• ८ मंसिर २०८१, शनिबार

महाग्रन्थमा विचरण गर्दा

blog

नेपाली राजनीति शास्त्रका पुस्तकालय प्राध्यापक कृष्ण खनालद्वारा लिखित ‘विश्वेश्वरप्रसाद कोइराला– चेतना, चिन्तन र राजनीति’ यस शताब्दीको नेपाली राजनीति, संस्कृति, विचार, विकास, मनोविज्ञान, इतिहास, भूसंवेदनशीलतामा कूटनीति, शीतयुद्ध प्रभावको जीवन्त कृति हो । यो समीक्षा नभई कृतिमाथिको थप केही जिज्ञासा मात्र हो ।

युवा बिपीको चिन्तन, चेतना र राजनीतिक विश्वास हुनुमा सन् १९३० देखि १९३४ सम्म कम्युनिस्ट सव्रिmय माक्र्सवादी रहनु हो । उनको अवचेतन मस्तिष्कको हार्डडिस्कमा भौतिकवाद रह्यो र राजनीतिमा समाजवादी । मिसेल फुको भन्छन्, “माक्र्स र माक्र्सवाद नबुझ्नेले इतिहास बुझ्दैन ।” प्रा. खनाल भन्नुहुन्छ, “बिपीले वैचारिक रूपमा पछिसम्म आफूलाई माक्र्सवादी नै हुँ भनेका छन् (पृष्ठ ११) ।’’ प्राज्ञिक बोधले विषय वा नायकलाई विमर्शात्मक बनाउँछ । “ज्ञान, विज्ञानको र दर्शनको देशीय सीमा हुँदैनन् र सर्वदेश र सार्वजनिक हुन्छन् (पृष्ठ २) ।”

बिपीको रूढमा नरहेको, चेतना र चिन्तनमा कुनै आवधिकतामा बाँधिएको थिएन, प्रगतिशील थियो, अग्रगामी थियो (पृष्ठ १५) । तर उनमा पनि मान्छेमा हुने गुण र अवगुण दुवै थिए । राजनीतिक चाल स्थिर थिएन, बेलाबेलामा बत्तिन्थे, शङ्कालु स्वभाव थियो । म जान्दछु, मैले नै सक्छु, अरूले सक्दैनन् भन्ने आत्मश्लाघा पनि थियो । 

त्यस्तै ठुल्ठुला निर्णय प्रवृत्ति अत्यधिक थियो तर अडानमा जोखिम मोल्ने साहस थियो, त्यसको तार्किक एवं प्रभावपूर्ण वैश्विक व्याख्या गर्ने क्षमता थियो (पृष्ठ १७) । बिपी पनि महामानव नभई उन्नत चेतनाका व्यक्तित्व थिए । शीतयुद्धको अत्यन्तै ज्यादा प्रभाव परेको थियो । उनको कल्पनामा कम्युनिस्टसँग सहकार्य (०४६-४७ र ०६२-६३) थिएन भने “बिपीले परिकल्पना नगरेको गणतन्त्र र सङ्घीयता (अहिले) नेपाली यथार्थ भएका छन्” (पृष्ठ १३) । 

पुस्तकको मौनतामा मेरा थप जिज्ञासा  

 िसन् १९४४ डिसेम्बर १६ मा बिपीले पटनाको हजारीवाग जेलबाट भारतीय सुप्रिम कोर्टका न्यायाधीश विलियम पेटिक स्पेन्स किटलाई लेखिएको पत्रमा नेपाल फर्काउन गरिएको रिटविरुद्ध आफू भारतीय नागरिक भएको कुरा गर्नुभएको छ । त्यो उहाँको राणा शासनविरुद्धको कानुनी दाउपेच मात्रै थियो कि अन्य केही ! 

 िनेपाली कांग्रेस गठन हुँदा प्रजातान्त्रिक कांग्रेस (एनडिसी) र राष्ट्रिय कांग्रेसको समान हैसियतमा केन्द्रीय कमिटी बनेको थियो । राष्ट्रिय कांग्रेसका अध्यक्ष मात्रिकाप्रसाद कोइरालालाई डिक्टेटर (त्यस बेला सुप्रिम लिडरलाई डिक्टेटर भनिन्थ्यो भने महासचिवलाई प्रधानमन्त्री) । पुस्तकमा प्रजातान्त्रिक कांग्रेसको पर्याप्त चर्चा किन नभएको होला ! 

 जनमुक्ति सेनाको गठन प्रयास बाबुकृष्ण शर्माले बनारसमा राष्ट्रिय कङ्ग्रेसका अध्यक्ष डिल्लीरमण रेग्मी र ठाकुरपुरण सिंह खवासको पहिलो पटक भेटघाट गराउँदा निष्कर्ष असफल भएपछि कलकत्तामा सुवर्ण शमशेर, महेन्द्रविव्रmम शाहसँग भएको छलफलमा सहमति भएको हो । सन् १९४८ जुन महिनाको अन्त्यमा जनमुक्ति सेनाको गठन भएको कुरा एकीकृत कांग्रेस गठन हुँदासम्म राष्ट्रिय कांग्रेसलाई जानकारी गराइएको थिएन ।  

 नेपाली समाजमा आधुनिकताको ढोका २००७ सालको क्रान्तिले खोल्यो (पृष्ठ २) । त्यसको कार्य विभाजनमा केन्द्रीय संरचनाको तयार केन्द्रीय डिक्टेटर मात्रिकाप्रसाद कोइराला, पूर्वी कमान्डको (नारायणी नदीपूर्व) राजनीतिक कमिसार बिपी कोइराला र पश्चिम कमान्ड (नारायणी नदी पश्चिम) महेन्द्रविव्रmम शाह थिए । क्रान्तिपछि २००७ साल फागुन ४ गते थिरबम मल्लको घरमा साँझ भएको जनमुक्ति सेनालाई के गर्ने ? विवादमा ठाकुरपुरण सिंह र जिबी याकथुम्बाले फरक मत राखेका थिए भनेर जनमुक्ति सेनाका तत्कालीन सहसचिव र वार्तामा समावेश श्याम तामाङ जनमुक्ति सेना : एक नलेखिएको इतिहासमा लेख्छन् ।  

 नेपाली इतिहासकारहरूले उल्लेख नगर्ने सिआइए एजेन्ट जोन नेथ नसको ‘अरफेन अफ कोल्ड वार’ हो । डिआर क्लेरिडको बिपी र दरबारबारे ‘ए स्पाई फर अल टाइम्स’ पुस्तकको पृष्ठ ६४–६५ मा भनिएको – सन् १९५९ को मार्चको सुरुमा कोइरालाले मसँग तत्काल भेट गर्नुपर्ने सङ्केत दिए तुरुन्तै, कूटनीतिक रूपमा, उनले मलाई आगामी चुनावका लागि मेरो भविष्यवाणी सोधे । जब मैले नेपाली कांग्रेसको बहुमत ल्याउने सम्भावनाबारेमा अनिश्चितता रहेको बताएँ, उहाँले मेरो विश्लेषणमा सहमत भएर मलाई चुनावमा मूर्त रूपमा नेपाली लोकतान्त्रिक प्रव्रिmयालाई बलियो बनाउने उपायहरू विचार गर्न भन्नुभयो, राजी भएँ ।

नयाँ दिल्लीबाट कुरियर पठाइएको थियो । कोइराला खुसी हुनुभयो र उहाँसँग मेरो सम्बन्ध बलियो र फराकिलो भयो । उहाँ मसँग एनसीपीभित्रका मामिलाहरू र चुनावका लागि आफ्नो कार्यनीतिका बारेमा अझ स्पष्ट हुनुभयो । करिब छ हप्तापछि कोइराला चुनावी समस्याबारे थप विचार लिएर मसँग आउनुभयो । तिनीहरू व्यावहारिक देखिन्थे र मैले नयाँ दिल्ली र मुख्यालयमा जानकारी गराएँ । फेरि मैले स्वीकृति प्राप्त गरेँ । मैले धेरै पछि थाहा पाएँ कि मुख्यालय र नयाँ दिल्ली दुवै छक्क परेका थिए र एकै समयमा नेपालमा यी सबै अचानक गतिविधिबाट खुसी थिए । सन् १९५९ को प्रारम्भमा, २७ वर्षको उमेरमा, म नेपाली राजनीतिक परिदृश्यमा एक शक्ति बनेको थिएँ, वास्तवमा काठमाडौँको नम्बर एक अमेरिकी ।

म नेपाल आएको एक वर्षभन्दा अलि बढी भएको थियो र देशको पहिलो राष्ट्रिय निर्वाचनमा महìवपूर्ण भूमिका खेलिरहेको थिएँ । त्योभन्दा बढी, मसँग धेरै राम्रा खुफिया सङ्कलन अपरेसनहरू थिए । भूसंवेदनशीलतामा अमेरिकी लबिङ र इजरायललाई एसियामा पहिलो कूटनीतिक मान्यताको मूल्य सत्र सालको घटनामा महìवपूर्ण भूमिका रह्यो । तिब्बत र दलाई लामा प्रकरण भइसकेको थियो । भारत र चीनले निर्वाचित सरकारको अपदस्थमा दबाब नदिनका कारण थिए ।

 िराजा महेन्द्र, बिपी र तुल्सी गिरीकी ‘घनिष्ट मित्र’ गोरीकला राणाको भूमिका पनि उल्लेख गर्नु आवश्यक थियो कि ! सत्ता ‘कु’ को एक दिन पहिला मात्र सुवर्ण शमशेरको कलकत्ता प्रस्थान काकताली मात्रै थियो ! प्रमुख प्रतिपक्षी दल नेपाल राष्ट्रवादी गोरखा परिषद्का अध्यक्ष भरत शमशेर ‘कु’ भएको तीन महिनामै राजासित आत्मसपर्मण गरेर कलकत्ता पुग्नु र पार्टीलाई कांग्रेसमा विलीन गराएर उग्र कांग्रेस बन्ने राजनीतिक खेल मात्रै थियो त !

 िराष्ट्रिय मेलमिलाप नीति जन्मनुमा सिक्किम र बङ्गलादेश प्रसङ्ग शीतयुद्ध र प्रधानमन्त्री इन्दिरा गान्धीको आव्रmामक भारतीय राष्ट्रवादको नतिजा थियो । “साम्यवादी खतरा दिनैपिच्छे तीव्र गतिमा बढिरहेको छ (पृष्ठ ३५४)” भन्ने बिपीमा शीतयुद्धको प्रभाव धेरै देखिन्छ । कङ्गोबारे बोल्ने (पृष्ठ ७५) समाजवादी बिपीले इन्डोनेसिया (पृष्ठ ५३) र चिलीको सैन्य ‘कु’ बारेको मौनताभित्रको रहस्य पुस्तकले व्याख्या गरेन । तब बिपीले अडिट फर्मुलाको नयाँ न्यारेटिभ भने सिर्जना गरे । सो अवस्थामा नेपाल कम्युनिस्ट पार्टीको हैसियत इन्डोनेसियन कम्युनिस्ट पार्टी र डियन अडिटको जस्तो थिएन । असंलग्न परराष्ट्रनीति अनुसरण गर्ने सुकार्नो सोसलिस्ट सरकार अपदस्थ गराउने सुहार्तो सैन्य ‘कु’ को आमनरसंहारको बिपीले वकालत गर्नु आफैँमा आश्र्चय थियो ।

 िस्वतन्त्रतामा लागेका मान्छेलाई अदालत र कानुनको घेरामा न्याय हुन सक्दैन (पृष्ठ ७) । आज जे अस्वीकृत वा निषेध छ, भोलि गएर त्यही संविधान बन्छ (पृष्ठ १६०) । राम्रो कामका लागि गैरकानुनी कामको पनि औचित्य हुन्छ भन्ने बिपीको नेतृत्वमा तीन पटक सशस्त्र सङ्घर्ष भए । कांग्रेस पार्टीका नामबाट भएका कामको नेतृत्वको नैतिक जवाफदेहिता ममाथि छ (पृष्ठ ९) भन्ने बिपीले दबाब दिएको भए के ओखलढुङ्गा काण्डका कप्तान यज्ञबहादुर थापा र भीमनारायणले माफी पाउन सक्थे !

 बिपीको समाजवाद र महतको खुला अर्थनीतिमा समानता छ ? के अहिले कांग्रेसले समाजवादी नीति छोडेको हो ! पुस्तक मौन छ ।


छुट्न गएको हो कि ?

भारतीय सेना नेपाल प्रवेश केआई सिंह र भीमदत्त पन्तबारे उल्लेख छ (पृष्ठ २३१) । पन्तको हत्या भारतीय सेनाले नभई डडेलधुरा, गैलेकको जङ्गलमा रम्जाली मगरको घरमा सेल्टर लिएको बेला मित लालबहादुर थापा र भिम्वाले गरेका हुन् । तीन दिन खलङ्गामा बाँसमा उनको टाउको टाँगिएको थियो तर बाँके, बर्दियामा ११ अप्रिल, १९५१ मा प्रवेश गरेर बैजनाथ थारूको हत्या र आन्दोलनका नेताहरू बाबुकृष्ण शर्मा, ललितचन्द, गोपालबहादुर श्रेष्ठ, बदलुराम नेपाली, प्रेमलाललाई गिरफ्तार गरी भारतीय जेल बहराइचमा छ महिना राखी रक्सौलमा नेपाल सरकारलाई बुझाइएको प्रसङ्ग भने छुटेको छ ।

धार्मिक उन्मादमा नरहरिनाथको गोर्खा काण्डबारेमा लेख्दा (पृष्ठ ७) भारतीय उग्रधार्मिक सङ्गठन राष्ट्रिय स्वयंसेवक सङ्घको (आरएसएस) नेपालगन्जको प्रसङ्ग भने छुटेको छ । पुलिसले पुस २९ गते बेलुका आरएसएसको तालिम गर्ने ठाउँबाट दानबहादुर सिंह, श्यामलाल पाण्डे, खेमराज शाह (नेपाली नागरिक, शिक्षक), गयाप्रसाद मिश्र (हिन्दुस्तान टाइम्सका प्रतिनिधि), शिवशङ्कर सिंह (शिक्षक), पिडी गुप्तालाई गिरफ्तार ग-यो । 

भारतीय नागरिक सिंह र पाण्डेलाई देश निकाला भयो । सो घटनाबारे प्रधानमन्त्री कोइरालाले २०१७ साल वैशाख २४ मा सदनलाई आश्वस्त गरे । जेठ १५ को पत्रकार सम्मेलनमै भारत सरकारसँग कुरा भएको, नारायणी शिक्षा प्रसारण समितिका दुई जना शिक्षक देश निष्कासन भएको र समितिलाई सरकारले आफ्नो हातमा लिने बताइयो ।

सम्पादनमा समस्या भएर होला– शरणविव्रmम मल्ल, अखिल (पृष्ठ ३९६) नभई पुष्पलाल समूहको विद्यार्थी सङ्गठन नेपाल प्रगतिशील विद्यार्थी सङ्गठनका नेतृत्व थिए । बग्गीभन्दा घोडा अघि (पृष्ठ ४०४) उल्लेख छ । यो हुन्छ नै ।

अन्त्यमा भोगाइले पनि राजनीतिक मान्यता र सिद्धान्तको सूत्रधार बन्छ भन्ने मान्यता राख्ने प्राध्यापक खनाललाई राजनीतिक तितो यथार्थ स्वीकार गर्न कुनै हिचकिचाहट हुँदैन । सत्ताकेन्द्रित नेताले पार्टीको सिद्धान्त, व्याख्या र उपयोग गर्दछ तर राजनेताले बदलिँदो समाज र आउने पुस्ताका लागिसमेत विचार गरेको हुन्छ । अर्थ राजनीति मात्रै होइन, कुनै पनि चिन्तनलाई पनि गतिशील प्रव्रिmयाका रूपमा हेर्नु पर्छ (पृष्ठ १२) भन्दै २०६२÷६३ को जनआन्दोलन “धेरै भुर्इंफुक्दै अत्यन्तै सावधानीसाथ प्रारम्भ भएको दुई पात्र (पृष्ठ ५२८)” अर्थात् गिरिजाप्रसाद कोइराला र पुष्पकमल दाहाल ‘प्रचण्ड’ को उमेरमा धेरै अन्तर थियो, गिरिजाप्रसाद त बितेर पनि गइसके तर आजको सङ्घीयता, लोकतान्त्रिक गणतन्त्र नेपालको बाटो तयार गर्न मात्र होइन, त्यसको मार्गचित्र कुँद्ने यी दुई व्यक्तिलाई अलग गर्न इतिहासले पनि दिँदैन (पृष्ठ ५३९) । यो वास्तवमा विश्वका ठुला आन्दोलन र क्रान्तिमा राख्न लायक आन्दोलन थियो (पृष्ठ ५१९) ।

राजनीतिमा सफलता केवल तत्कालको परिणाममा मात्रै सीमित गरेर हेर्न मिल्दैन, त्यसको दीर्घकालीन महìव हुन्छ (पृष्ठ ३८३) । वर्तमान अवस्थाबारे अत्यन्तै चिन्तित खनाल भन्नुहुन्छ – सत्ता राजनीतिको लगाम पार्टीहरूमा छैन, विदेशीको इसारा र नियन्त्रणमा छ (पृष्ठ ५४१) ।  आजको दुश्चिन्ता भोलिको रमाइलो स्मृति बन्दछ (पृष्ठ ज), सूचना र ज्ञान कहिल्यै पनि एक व्यक्तिको प्रयासमा सीमित हुँदैन (पृष्ठ क), हाम्रो समाज तीन शताब्दीको घालमेल अवस्थामा छ । २०६२-६३ ले क्रमभङ्ग गरेर नयाँ संविधान स्वीकारे पनि २०७७ सालमा रुकुमको उपल्लो जातिले दलित, गैरदलित प्रेमजोडीलाई स्वीकार्न सकेन । दलितले कोठा पाउन गाह्रो छ । उत्तर आधुनिकता विश्वविद्यालयको कोठामा घोकाइने पाठ बनेको छ ।

तितो यथार्थ स्वीकार्दै उहाँ थप भन्नुहुन्छ – आज म जस्तो व्यक्ति पनि राजनीतिसँग भयानक वितृष्णामा पुगेको छु (पृष्ठ ५४७) । बिपीको विचार र आजको राजनीति मेल खाँदैन, यसको दुरी झनझनै बढ्दो छ । राजनीतिक प्रणाली बिपीको विचारै अनुसार छ तर यसको अभ्यास भने नितान्त फरक छ, प्रतिकूल नै छ भन्न सकिन्छ । गणतन्त्र वा सङ्घीयताको कारण यो भएको होइन । नेतृत्वमा बस्नेका नालायकी, अविवेकी र निजी स्वार्थ, लम्पट व्यवहारले गर्दा हो । लोकतन्त्रको नाममा राजनीतिक कमाउधन्दा भएको छ । चाहे कांग्रेस होस् वा कम्युनिस्ट, राजनीतिक दलहरू अहिले आफ्नो उद्देश्यबाट विमुख भएका छन्, चरित्र गुमाएका छन् । जसरी पनि सत्ता कब्जा गर्नु र त्यसलाई निरन्तरता दिनु नै राजनीतिक धन्दा बनेको छ । 

कुनै पनि पुस्तक र लेखकको सफलता भनेकै पाठकको पुराना मान्यता, विश्वास र आग्रह भत्काएर नयाँ सोच्न विवश गराउनु हो । यो पुस्तकले कतिपय स्थापित मान्यता भत्काएर नयाँ प्रश्न र जिज्ञासा पैदा गर्छ । व्यक्तिको उचित मूल्याङ्कन गरेर गुण र उदासीनतालाई स्पष्ट राख्नु किताबको अर्को विशेषता हो । पुस्तक पल्टाउनुपहिला मेरा पनि अनेकौँ प्रश्न र जिज्ञासा थिए, धेरै जसो प्यास मेटिए पनि । 

ओरियन्ट पब्लिकेसनबाट प्रकाशित ५९१ पृष्ठको पुस्तकको मूल्य हार्डकभर १७५०– रुपियाँ र साधारण मूल्य ११५०– रुपियाँ राखिएको छ ।