएटर (गुरुकुल) मा मञ्चन भइरहेका छन् । यी चार वटै नाटकले दर्शकलाई अलग्गै स्वादको कथा पस्कन खोजेको छ ।
तिजको रहर...
हरेक वर्ष भाद्र शुक्ल तृतीयाका दिन सनातन हिन्दु धर्मावलम्बी नेपाली महिलाले हर्षोल्लासपूर्ण रूपमा मनाउँदै आएको चाड हरितालिका तिज भोलि आइतबारदेखि सुरु हुँदै छ । विशेष गरी काठमाडौँ उपत्यका र पहाडी भेगमा मनाइने यो चाडमा भाद्र शुक्ल द्वितीयाको दिन दर खाएर तृतीयाको दिन सक्नेले निराहार, निर्जल व्रत बस्ने गर्छन् । चौथीको दिन व्रतको पारायण गरेपछि पुनः पञ्चमीको दिन विशेष स्नान गरेर सप्तऋषिको पूजाआराधनापछि तिज सकिन्छ । यसरी हेर्दा यो चाड चार दिनसम्म मनाइन्छ ।
टिउरिङ टेस्ट [कथा]
कुनै एक बिहान उनीहरू उठ्दा दुवैले आफूलाई एक्लो पाए । झ्यालबाट चिहाउँदै गरेको मलिन घामलाई कोठामा छाडेर दुवै बाहिरी छतमा निस्के । उत्तरतर्फबाट जोसिएर बहेको बतास सँगसँगै यी जोडी टहल्दै गए । श्रीमती तीव्र चालमा अघिअघि र श्रीमान् उनको अनुसरण गर्दै पछिपछि देख्दा उनीहरूबिच कुनै असामान्य परिस्थितिले गर्दा दूरी बढिरहेको प्रतीत हुन्थ्यो । किनकि कतिपय कुरा शब्दले भन्न नसकेर मान्छेका चालढाल एवं अनुहारको उतारचढावको साङ्केतिक भावले व्यक्त गर्दछ ।
गजल
बित्यो जीवन सारेर समय बचेको रहर मारेर समय । चोखो पानीमा जहर घोल्दै जीवनबाट जीवन हारेर समय ।
सहरमा बर्सात (कविता)
सुतिरहेको सम्भवतः ननिदाएको अर्धनिद्रित सहर अनायास झसङ्ग... झस्कियो ।
तिज बरिलै (कविता)
घुमी फिरी वर्ष दिनमा तिज आयो बरिलै माइती घरको सम्झनाले मुटु खायो है । बाबा मेरा बिरामी छन्, आमा एक्ली घरमा दाजुभाइ विदेशमा छन्, आफ्नै पारामा
दुरूह समालोचनाको ग्रन्थ
समालोचना आफैँमा एक जटिल विधा हो। साहित्यका अनेक विधाका पुस्तक अध्ययन गरी त्यसमाथि आफ्नो विचार प्रस्तुत गर्नु समालोचनाको गुण हो। त्यस्तै गुणी समालोचकका रूपमा देखा पर्नुभएको छ युवराज मैनाली । उहाँ आफ्नो पठनमा जुनसुकै विधाका पुस्तक परेपछि र त्यसको सहज पठन गरेपछि त्यसबारे सहज ढङ्गमै समालोचना गर्न अग्रसर भइहाल्नु हुन्छ । यसको अकाट्य उदाहरण भएर देखा परेको छ ‘दृष्टि ः दृष्टिकोण’ समालोचना सङ्ग्रह । यस समालोचना सङ्ग्रहमा रहेका २९ वटा समालोचनाहरू मैनालीका स्वतन्त्र अध्ययनपछि निसृत स्वतन्त्र समालोचनाहरू हुन् । यस पुस्तकको प्रकाशकीयमै भनिएको छ, ‘प्रस्तुत कृतिमा लेखक केन्द्रितभन्दा पाठक केन्द्रित समालोचनाको बढी प्रयोग भएको छ ।’ यसै आधारलाई मनन गरी उहाँले समालोचना गर्नुभए
विस्मृत स्मृति
कति नमिठो भएर दुख्छन् – कतिपय दिनहरू। हजारौँ दिनमा यस्ता दिन पनि छन् – जसले जीवनलाई अमिलोमा रूपान्तरित गर्छन् ।एउटा विस्मृत दिन विस्मृतिकै गर्तमा फाल्नु छ । नसम्झनु छ – त्यो दिन । नकल्पिनु छ – त्यो समय । नसोच्नु छ – त्यो अकल्पनीय दुःख । मनबाट टाढा राख्नु छ । स्मृतिबाट पुछ्नु छ र मस्तिष्कबाट सधैँका लागि निमिट्यान्न पार्नु छ । एउटा नसम्झने दिनका विरुद्ध म के लेख्न सक्छु! त्यो अप्रिय दिन
पितालाई सम्मान गर्ने दिन
मातृ देवो भवः। पितृ देवो भवः। गुरु देवो भवः। अतिथि देवो भवः। अर्थात् मातालाई, पितालाई, गुरुलाई र अतिथिलाई भगवान्का रूपमा पुज्नु पर्छ भन्ने हाम्रो धार्मिक मान्यता छ। माताले नौ महिनासम्म गर्भमा राखी आफ्नो सन्तानलाई जन्म दिनु हुन्छ र यो संसार देखाइदिनु हुन्छ। पिताले लालनपालन गरी हुर्काइदिनु हुन्छ र भाग्य बनाइदिनु हुन्छ। बोलीचाली, विधि, व्यवहार पनि सिकाइदिनु हुन्छ। गुरुले शिक्षा दिनु हुन्छ। जीवनमा सफल व्यक्ति हुन बाटो देखाइदिनु हुन्छ। जुन जुन पेसामा लागेर नाम र दाम कमाइन्छ, त्यो सबै गुरुले गर्दा नै हो। माता, पिता र गुरुसँगै अतिथिलाई पनि हामीले भगवान्सरह नै मान्नु पर्छ भनेर हाम्रो संस्कारले सिकाएको छ।
विकलको अर्को नाम रवि चालिसे
रमेश विकल रवि चालिसेको नामबाट चित्रको सिर्जना गर्नु हुन्थ्यो। उहाँको खास नाउँ रामेश्वर शर्मा चालिसे हो। उहाँले साहित्यमा अलग्गै, कलामा अलग्गै नाम राख्नुभएको थियो। उहाँ धेरै वटा वाद्यवादनमा पनि पारङ्गत हुनुहुन्थ्यो। भनिन्छ, उहाँ हार्मोनियम, बाँसुरी, भायोलिन, सितार र तबलामा पारङ्गत हुनुहुन्थ्यो। आफँैले लेखेका थुप्रै नाटकमा पनि निर्देशन गर्नुहुन्थ्यो। नाटक र सङ्गीतमा चाहिँ के नामले उहाँलाई पुकारिन्थ्यो, कतै अभिलेख
तिज गीतको मर्म
तिजका अवसरमा दिदीबहिनीले गीतका माध्यमबाट दुःख–सुख पोख्छन्। नाचगान गरेर रमाइलो गर्छन् तर हिजोआज तिजमा गरिने नाचगानले विकृति बढायो, यो पर्वको मौलिकता नै सङ्कटमा पर्यो भन्ने जस्ता धारणा सुनिन्छ। तिज गीतका नाममा रत्यौलीमा गाइने गीत गाउनु, नाचका नाममा अङ्ग प्रदर्शन गर्नु र लोकप्रिय बन्ने नाममा उरान्ठेउला गीतहरू हाबी हुँदा भावी पुस्ताले तिजको मौलिकता नै बिर्सने सम्भावनासमेत बढेको विचार पनि यत्रतत्र सुनिन्छ तर तिजमा जति नै नयाँ गीत सार्वजनिक भए पनि पुराना कलाकारका कालजयी गीत अहिले पनि उत्तिकै लोकप्रिय र सान्दर्भिक छन्।
समृद्धिको इन्जिन
सुस्ताएको अर्थतन्त्रलाई सही रूपमा उकास्ने बलियो मन्त्र भनेको आर्थिक गतिविधि बढाउँदै अर्थतन्त्रलाई चलायमान बनाउनु नै हो । यसका लागि नयाँ नयाँ व्यवसाय सञ्चालन, उद्योगधन्दाको स्थापना गरी उत्पादनमा वृद्धि गर्नु पर्छ तर नेपालमा सु
कलमले आर्जेको प्राप्ति
ऐतिहासिक उपन्यास लेखनको इतिहासले नौ दशक टेक्न लागिसक्यो । आरम्भ निकै पुरानो भए पनि यसमा कलम चलाउनेहरूको संख्या त्यति धेरै पाइँदैन,त्यसमा पनि ऐतिहासिक उपन्यासको स्तर कायम गरी लेखिएका कृति निकै कम
कवितामार्फत स्वतन्त्रताको आराधना
विषयवस्तुको विविधता हुँदाहुँदै पनि मूल रूपमा कवि सुष्मा दाहालले आफ्नो पहिलो कविता सङ्ग्रह ‘मध्यान्तर’मा नेपाली समाजमा महिला हुनुको नियतिभित्र लुकेका सूक्ष्म पहेलीलाई मुखरित गर्नुभएको छ । पूर्वी पहाड तेह्रथुममा जन्मी हुर्कनुभएकी
पाँच मुक्तक
एक आलोचना नगर्नूस्, जयजयकार पनि नगर्नूस् कृतघ्नलाई कुनै, स्वागत सत्कार पनि नगर्नूस् अहिले संवेदना मरेको यो सङ्कटकालीन समयमा
बिपीको बकपत्र
जब मातृभूमिको सेवा शिरमाथि लिएँ
मुक्तक
कामको चापले बाह्रैै महिना फुर्सद भएन राम्रो सोच्दै भलो गर्नेको याद आएन
महाग्रन्थमा विचरण गर्दा
नेपाली राजनीति शास्त्रका पुस्तकालय प्राध्यापक कृष्ण खनालद्वारा लिखित ‘विश्वेश्वरप्रसाद कोइराला– चेतना, चिन्तन र राजनीति’ यस शताब्दीको नेपाली राजनीति, संस्कृति, विचार, विकास, मनोविज्ञान, इतिहास, भूसंवेदनशीलतामा
केवरत जातिमा भाषाप्रेम
मोरङ जिल्ला अन्तर्गत पर्ने सुनवर्षी नगरपालिकाका वडा नम्बर ४, ५, ६, ७ र ९ तथा रतुवामाई नगरपालिका–२ मा केवरत जातिको बसोबास छ । २०७८ सालको जनगणनाले यिनीहरूको जनसङ्ख्या ८,८०९ र मातृभाषा केवरतको वक्ता सङ्ख्या ३,
मन जित्यो नेपालले
नेपाल विश्व क्रिकेटको ठुलो टिम बन्ने सम्भावना भएको राष्ट्र हो । नेपाली टिममा प्रतिभाको भण्डार छ । समर्थकको अपार साथ छ, जसले नेपाललाई धेरै परसम्म पु-याउने छ – वासिम अक्रम पाकिस्तानका महान् अलराउन्डर । धेरै समयपछि